6 years ago
April 15, 2019
एजेन्सी – आईसीसी यू-१९ विश्वकप छनोटअन्तर्गत एसिया क्षेत्रको नेपालले आफ्नो तेस्रो खेलमा आज मलेसियासँग खेल्दैछ ।
भर्खर सम्पन्न टसमा नेपालले जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । मलेसियाले ब्याटिङ केहि समयमानै गर्ने छ । सिंगापुरलाई २ सय १७ रनले पराजित गरेको नेपाल दोस्रो खेलमा यूएईसँग भने बर्षको कारण डकवर्थ लेविस मेथडका आधारमा १ रनले पराजित भएको थियो ।
यो सँगै अघिल्लो चरणको यात्रा नेपालको कठिन बनेको थियो। यूएईको बाँकी नतिजा नेपाल अनुकुल आएमा मात्र नेपालले विश्वकप खेल्न पाउनेछ । मलेसियाले सुरुवाती दुवै खेल हारेको छ । यूएईसँग ५ विकेटले पराजित भएको मलेसिया ओमानसँग ४६ रनले पराजित भएको थियो । नेपालले यू१९ मा मलेसियालाई पछिल्ला ५ खेलमा नै पराजित गरेको छ ।
May 1, 2025
एजेन्सी – चेन्नई सुपर किंग्स जारी इन्डियन प्रिमियर लिग (आइपिएल ) प्लेअफ दौडबाट बाहिरिने पहिलो टोली बनेको छ। महेन्द्र सिंह धोनीको नेतृत्वमा रहेको चेन्नई बुधवार पञ्जाब किंग्ससँग ४ विकेटले पराजित भयो। चेन्नई यो फ्रेन्चाइजको इतिहासमा लगातार दोस्रो पटक प्लेअफमा स्थान बनाउन असफल भएको छ। श्रेयश अय्यरको कप्तानीमा रहेको पञ्जाबले छैटौं जित निकाल्यो । चेन्नईको १० […]
April 30, 2025
एजेन्सी- इण्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपर किङ्सले पन्जाब किङ्सलाई १ सय ९१ रनको चुनौति दिएको छ। पन्जाबले टस जितेर चेन्नईलाई ब्याटिङको लागि उतार्यो। चेन्नईले १९.२ ओभरमा १ सय ९० रनमा अल आउन भयो। ४८ रन जोड्दा ३ विकेट गुमाएको चेन्नईले सुरुवात फितलो गर्यो। चौथो विकेटको लागि साम कुरान र डिवाल्ड ब्रेभिसले ७८ रनको […]
April 30, 2025
एजेन्सी – पन्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा आजको खेलमा टस जितेको छ। चेन्नई सुपर किङ्ससँगको खेलमा पन्जाबले टस जितेर फिल्डिङ रोजेको छ। अंक तालिकामा पन्जाब पाचौं र चेन्नई पुछारमा छ।