6 years ago
April 15, 2019
एजेन्सी – अष्ट्रेलियाले आगमी मे ३० देखी जुलाई १४ सम्म इंग्ल्यान्ड र वेल्समा संयुक्त रुपमा आयोजना हुन लागेको एक दिवसिय विश्वकपको लागि आफ्नो १५ सदस्य टोली घोषणा गरेको छ ।
आरोन फिन्चको कप्तानीमा घोषित १५ सदस्य टोलीमा बल टेम्परिङ काण्डका कारण एक वर्षे प्रतिबन्धमा परेको डेविड वार्नर र स्टिभ स्मिथलाई समेटिएको छ । यसक्रममा एस्टन टर्नर, पिटर हेन्डस्कम्व र जोश हेजलवुडले भने टोलीमा स्थान बनाउन सकेनन् ।
सन् २०१५ को च्याम्पियन अष्ट्रेलियाले हालसम्म ५ पटक वान डे विश्वकप जितेको छ । छैटौं पटक विश्वकप जित्ने धुनमा रहेको अष्ट्रेलिया पछिल्ला ८ वानडे खेलमा अपराजित रहेको छ । भारतलाई उसकै भुमिमा ३-२ ले तथा पकिस्तानलाई ५-० ले हराउँदै सिरिज जितेको हुँद टोलीको मनोबल उच्च छ । अष्ट्रेलियाले विश्वकपमा पहिलो खेल जुन १ मा अफगानिस्तानसँग खेल्दै सुरुवात गर्ने छ ।
अष्ट्रेलियाको विश्वकप खेल्ने १५ सदस्य टोली :
१. आरोन फिन्च (कप्तान)
२. जेसन बेहरनडर्फ
३. एलेक्स केरी (विकेटकीपर)
४. नाथन कुल्टर नाईल
५. प्याट कमिन्स
६. उस्मान खवाजा
७. नाथन लायन
८. शन मार्श
९. ग्लेन म्याक्सवेल
१०. झेय रिचड्सन
११. स्टिभ स्मिथ
१२. मिचेल स्टार्क
१३. मार्कस स्टोईनिस
१४. डेविड वार्नर
१५. एडम जम्पा
May 1, 2025
एजेन्सी – चेन्नई सुपर किंग्स जारी इन्डियन प्रिमियर लिग (आइपिएल ) प्लेअफ दौडबाट बाहिरिने पहिलो टोली बनेको छ। महेन्द्र सिंह धोनीको नेतृत्वमा रहेको चेन्नई बुधवार पञ्जाब किंग्ससँग ४ विकेटले पराजित भयो। चेन्नई यो फ्रेन्चाइजको इतिहासमा लगातार दोस्रो पटक प्लेअफमा स्थान बनाउन असफल भएको छ। श्रेयश अय्यरको कप्तानीमा रहेको पञ्जाबले छैटौं जित निकाल्यो । चेन्नईको १० […]
April 30, 2025
एजेन्सी- इण्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपर किङ्सले पन्जाब किङ्सलाई १ सय ९१ रनको चुनौति दिएको छ। पन्जाबले टस जितेर चेन्नईलाई ब्याटिङको लागि उतार्यो। चेन्नईले १९.२ ओभरमा १ सय ९० रनमा अल आउन भयो। ४८ रन जोड्दा ३ विकेट गुमाएको चेन्नईले सुरुवात फितलो गर्यो। चौथो विकेटको लागि साम कुरान र डिवाल्ड ब्रेभिसले ७८ रनको […]
April 30, 2025
एजेन्सी – पन्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा आजको खेलमा टस जितेको छ। चेन्नई सुपर किङ्ससँगको खेलमा पन्जाबले टस जितेर फिल्डिङ रोजेको छ। अंक तालिकामा पन्जाब पाचौं र चेन्नई पुछारमा छ।