default_image

6 years ago

April 14, 2019

हैदरावादको सामना गर्दै दिल्ली क्यापिटल्स

213 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज दुई खेल हुँदै छन् । पहिलो खेलमा चेन्नई सुपर किंग्स र कोलकता नाइट राइडर्स तथा दोस्रोमा दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावादबीच प्रतिस्प्रर्धा हुने छ ।

पहिलो खेल नेपाली समय अनुसार दिउँसो ४:१५ देखि कोलकताको घरेलु मैदान इडेन गार्डेनमा चल्ने छ अंक तालिकामा चेन्नई पहिलो र कोलकता नाइट राइडर्स दोसो स्थानमा छन् । चेन्नई ७ खेलमा ६ मा विजयी हुँदा १ मा पराजित भएको थियो । समान खेल खेलेको कोलकता ४ मा जित र ३ मा पराजित भएको छ । यसअघि चेन्नईको घरेलु मैदानमा भएको खेलमा कोलकता ७ विकेटले पराजित भएको थियो ।

कोलकता घरेलु मैदानमा हारको बदला लिन चाहान्छ । कोलकताका आन्द्रे रसेल र चेन्नईका महेन्द्र सिंह धोनी उत्कृष्ट लयमा छन् । यी दुबैले उत्कृष्ट फिनिसिङ गर्दै कठिन जितलाई पनि सहज बनाएका छन् । चेन्नईका ईमरान ताहिर,दिपक चाहर र हरभजन सिंहले पनि उत्कृष्ट प्रर्दशन गरि रहेका छन् ।

आजको दोस्रो खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावादबीच प्रतिसप्रर्धा हुनेछ । खेल नेपाली समय अनुसार बेलुका ८:१५ देखी हैदरावादको घरेलु मैदान राजीव गान्धी इन्टरनेशल स्टेडियममा सुरु हुनेछ । समुह चरणको खेलमा हैदरावादले दिल्लीलाई ५ विकेटले हराएको थियो । हैदरावाद ६ खेलमा समान ३ मा जित र ३ मा हारका साथ ६ अंक जोड्दै अंक तालिकामा छैटौं स्थानमा छ । दिल्लीले ७ खेलमा ४ मा जित र ३ मा हारका साथ चौथो स्थानमा छ ।

हैदरावादका ओपनर डेविड वार्नरले उत्कृष्ट प्रर्दशन गरि रहेका छन् । वार्नरले सुरुवाती ६ खेलमा ३ अर्धशतक,१ शतक सहित कुल ३ सय ४९ रन जोड्दै सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सुचिमा शीर्षस्थानमा छन् । जोनी बेयरस्टो पनि राम्रो लयमा देखिन्छन् । दिल्लीका लागि ओपनर शिखर धवन लयमा फर्किएको संकेत दिएका छन् । धवनले पछिल्लो खेलमा कोलकतासँग ९७ रनमा अविजित रहँदै खेल जिताएका थिए ।

सन्दीपको संभावना ?

जारी आईपीएलमा सन्दीपले ४ खेलमा ५ विकेट लिएका छन् । कोलकतासँग १,पन्जावसँग २ र हैदरावाद र बेंगलोरसँगको खेलमा समान १ विकेट हात पारे । बेंगलोरसँगको खेलमा सन्दीपले ४ ओभरमा ४६ रन खर्चिएर १ विकेट लिदै महँगो सावित हुँदा कोलकतासँगको खेलमा बेन्चमा बसे ।

सन्दीपको स्थानमा लिएका किमो पलले ४ ओभरमा ४६ रन खर्चेर २ विकेट हात पारे । खेलाडी परिवर्तन गरि रहँदा प्रर्दशनमा असर पुग्ने हुँदा आजको खेलमा दिल्लीले किमो पललाईनै निरन्तरता दिन सक्छ । पलले तल्लोक्रममा ब्याटिङ पनि गर्ने हुँदा उनि पहिलो रोजाईमा पर्न सक्ने संभावना छ । तर दुबै प्रमुख स्पिनर अमित मिश्र र सन्दीपलाई बेन्चम राख्दा दिल्लीको स्पिन बलिङ कमजोर बन्ने हुँदा यी दुई मध्य एकलाई मैदान उतार्न सक्छ । सुरुवाती दुई खेलमा मात्र मौका पाएका मिश्राको संभावना उच्च छ ।

May 1, 2025

चेन्नई आइपिएलको प्ले अफ दौडबाट बाहिरियो

एजेन्सी – चेन्नई सुपर किंग्स जारी इन्डियन प्रिमियर लिग (आइपिएल ) प्लेअफ दौडबाट बाहिरिने पहिलो टोली बनेको छ। महेन्द्र सिंह धोनीको नेतृत्वमा रहेको चेन्नई बुधवार पञ्जाब किंग्ससँग ४ विकेटले पराजित भयो। चेन्नई यो फ्रेन्चाइजको इतिहासमा लगातार दोस्रो पटक प्लेअफमा स्थान बनाउन असफल भएको छ। श्रेयश अय्यरको कप्तानीमा रहेको पञ्जाबले छैटौं जित निकाल्यो । चेन्नईको १० […]

April 30, 2025

पन्जाब किङ्सलाई सामान्य चुनौती

एजेन्सी- इण्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपर किङ्सले पन्जाब किङ्सलाई १ सय ९१ रनको चुनौति दिएको छ। पन्जाबले टस जितेर चेन्नईलाई ब्याटिङको लागि उतार्यो। चेन्नईले १९.२ ओभरमा १ सय ९० रनमा अल आउन भयो। ४८ रन जोड्दा ३ विकेट गुमाएको चेन्नईले सुरुवात फितलो गर्यो। चौथो विकेटको लागि साम कुरान र डिवाल्ड ब्रेभिसले ७८ रनको […]

April 30, 2025

पन्जाबले टस जित्यो

एजेन्सी – पन्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा आजको खेलमा टस जितेको छ। चेन्नई सुपर किङ्ससँगको खेलमा पन्जाबले टस जितेर फिल्डिङ रोजेको छ। अंक तालिकामा पन्जाब पाचौं र चेन्नई पुछारमा छ।

Success

Thank you for your time.