default_image

6 years ago

April 15, 2019

विश्वकपको लागि भारतीय टोली घोषणा

127 views

0 Bookmark

एजेन्सी – भारतले आगमी मे ३० देखी जुलाई १४ सम्म इंग्ल्यान्ड र वेल्समा संयुक्त रुपमा आयोजना हुन लागेको एक दिवसिय विश्वकपको लागि आफ्नो १५ सदस्य टोली घोषणा गरेको छ ।

सोमबार दिउँसो घोषणा गरेको टोलीमा थुप्रै स्टार खेलाडीहरु परेका छैनन् । निकै चर्चामा रहेका ऋषभ पन्त,आम्बाती रायडु टोलीमा छैनन् । पन्तको स्थानमा दिनेश कार्तिक र रायडुको स्थानमा विजय शंकरले मौका पाएका छन् । भारतलाई यसपटक विश्वकपको प्रमुख दावेदार टोली मानिएको छ । विश्वकपमा भारतले पहिलो खेल जुन ५ मा दक्षिण अफ्रिकासँग खेल्नेछ ।

भारतीय १५ सदस्य टोली :
१.विराट कोहली (कप्तान)
२.के एल राहुल
३.केदार जाधव
४.कुलदिप यादव
५. हार्दिक पान्ड्या
६.रोहित शर्मा(उप कप्तान)
७.विजय शंकर
८.दिनेश कार्तिक
९.भुवनेश्वर कुमार
१०.रविन्द्र जडेजा
११.शिखर धवन
१२.महेन्द्र सिंह धोनी
१३.युजेन्द्र चाहल
१४.जसप्रित बुमराह
१५.मोहम्मद शामी

May 1, 2025

चेन्नई आइपिएलको प्ले अफ दौडबाट बाहिरियो

एजेन्सी – चेन्नई सुपर किंग्स जारी इन्डियन प्रिमियर लिग (आइपिएल ) प्लेअफ दौडबाट बाहिरिने पहिलो टोली बनेको छ। महेन्द्र सिंह धोनीको नेतृत्वमा रहेको चेन्नई बुधवार पञ्जाब किंग्ससँग ४ विकेटले पराजित भयो। चेन्नई यो फ्रेन्चाइजको इतिहासमा लगातार दोस्रो पटक प्लेअफमा स्थान बनाउन असफल भएको छ। श्रेयश अय्यरको कप्तानीमा रहेको पञ्जाबले छैटौं जित निकाल्यो । चेन्नईको १० […]

April 30, 2025

पन्जाब किङ्सलाई सामान्य चुनौती

एजेन्सी- इण्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपर किङ्सले पन्जाब किङ्सलाई १ सय ९१ रनको चुनौति दिएको छ। पन्जाबले टस जितेर चेन्नईलाई ब्याटिङको लागि उतार्यो। चेन्नईले १९.२ ओभरमा १ सय ९० रनमा अल आउन भयो। ४८ रन जोड्दा ३ विकेट गुमाएको चेन्नईले सुरुवात फितलो गर्यो। चौथो विकेटको लागि साम कुरान र डिवाल्ड ब्रेभिसले ७८ रनको […]

April 30, 2025

पन्जाबले टस जित्यो

एजेन्सी – पन्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा आजको खेलमा टस जितेको छ। चेन्नई सुपर किङ्ससँगको खेलमा पन्जाबले टस जितेर फिल्डिङ रोजेको छ। अंक तालिकामा पन्जाब पाचौं र चेन्नई पुछारमा छ।

Success

Thank you for your time.