6 years ago
April 15, 2019
काठमाडौं (हाम्रो खेलकुद) – विश्व चर्चित फ्रेन्चाइज क्रिकेट लिग इन्डियन प्रिमियर लिग(आईपीएल) भारतका विभिन्न सहरमा जारी छ । हालसम्म ३० खेल सकिँदा अंक तालिकामा चेन्नई शीर्षस्थानमा छ ।
हरेक सिजन प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने युवा खेलाडीलाई प्रदान गरिने एमरर्जिङ प्लेयर अवार्डको दावेदार खेलाडीमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने पर्न सफल भएका छन् । दिल्ली क्यापिटल्सबाट सुरुवाती ४ खेलमा ५ विकेट लिएका सन्दीप इमरर्जिङ प्लेयर अवार्डको दावेदार खेलाडीमा परेका हुन् ।
यस सिजनमा इमरर्जिङ प्लेयर अवार्डमा सन्दीप सहित रोयल च्यालेन्जर्स बेंगलोरका मोहम्मद सिराज, मुम्बई इन्डियन्समा राहुल चाहर,राजस्थान रोयल्सका जोफ्रा आर्चर र श्रेयस गोपाल छन् । यी पाँच खेलाडीको लागि यो अवार्डको लागि भोटिङ खुल्ला भएको छ । आईपीएलको आधिकारीक वेवसाईटमा गएर भोट गर्न सकिन्छ । गत वर्ष यो अवार्ड ऋषभ पन्तले पाएका थिए ।
May 1, 2025
एजेन्सी – चेन्नई सुपर किंग्स जारी इन्डियन प्रिमियर लिग (आइपिएल ) प्लेअफ दौडबाट बाहिरिने पहिलो टोली बनेको छ। महेन्द्र सिंह धोनीको नेतृत्वमा रहेको चेन्नई बुधवार पञ्जाब किंग्ससँग ४ विकेटले पराजित भयो। चेन्नई यो फ्रेन्चाइजको इतिहासमा लगातार दोस्रो पटक प्लेअफमा स्थान बनाउन असफल भएको छ। श्रेयश अय्यरको कप्तानीमा रहेको पञ्जाबले छैटौं जित निकाल्यो । चेन्नईको १० […]
April 30, 2025
एजेन्सी- इण्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपर किङ्सले पन्जाब किङ्सलाई १ सय ९१ रनको चुनौति दिएको छ। पन्जाबले टस जितेर चेन्नईलाई ब्याटिङको लागि उतार्यो। चेन्नईले १९.२ ओभरमा १ सय ९० रनमा अल आउन भयो। ४८ रन जोड्दा ३ विकेट गुमाएको चेन्नईले सुरुवात फितलो गर्यो। चौथो विकेटको लागि साम कुरान र डिवाल्ड ब्रेभिसले ७८ रनको […]
April 30, 2025
एजेन्सी – पन्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा आजको खेलमा टस जितेको छ। चेन्नई सुपर किङ्ससँगको खेलमा पन्जाबले टस जितेर फिल्डिङ रोजेको छ। अंक तालिकामा पन्जाब पाचौं र चेन्नई पुछारमा छ।