default_image

6 years ago

April 13, 2019

नेपालको खराब सुरुवात

93 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आईसीसी यू १९ विश्वकप एक दिवसिय एसिया छनोट अन्तर्गत चौथो खेलमा नेपाल र यूएईबीचको खेल जारी छ ।

मलेसियाको क्वालालाम्पुरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २५ ओभरमा ४ विकेटको गुमाउँदै १ सय १३ रन बनाएको छ । नेपालका लागि ओपनर रित गौतमले ७० बलमा ३ चौका सहित ४२ रनमा खेली रहँदा उनलाई हरि बहादुर चौहानले ५ रन बनाई साथ दिएका छन् ।

नेपालले पहिलो विकेटका रुपमा पवन सरार्फलाई तेस्रो ओभरको पाँचौ बलमा १२ रनमा गुमाएको थियो । सरार्फलाई मोहम्मद फराजुद्दीनले विकेटकीपर अरविन्द्रबाट क्याच आउट गराए । त्यस्तै दोस्रो विकेटका रुपमा आशिफ शेख १६ ओभरको पहिलो बलमा ३८ बलमा ५ चौका प्रहार गर्दै २७ रनमा पेभिलिएन फर्किए । आशिफलाई मुखर्जीले मोहम्मद फराजुद्दीनबाट क्याच गराए ।

त्यस्तै २२ ओभरको पहिलो बलमा मुखर्जीलेनै रोहित कुमार पौडेलाई १८ रनमा आउट गरे । रोहितले २३ बलमा ३ चौका प्रहार गरे । २३ औं ओभरको अन्तिम बलमा सन्दीप जोरालाई ४ रनमा क्याच आउट भएपछि नेपाल केहि दवावमा परेको छ ।

प्रतियोगितामा नेपालसहित मलेसिया, सिंगापुर, कुवेत, यूएई र ओमान छन् । शीर्षस्थानमा रहने टोलीले अर्को वर्ष दक्षिण अफ्रिकामा हुने यू१९ विश्वकप क्रिकेट खेल्ने छ । नेपालले पहिलो खेलमा सिंगापुरलाई २ सय १७ रनको फराकिलो अन्तरले पराजित गर्दै सानदार सुरुवात गरेको थियो । यूएईले पनि मलेसियामाथि ५ विकेटको जित दर्ता गर्दै सुखद सुरुवात गरेको छ ।

March 24, 2025

दिल्ली र लखनउ खेल्दै, राहुल र ऋषभको चर्चा

एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) मा आज दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्सले एकअर्काको सामना गर्दै प्रतियोगिता सुरुवात गर्दैछन् । विषाखापटनमा खेल नेपाली समय अनुसार बेलुका ७ः४५ बाट सुरु हुनेछ । हरेक आइपिएलमा खेलाडीले आफ्ना पूर्व टोलीहरूको सामना गर्दै आएका हुन्छन् । तर, यस सिजनमा दिल्ली र लखनउबीचको खेलमा पूर्व खेलाडीको भिडन्तलाई रोमाञ्चक रुपमा लिईएको […]

March 24, 2025

अटोरिक्सा चालकका छोराको आइपिएलमा ड्रिम डेब्यू

इन्डियन प्रिमियर लिग (आइपिएल) का टोलीहरु अक्सनका दौरान स्टार खेलाडीहरुमात्रै लगानी गर्दैनन् । गल्ली गल्लीमा पुगेर खोजेको प्रतिभालाई पनि स्थान दिन्छन् । सिनियर स्तरको खेल वा घरेलु क्रिकेट नै नखेलेका किन नहोस्, विश्वकै चर्चित र लोकप्रिय क्रिकेट लिग आइपिएलमा अनुभव भन्दापनि प्रतिभालाई प्राथमिकता दिइन्छ । यसले फ्रेन्चाइज टोलीको अक्सनमा मूल्य बचाउन ठूलो भूमिका खेल्दा क्षमता […]

March 23, 2025

चेन्नईले मुम्बईलाई हरायो

एजेन्सी – मुम्बई इण्डियन्सलाई ४ विकेटले हराउँदै चेन्नई सुपर किंग्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा विजयी सुरुवात गरेको छ।‌ चेन्नइको जितमा रुतुराज गाइक्वाड र रचिन रविन्द्रको अर्धशतक महत्वपूर्ण रहयो। जितको लागि १ सय ५६ रनको सहज लक्ष्य चेन्नईले १९.१ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो। ओपनर राहुल त्रिपाठी मात्र २ रनमा दीपक चाहरको बलमा आउट […]

Success

Thank you for your time.