6 years ago
April 13, 2019
काठमाडौं (हाम्रो खेलकुद) – धुर्मुस सुन्तली फाउन्डेसनले प्रदेश ३ को चितवनमा निर्माण गर्न लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानको निर्माणको लागि आयोजना गर्न लागेको मातृभुमि कप टी–२० क्रिकेट प्रतियोगिताको कीर्तिपुरस्थित टीयू मैदानमा सुरु भएको छ ।
च्यारिटी खेलमा सहभागी हुन नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले पनि टिकट काटेर मैदान छिरेका छन् । उनले नेपालको क्रिकेट विकासको लागि धुर्मुस सुन्तली फाउन्डेसनले स्वार्थरहित कार्य गरेकोले आफूले सकेको ठाउँबाट सहयोग गर्न पाउँदा खुसी लागेको कप्तान खड्काले बताए । ‘ यो क्रिकेट रंगशाला देशको लागि हो । हामी आज खेलाडी बनेर आएपनि आफ्नो तर्फबाट सहयोग गर्न पाउँदा खुसी छौं । म मात्र होइन अन्य खेलाडीले पनि टिकट काटेर नै यहाँ आउनुभएको छ,’ उनले भने ।
कप्तान खड्काले मातृभूमि कपले क्रिकेटले रंगशालाको निर्माणका लागि आवश्यक रकम उठाउन सहयोग पुग्ने बताए । ‘यो खेलले आम समर्थकमा एक किसिमको माहोल सिर्जना गर्छ । फाउन्डेसनले क्रिकेटको लागि नै स्वार्थरहित कार्यक्रम अगाडी ल्याउनुभएको छ । हामीले पनि यसमा सक्दो सहयोग गर्ने हो,’ उनले थपे ।
March 24, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) मा आज दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्सले एकअर्काको सामना गर्दै प्रतियोगिता सुरुवात गर्दैछन् । विषाखापटनमा खेल नेपाली समय अनुसार बेलुका ७ः४५ बाट सुरु हुनेछ । हरेक आइपिएलमा खेलाडीले आफ्ना पूर्व टोलीहरूको सामना गर्दै आएका हुन्छन् । तर, यस सिजनमा दिल्ली र लखनउबीचको खेलमा पूर्व खेलाडीको भिडन्तलाई रोमाञ्चक रुपमा लिईएको […]
March 24, 2025
इन्डियन प्रिमियर लिग (आइपिएल) का टोलीहरु अक्सनका दौरान स्टार खेलाडीहरुमात्रै लगानी गर्दैनन् । गल्ली गल्लीमा पुगेर खोजेको प्रतिभालाई पनि स्थान दिन्छन् । सिनियर स्तरको खेल वा घरेलु क्रिकेट नै नखेलेका किन नहोस्, विश्वकै चर्चित र लोकप्रिय क्रिकेट लिग आइपिएलमा अनुभव भन्दापनि प्रतिभालाई प्राथमिकता दिइन्छ । यसले फ्रेन्चाइज टोलीको अक्सनमा मूल्य बचाउन ठूलो भूमिका खेल्दा क्षमता […]
March 23, 2025
एजेन्सी – मुम्बई इण्डियन्सलाई ४ विकेटले हराउँदै चेन्नई सुपर किंग्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा विजयी सुरुवात गरेको छ। चेन्नइको जितमा रुतुराज गाइक्वाड र रचिन रविन्द्रको अर्धशतक महत्वपूर्ण रहयो। जितको लागि १ सय ५६ रनको सहज लक्ष्य चेन्नईले १९.१ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो। ओपनर राहुल त्रिपाठी मात्र २ रनमा दीपक चाहरको बलमा आउट […]