6 years ago
April 14, 2019
एजेन्सी – रोयल च्यालेन्जर्स बेंगलोरका कप्तान विराट कोहली कारवाहीमा परेका छन् ।
शनिबार राती सम्पन्न पन्जावसँगको खेलमा सुस्त गति (स्लो ओभर) मा बलिङ गरेको भन्दै आईपीएल आयोजकले कोहलीलाई भारतीय १२ लाख रुपैयाँ जरिवाना गरेको छ । नियम अनुसार टी ट्वान्टी खेलमा एक इनिङ्समा ७५ मिनेटमा सक्नुपर्छ । ७५ मिनेट भन्दा बढी लगाएको खण्डमा जरिवाना तिर्नुपर्ने हुन्छ ।
शनिबार राती सम्पन किंग्स इलाभेन पन्जावलाई ८ विकेटले पराजित गर्दै बेंगलोरले पहिलो जित हात पारेको हो । यस अघि बेंगलोर सुरुवाती ६ वटै खेलमा पराजित भएको थियो । बेंगालेर अंक तालिकामा ७ खेलमा ६ मा हार र १ मा जितका साथ पुछारमा छ । अघिल्लो चरणको झिनो आसा रहेको बेंगलोरले बाँकी सबै खेल जितेर अन्य टोलीको नजिता आफु अनुकुल आउन सके मात्र प्ले अफमा पुग्ने छ ।
बेंगलोरले आफ्नो ८ औं खेल सोमबार मुम्बई इन्डियन्ससँग खेल्ने छ । जारी आईपीएलमा यस अघि मुम्बईका कप्तान रोहित शर्मा र राजिस्थान रोयल्सका कप्तान अजिंक्या रहाणे पनि सुस्त गति(स्लो ओभर) मा बलिङ गरेको कारण कारबाहीमा परि सकेका छन् ।
May 1, 2025
एजेन्सी – चेन्नई सुपर किंग्स जारी इन्डियन प्रिमियर लिग (आइपिएल ) प्लेअफ दौडबाट बाहिरिने पहिलो टोली बनेको छ। महेन्द्र सिंह धोनीको नेतृत्वमा रहेको चेन्नई बुधवार पञ्जाब किंग्ससँग ४ विकेटले पराजित भयो। चेन्नई यो फ्रेन्चाइजको इतिहासमा लगातार दोस्रो पटक प्लेअफमा स्थान बनाउन असफल भएको छ। श्रेयश अय्यरको कप्तानीमा रहेको पञ्जाबले छैटौं जित निकाल्यो । चेन्नईको १० […]
April 30, 2025
एजेन्सी- इण्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपर किङ्सले पन्जाब किङ्सलाई १ सय ९१ रनको चुनौति दिएको छ। पन्जाबले टस जितेर चेन्नईलाई ब्याटिङको लागि उतार्यो। चेन्नईले १९.२ ओभरमा १ सय ९० रनमा अल आउन भयो। ४८ रन जोड्दा ३ विकेट गुमाएको चेन्नईले सुरुवात फितलो गर्यो। चौथो विकेटको लागि साम कुरान र डिवाल्ड ब्रेभिसले ७८ रनको […]
April 30, 2025
एजेन्सी – पन्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा आजको खेलमा टस जितेको छ। चेन्नई सुपर किङ्ससँगको खेलमा पन्जाबले टस जितेर फिल्डिङ रोजेको छ। अंक तालिकामा पन्जाब पाचौं र चेन्नई पुछारमा छ।