6 years ago
April 14, 2019
एजेन्सी – इन्डियन प्रिमियर लिग(आईपीएल) को ३० औं खेलमा दिल्ली क्यापिटल्सले सनराईजर्स हैदरावादलाई १ सय ५६ रनको मध्यम लक्ष्य दिएको छ ।
हैदरावादको घरेलु मैदान राजिभ गान्धी इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ५५ रन बनाउन सक्यो । दिल्लीका लागि कप्तान श्रेयस ऐरले ४५ बलमा ५ चौका सहित सर्वाधिक ४५ रनको योगदान दिए । कोलिन मुनरोले २४ बलमा ३ छक्का र ४ चौका प्रहार गर्दै ४० र विकेटकीपर ऋषभ पन्तले २३ रन बनाउन बाहेक अन्य ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् । ओपनर पृथ्वी शा ४ र शिखर धवन ७ रनमा आउट भए ।
दोस्रो ओभरको पाँचौ बलमा खलिल अहमदले ओपनर शालाई क्याच गराए । चौथो ओभरको दोस्रो बलमा अहमदनै भुवनेश्वर कुमारबाट क्याच गराउँदै धवनलाई पेभिलिएन फर्काउदै दिल्लीलाई दवावमा राखे । ८ औं ओभरको अन्तिम बलमा अभिषेक शर्माले मुनरोलाई विकेटकीपर जोनी बेयस्ट्रोबाट क्याच गराएपछि दिल्ली दवावमा परेको थियो ।
१६ ओभरको पाँचौ बलमा ऐर र १७ ओभरको दोस्रो बलमा पन्त क्याच आउट भएपछि दिल्ली सस्तैमा समेटिएको हो । तल्लोक्रमका क्रिस मोरिस ४ रनमा आउट हुँदा अक्षर पटेल १४ रनमा अविजित रहे । हैदरावादका लागि खलिल अहमदले ४ ओभरमा ३० रन खर्चेर ३, भुवनेश्कर कुमारले २,राशिद खान र अभिषेक शर्माले समान १ विकेट हात पारे । आजको खेलमा दिल्लीले सन्दीपलाई बेन्चमा राखेको छ ।
May 1, 2025
एजेन्सी – चेन्नई सुपर किंग्स जारी इन्डियन प्रिमियर लिग (आइपिएल ) प्लेअफ दौडबाट बाहिरिने पहिलो टोली बनेको छ। महेन्द्र सिंह धोनीको नेतृत्वमा रहेको चेन्नई बुधवार पञ्जाब किंग्ससँग ४ विकेटले पराजित भयो। चेन्नई यो फ्रेन्चाइजको इतिहासमा लगातार दोस्रो पटक प्लेअफमा स्थान बनाउन असफल भएको छ। श्रेयश अय्यरको कप्तानीमा रहेको पञ्जाबले छैटौं जित निकाल्यो । चेन्नईको १० […]
April 30, 2025
एजेन्सी- इण्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपर किङ्सले पन्जाब किङ्सलाई १ सय ९१ रनको चुनौति दिएको छ। पन्जाबले टस जितेर चेन्नईलाई ब्याटिङको लागि उतार्यो। चेन्नईले १९.२ ओभरमा १ सय ९० रनमा अल आउन भयो। ४८ रन जोड्दा ३ विकेट गुमाएको चेन्नईले सुरुवात फितलो गर्यो। चौथो विकेटको लागि साम कुरान र डिवाल्ड ब्रेभिसले ७८ रनको […]
April 30, 2025
एजेन्सी – पन्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा आजको खेलमा टस जितेको छ। चेन्नई सुपर किङ्ससँगको खेलमा पन्जाबले टस जितेर फिल्डिङ रोजेको छ। अंक तालिकामा पन्जाब पाचौं र चेन्नई पुछारमा छ।