default_image

6 years ago

April 14, 2019

सन्दीप आजको खेलमा पनि बेन्चमा

90 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली स्पिनर सन्दीप लामिछालाई दिल्ली क्यापिटल्सले सनराइजर्स हैदरावादविरुद्धको खेलमा बेन्चमा राखेको छ ।

हैदरावादको घरेलु मैदान राजीव गान्धी इन्टरनेशनल स्टेडियममा दिल्लीले टस हारेर पहिला ब्याटिङको निम्तो पाएको छ । हैदरावादले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएको छ । दिल्लीका कप्तान श्रेयस ऐरले बुझाएको प्लेईङ ११ को सुचिमा सन्दीपको नाम अटाएको छैन ।

आजको खेलमा अमित मिश्राले कम ब्याक गर्दा कोलिन मुनरोले पहिलो पटक मौका पाएका छन् ।
सन्दीपलाई यस अघिको कोलकतासँगको खेलमा पनि बेन्चमा राखेको थियो । सन्दीपले जारी आईपीएलमा ४ खेलमा ५ विकेट लिएका छन् ।

दिल्लीको प्लेइङ ११ : शिखर धवन,पृथ्वी शा,कोलिन मुनरो, श्रेयस ऐर(कप्तान) ऋषभ पन्त,क्रिस मोरिस,अक्षर पर्टेल,अमित मिश्रा,ईशान्त शर्मा,कागिसो रबाडा र किमो पल ।

March 26, 2025

पञ्जाबको विजयी सुरुवात

एजेन्सी – पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग(आइपिएल) मा विजयी सुरुवात गरेको छ। श्रेयस अय्यरको कप्तानी इनिङमा पञ्जाबले गुजरात टाइटन्सलाई ११ रनले हराउँदै सफल सुरुवात गरेको छ ।२ सय ४४ रनको लक्ष्य पछ्याएको गुजरात ५ विकेटको नोक्सानीमा २ सय ३२ रन बनाउन सक्यो । टप अडरले सुरुवात राम्रो दिलाए पनि मध्यक्रमले त्यसलाई अघि बढाउन सकेन। साई सुदर्शन […]

March 25, 2025

श्रेयसको कप्तानी इनिङमा पञ्जाबको विशाल योगफल

एजेन्सी – श्रेयस अय्यरको कप्तानी इनिङमा पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग(आइपिएल) मा गुजरात टाइटन्सविरुद्ध विशाल योगफल तयार गरेको छ । नरेन्द्र मोदी क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जाबले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय ४३ रनको विशाल योगफल तयार गर्यो । पञ्जाबका लागि कप्तान र खेलाडीको रुपमा डेब्यु खेल खेलिरहेका श्रेयसले […]

March 25, 2025

गुजरातले टस जित्यो

एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) माआज पञ्जाब किंग्सविरुद्धको खेलमा गुजरात टाइटन्सले टस जितेको छ । गुजरातका‌ कप्तान शुभमन गिलले टस जितेर फिल्डिङ रोजेका छन् । गुजरातको नरेन्द्र मोदी क्रिकेट स्टेडियममा हुने खेलमा पञ्जाबको कप्तानी श्रेयस अय्यरले गर्दैछन् । अय्यरको कप्तानीमा कोलकाता नाइट राइडर्स गत संस्करणमा च्याम्पियन भएको थियो । जारी आइपिएलको यो पाचौं खेल हो । […]

Success

Thank you for your time.