default_image

6 years ago

April 15, 2019

नेपालको सहज जितमा नायक ३ खेलाडी

119 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आईसीसी यू-१९ विश्वकप छनोट अन्तर्गत एसिया क्षेत्रको तेस्रो खेलमा मलेसियामाथि ८ विकेटको सहज जित हात पारेको छ ।

सामान्य ९३ रनको लक्ष्य पछ्याएको नेपालले १३ ओभरमा २ विकेटको क्षतिमा ९५ रन बनाउँदै पुरा गर्यो । त्यस अघि नेपालको कसिलो बलिङमा मलेसिया ३३.५ ओभरमा अल आउट हुँदै ९२ रनमा समेटिएको थियो । मलेसियाका ८ ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

पहिलो खेलमा सिंगापुरलाई २ सय १७ रनले पराजित गरेपनि दोस्रो खेलमा बर्षको कारण डकवर्थ लेविस मेथडका आधारमा यूएईसँग १ रनले पराजित हुन पुग्दा नेपालको अघिल्लो चरणको यात्रा कठिन बन्न पुगेको छ । यूएईको बाँकी नतिजा नेपाल अनुकुल आएमा मात्र नेपालले विश्वकप खेल्न पाउनेछ । आजको खेलमा मलेसियामाथि सहज जित दिलाउन यी ३ नेपाली खेलाडीले उत्कृष्ट प्रर्दशन गरे ।

रित गौतम

ओपनर रित गौतमले ४५ बलमा ५ चौका सहित ३९ रनमा नटआउट रहे । जसको कारण नेपाल १३ ओभरमै खेल जित्न सफल भयो । यो जितले नेपाललाई नेट रनरेटमा ठूलो फाईदा पुग्ने छ । गौतमले एक तर्फबाट डबल सिंगल रन बटुलिरहँदा अर्को तर्फबाट पवन सरार्फ र आशिफ शेखले आक्रमक खेल्दै सहजै जिताउन सफल भए ।

कुशल मल्ल

मलेसियालाई सस्तैमा रोक्न कुशल मल्लले उत्कृष्ट बलिङ गरे । मलेसियाको मिडिल अडर धरासय बनाउने क्रममा सर्वाधिक ३७ रन बनाई खेली रहेका ड्यानियल फिक्रीलाई २१ औं ओभरको चौथो बलमा सन्दीप जोराबाट क्याच आउट गराउदै पेभिलिएन फर्काए । ड्यानियल आउट भएसँगै मलेसियाको निरन्तर विकेट गुमि रह्यो ।

त्यस अघि मिडिल अडरका विजय उन्नीलाई १७ ओभरको अन्तिम बलमा ४ रनमा एलवी डब्लू आउट गरे । मल्लले २९ ओभरको पहिलो बलमा अमीरुल सयाहीलाई १ रनमा आउट गरेपछि मलेसिया सस्तैमा समेटिएको हो । कसिलो बलिङ गर्ने क्रममा मल्लले सम्रगमा ८ ओभरमा २ मेडन सहित २० रन खर्चेर ३ विकेट लिए ।

पवन सरार्फ

राष्ट्रिय टोलीबाट खेलि सकेका सरार्फले सहज जित दिलाउन उत्कृष्ट अलराउण्डर प्रर्दशन गरे । सरार्फ आजको खेलमा म्याच अफ द म्याच समेत चुनिए । मलेसियाको मिडिल अडरलाई पेभिलिएन फर्काएका सरार्फले कप्तान मोहम्मद आमिरलाई १३ ओभरको पहिलो बलमा १३ रनमा बोल्ड आउट गरे । कप्तान आउट भएसँगै मलेसियाको विकेट गुमि रह्यो । त्यस्तै विकेटकीपर हमिल हरिसनलाई १० रनमा आउट गरे । तल्लोक्रमका स्युक्री मादेलीलाई १ रनमा आउट गरेपछि मलेसिया सस्तैमा समेटियो । नेपाललाई १३ ओभरभित्र खेल जिताउन सरार्फले १४ बलमा २ चौका र १ छक्का प्रहार गर्दै १९ रनमा आउट भए । घातक बलिङ गर्ने क्रममा सरार्फले ८.५ ओभरमा १३ रन खर्चेर ३ विकेट लिए ।

March 26, 2025

पञ्जाबको विजयी सुरुवात

एजेन्सी – पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग(आइपिएल) मा विजयी सुरुवात गरेको छ। श्रेयस अय्यरको कप्तानी इनिङमा पञ्जाबले गुजरात टाइटन्सलाई ११ रनले हराउँदै सफल सुरुवात गरेको छ ।२ सय ४४ रनको लक्ष्य पछ्याएको गुजरात ५ विकेटको नोक्सानीमा २ सय ३२ रन बनाउन सक्यो । टप अडरले सुरुवात राम्रो दिलाए पनि मध्यक्रमले त्यसलाई अघि बढाउन सकेन। साई सुदर्शन […]

March 25, 2025

श्रेयसको कप्तानी इनिङमा पञ्जाबको विशाल योगफल

एजेन्सी – श्रेयस अय्यरको कप्तानी इनिङमा पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग(आइपिएल) मा गुजरात टाइटन्सविरुद्ध विशाल योगफल तयार गरेको छ । नरेन्द्र मोदी क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जाबले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय ४३ रनको विशाल योगफल तयार गर्यो । पञ्जाबका लागि कप्तान र खेलाडीको रुपमा डेब्यु खेल खेलिरहेका श्रेयसले […]

March 25, 2025

गुजरातले टस जित्यो

एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) माआज पञ्जाब किंग्सविरुद्धको खेलमा गुजरात टाइटन्सले टस जितेको छ । गुजरातका‌ कप्तान शुभमन गिलले टस जितेर फिल्डिङ रोजेका छन् । गुजरातको नरेन्द्र मोदी क्रिकेट स्टेडियममा हुने खेलमा पञ्जाबको कप्तानी श्रेयस अय्यरले गर्दैछन् । अय्यरको कप्तानीमा कोलकाता नाइट राइडर्स गत संस्करणमा च्याम्पियन भएको थियो । जारी आइपिएलको यो पाचौं खेल हो । […]

Success

Thank you for your time.