default_image

6 years ago

April 14, 2019

रैना र ताहिर चम्कँदा चेन्नई विजयी

87 views

0 Bookmark


एजेन्सी – बलिङमा इमरान ताहिर र ब्याटिङमा सुरेश रैना चम्केपछि इन्डियन प्रिमियर लिग(आईपीएल) को २९ खेलमा चेन्नई सुपर किंग्सले कोलकता नाइट राइडर्सलाई ५ विकेटले हराएको छ ।

कोलकाताको घरेलु मैदानमा १ सय ६२ रनको लक्ष्य पछ्याएको चेन्नईले १९.४ ओभरमा ५ विकेटको क्षतिमा पुरा गर्यो । चेन्नईको जितमा नायक बनेका रैनाले ४२ बलमा ७ चौका र १ छक्का प्रहार गर्दै अविजित ५८ रनको मत्वपूर्ण योगदान दिए ।

त्यस्तै रविन्द्र जडेजाले १७ बलमा ५ चौका प्रहार गर्दै ३१ रनमा अविजित रहे । चेन्नईका अन्य फाफ डु प्लेसिसले १६ बलमा ५ चौका प्रहार गर्दै २४,शेन वाटसन ६,आम्बाती रायडू ५,केदार जाधव २० र महेन्द्र सिंह धोनी १६ रनमा आउट भए । कोलकताका लागि सुनिल नारायण र पियुस चवालाले समान दुई तथा हेरी गुर्नीले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कोलकताले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ६१ रन बनाएको थियो ।कोलकताका लागि ओपनर क्रिस लीनले ५१ बलमा ७ चौका र ६ छक्का प्रहार गर्दै ८२ रन बनाएपनि जितको लागि प्राप्त रहेन । लिनलाई १५ ओभरको पहिलो बलमा ईमरान ताहिरले सार्दुल ठाकुरबाट क्याच आउट गराए ।

लिनबाहेक अन्य सबै ब्याट्सम्यान सस्तैमा आउट भएपछि कोलकता विशाल लक्ष्य बनाउन चुकेको हो । कप्तान दिनेश कार्तिक १८,नितेश रानाले २१, आन्द्रे रसेल १० सुनिल नारायण २,सभमन गिल १५ र रोविन उथप्पा शून्यमा आउट भए । चेन्नईका लागि ईमरान ताहिरले घातक बलिङ गर्दै ४ ओभरमा २७ रन खर्चेर ४ विकेट लिए । त्यस्तै सार्दुल ठाकुरले २,मिचेल सान्टनेर १ विकेट हात पारे ।

यो सँगै चेन्नई प्लेफ नजिक पुगेको छ । चेन्नईले ८ खेलमा ७ मा जित र १ मा हारका साथ १४ अंक जोड्दै शीर्ष स्थानमा कायमै छ । बाँकी दुई खेल जिते चेन्नई प्ले अफमा पुग्ने छ । कोलकता भने ८ खेलमा समान ४ मा जित र ४ मा हारका साथ अंक तालिकामा दोस्रो स्थानमा छ ।

May 1, 2025

चेन्नई आइपिएलको प्ले अफ दौडबाट बाहिरियो

एजेन्सी – चेन्नई सुपर किंग्स जारी इन्डियन प्रिमियर लिग (आइपिएल ) प्लेअफ दौडबाट बाहिरिने पहिलो टोली बनेको छ। महेन्द्र सिंह धोनीको नेतृत्वमा रहेको चेन्नई बुधवार पञ्जाब किंग्ससँग ४ विकेटले पराजित भयो। चेन्नई यो फ्रेन्चाइजको इतिहासमा लगातार दोस्रो पटक प्लेअफमा स्थान बनाउन असफल भएको छ। श्रेयश अय्यरको कप्तानीमा रहेको पञ्जाबले छैटौं जित निकाल्यो । चेन्नईको १० […]

April 30, 2025

पन्जाब किङ्सलाई सामान्य चुनौती

एजेन्सी- इण्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपर किङ्सले पन्जाब किङ्सलाई १ सय ९१ रनको चुनौति दिएको छ। पन्जाबले टस जितेर चेन्नईलाई ब्याटिङको लागि उतार्यो। चेन्नईले १९.२ ओभरमा १ सय ९० रनमा अल आउन भयो। ४८ रन जोड्दा ३ विकेट गुमाएको चेन्नईले सुरुवात फितलो गर्यो। चौथो विकेटको लागि साम कुरान र डिवाल्ड ब्रेभिसले ७८ रनको […]

April 30, 2025

पन्जाबले टस जित्यो

एजेन्सी – पन्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा आजको खेलमा टस जितेको छ। चेन्नई सुपर किङ्ससँगको खेलमा पन्जाबले टस जितेर फिल्डिङ रोजेको छ। अंक तालिकामा पन्जाब पाचौं र चेन्नई पुछारमा छ।

Success

Thank you for your time.