default_image

5 years ago

April 13, 2019

डी ककको अर्धशतकमा मुम्बईको बलियो लक्ष्य

36 views

0 Bookmark

एजेन्सी – ओपनर क्विन्टन डी ककले सानदार अर्धशतक प्रहार गरेपछि इन्डियन प्रिमियर लिग (आईपीएल) को २७ औं खेलमा मुम्बई इन्डियन्सले राजस्थान रोयल्सलाई १ सय ८८ रनको विशाल लक्ष्य दिएको छ ।

घरेलु मैदान वानखेडेमा टस हारेर पहिला ब्याटिङ थालेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ८७ रन बनायो । मुम्बईका लागि ओेपनर डी ककले ५२ बलमा ६ चौका र ४ छक्का प्रहार गर्दै ८१ रनमा आउट भए । डी ककलाई जोफ्रा आर्चरले १९ ओभरको तेस्रो बलमा विकेटकीपर जस बटलरबाट क्याच गराए । त्यस्तै अर्का ओपनर रोहित शर्माले ३२ बलमा ६ चौका र १ छक्का प्रहार गर्दै ४७ रनमा आउट भए ।

पहिलो विकेटका लागि शर्मा र डी ककले १०.५ ओभर सम्म ९६ रनको उत्कृष्ट साझेदारी गर्दै सानदार सुरुवात दिलाएका थिए । शर्मालाई जोफ्रा आर्चरले विकेटकीपर जस बटलरबाट क्याच गराउँदै साझेदारी तोडे। १४ ओभरको पहिलो बलमा धवन कुलकर्णीले सुर्य कुमार यादवलाई १६ रनमा बोल्ड आउट गर्दिए ।

पन्जावसँगको खेलमा विष्फोटक ब्याटिङ गरेका काइरन पोलार्डलाई जोफा आर्चरले १७ ओभरको दोस्रो बलमा श्रेयस गोपालबाट ६ रनमा क्याच आउट गराए । हार्दिक पान्ड्याले ११ बलमा १ चौका र ३ छक्का प्रहार गर्दै २८ रनमा अविजित रहे । राजस्थानका लागि जोफ्रा आर्चरले ४ ओभरमा ३९ रन खर्चेर ३ विकेट लिए । त्यस्तै धवन कुलकर्णी र जयदेव उनादकटको नाममा समान १ विकेट रह्यो ।

September 25, 2024

सन्दीपको वरियतामा व्यापक सुधार

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टोलीका सदस्य सन्दीप लामिछानेले ओडिआई क्रिकेटको अलराउन्डर वरियतामा व्यापक सुधार गरेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसिसी)ले जारी गरेको पछिल्लो वरियतामा सन्दीपले आफ्नो वरियतामा व्यापक सुधार गरेका हुन् । नयाँ वरियतामा सन्दीप २२ स्थान सुधार गर्दै संयुक्त ४१ औं स्थानमा उक्लिएका छन् । अष्ट्रेलियाका एडम जाम्पा र ट्राभिस हेडको पनि […]

September 25, 2024

अस्ट्रेलियाको अपराजित यात्रामा पूर्णविराम

एजेन्सी –ओडिआईको विश्वविजेता अस्ट्रेलियाको अपराजित यात्रामा पूर्णविराम लागेको छ। लगातार १४ ओडिआई खेल जितेको अस्ट्रेलियालाई इङ्ग्ल्यान्डले मंगलवार पराजित गर्दै विजयी यात्रा रोकेको हो। तेस्रो ओडिआईमा इङ्ग्ल्यान्डले डिएलएस पद्दतीमा ४६ रनको विजयी भएको हो। अस्ट्रेलिया ५ ओडिआई सिरिजका लागि इङ्ग्ल्यान्ड भ्रमणमा छ । यो जितपछि घरेलु टोलीले सिरिज २-१ मा पुर्याएको छरिभरसाइड क्रिकेट मैदान डुरममा ३ […]

September 24, 2024

नेपाल र ओमानबीचको खेल रद्द

काठमाडौं(हाम्रो खेलकुद) – लगातारको वर्षाका कारण नेपाल र ओमानबीचको विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक ओडिआई सिरिजको खेल रद्द भएको छ । निरन्तर हारका कारण दबाबमा रहेको नेपालले ओमानसँगको खेल मंगलवार नेपाली समय अनुसार मंगलवार बेलुका ८ः४५ बजे क्यानडाको किंग्स सिटी क्रिकेट मैदानमा खेल्ने तालिका थियो। तर निरन्तरको वर्षाका कारण खेल हुन सकेन । खेल रद्द […]

Success

Thank you for your time.