6 years ago
April 15, 2019
एजेन्सी – आईसीसी यू१९ विश्वकप छनोट अन्तर्गत एसिया क्षेत्रको तेस्रो खेलमा मलेसियाले नेपाललाई ९३ रनको सामान्य लक्ष्य दिएको छ ।
क्वालालाम्पुरमा टस हारेर ब्याटिङ थालेको मलेसियाले ३३.५ ओभरमा अल आउट हुँदै ९२ रनमा समेटियो । मलेसियाका लागि इज्जत ड्यानियल फिक्रीले सर्वाधिक ३७ रन बनाउन बाहेक अन्य कुनैपनि ब्याट्सम्यानले सम्झन योग्य प्रर्दशन गर्न सकेनन् । कुशल मल्लले २१ ओभरको चौथो बलमा क्याच गराउनु अघि ड्यानियलले ५५ बलमा ३ चौका र १ छक्का प्रहार गरे । नेपाली बलरको कसिलो बलिङ सामु मलेसियाका ८ जना ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
पहिलो ओभरको तेस्रो बलमै कमलसिंह ऐरीले ओपनर असलम खानलाई हरि बहादुर चौहानबाट शून्यमा क्याच गराए । ऐरीलेनै पाँचौ ओभरको दोस्रो बलमा अर्का ओपनर वान रुमीरुललाई रित गौतमबाट ७ रनमा क्याच गराउँदै पेभिलिएन फर्काए । कप्तान मोहम्मद अमिरलाई १३ ओभरको पहिलो बलमा पवन सरार्फले १३ रनमा बोल्ड आउट गरे । १७ ओभरको अन्तिम बलमा विजयी उन्निलाई ४ रनमा कुशल मल्ले एलीवी डब्लू धराप पारेपछि मलेसियाको विकेट निरन्तर गुमि रह्यो ।
मलेसियालाई सस्तैमा पवन सरार्फले ८.५ ओभरमा १ मेडन १३ सहित रन खर्चेर ३ विकेट लिए । त्यस्तै कुशल मल्लले ८ ओभरमा २ मेडन सहित २० रन खर्चेर ३,कमलसिंह ऐरी २ र सागर ढकालले १ विकेट हात पारे ।
March 26, 2025
एजेन्सी – पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग(आइपिएल) मा विजयी सुरुवात गरेको छ। श्रेयस अय्यरको कप्तानी इनिङमा पञ्जाबले गुजरात टाइटन्सलाई ११ रनले हराउँदै सफल सुरुवात गरेको छ ।२ सय ४४ रनको लक्ष्य पछ्याएको गुजरात ५ विकेटको नोक्सानीमा २ सय ३२ रन बनाउन सक्यो । टप अडरले सुरुवात राम्रो दिलाए पनि मध्यक्रमले त्यसलाई अघि बढाउन सकेन। साई सुदर्शन […]
March 25, 2025
एजेन्सी – श्रेयस अय्यरको कप्तानी इनिङमा पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग(आइपिएल) मा गुजरात टाइटन्सविरुद्ध विशाल योगफल तयार गरेको छ । नरेन्द्र मोदी क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जाबले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय ४३ रनको विशाल योगफल तयार गर्यो । पञ्जाबका लागि कप्तान र खेलाडीको रुपमा डेब्यु खेल खेलिरहेका श्रेयसले […]
March 25, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) माआज पञ्जाब किंग्सविरुद्धको खेलमा गुजरात टाइटन्सले टस जितेको छ । गुजरातका कप्तान शुभमन गिलले टस जितेर फिल्डिङ रोजेका छन् । गुजरातको नरेन्द्र मोदी क्रिकेट स्टेडियममा हुने खेलमा पञ्जाबको कप्तानी श्रेयस अय्यरले गर्दैछन् । अय्यरको कप्तानीमा कोलकाता नाइट राइडर्स गत संस्करणमा च्याम्पियन भएको थियो । जारी आइपिएलको यो पाचौं खेल हो । […]