default_image

6 years ago

April 13, 2019

दिल्लीको जितमा धवन नायक

98 views

0 Bookmark

एजेन्सी – ओपनर शिखर धवनले नटआउट ९७ रन जोडेपछि दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) को २६ औं खेलमा कोलकाता नाइट राइडर्सलाई ७ विकेटले पराजित गरेको छ ।

कोलकाताले प्रस्तुत गरेको १ सय ७९ रनको लक्ष्य दिल्लीले १८.५ ओभरमा ३ विकेटको क्षतिमा प्राप्त गर्यो । ओपनर धवनले उत्कृष्ट ब्याटिङ गरेपछि दिल्लीले जित दर्ता गरेको हो । उनले ६३ बलको सामना गर्दै ११ चौका र २ छक्का प्रहार गरे । अर्का ओपनर पृथ्वी शाले ७ बलमा २ छक्कासहित १४ रन जोडे । कप्तान श्रेयस ऐर ६ रनमा कट बिहाइन्ड भए ।

तेस्रो विकेटका लागि धवन र ऋषभ पन्तले १ सय ५ रनको साझेदारी गरेपछि दिल्ली सहज जिततर्फ लम्केको थियो । पन्तले ३१ बलमा ४६ रन जोडे । उनले नितिश रानाको बलमा बाउन्ड्रीनजिक क्याच आउट हुनुअघि ४ चौका र २ छक्का प्रहार गरेका थिए । कोलिन इन्ग्रामले ६ बलमा १४ रन जोड्ने क्रममा १ चौका र विजयी छक्का प्रहार गरेका थिए । कोलकाताका नितिश राना, प्रशिध कृष्णा र आन्द्रे रसलले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कोलकाताले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७८ रन जोडेको थियो । कोलकाताका लागि ओपनरमा बढुवा भएका युवा ब्याट्सम्यान शुभ्मन गिलले सर्वाधिक ६५ रनको योगदान दिए । उनले ३९ बलमा ७ चौका र २ छक्का प्रहार गरे । अर्का ओपनर जो डेनली भने इनिङसको पहिलो बलमा नै बोल्ड भएका थिए ।

कोलकाताको मध्यक्रममा निकै राम्रो लयमा रहेका आक्रामक ब्याट्सम्यान आन्द्रे रसलले पुन: उत्कृष्ट ब्याटिङ गरे । उनले २१ बलमा ३ चौका र ४ छक्कासहित ४५ रन जोडे । रोविन उथाप्पाले ३० बलमा ४ चौका र १ छक्कासहित २८ रन जोडे । नितिश रानाले ११, कप्तान दिनेश कार्तिकले २ तथा कार्लोस ब्रेथवेटले ६ रन जोडे । तल्लोक्रममा पियुष चावलाले ६ बलमा १४ रन जोड्दै नटआउट रहे ।

दिल्लीका लागि सन्दीपको स्थान लिएका किमो पलले ४ ओभरमा ४६ रन खर्चेर २ विकेट हात पारे । क्रिस मोरिस र कागीसो रबाडाले पनि २-२ विकेट लिए ।

March 24, 2025

दिल्ली र लखनउ खेल्दै, राहुल र ऋषभको चर्चा

एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) मा आज दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्सले एकअर्काको सामना गर्दै प्रतियोगिता सुरुवात गर्दैछन् । विषाखापटनमा खेल नेपाली समय अनुसार बेलुका ७ः४५ बाट सुरु हुनेछ । हरेक आइपिएलमा खेलाडीले आफ्ना पूर्व टोलीहरूको सामना गर्दै आएका हुन्छन् । तर, यस सिजनमा दिल्ली र लखनउबीचको खेलमा पूर्व खेलाडीको भिडन्तलाई रोमाञ्चक रुपमा लिईएको […]

March 24, 2025

अटोरिक्सा चालकका छोराको आइपिएलमा ड्रिम डेब्यू

इन्डियन प्रिमियर लिग (आइपिएल) का टोलीहरु अक्सनका दौरान स्टार खेलाडीहरुमात्रै लगानी गर्दैनन् । गल्ली गल्लीमा पुगेर खोजेको प्रतिभालाई पनि स्थान दिन्छन् । सिनियर स्तरको खेल वा घरेलु क्रिकेट नै नखेलेका किन नहोस्, विश्वकै चर्चित र लोकप्रिय क्रिकेट लिग आइपिएलमा अनुभव भन्दापनि प्रतिभालाई प्राथमिकता दिइन्छ । यसले फ्रेन्चाइज टोलीको अक्सनमा मूल्य बचाउन ठूलो भूमिका खेल्दा क्षमता […]

March 23, 2025

चेन्नईले मुम्बईलाई हरायो

एजेन्सी – मुम्बई इण्डियन्सलाई ४ विकेटले हराउँदै चेन्नई सुपर किंग्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा विजयी सुरुवात गरेको छ।‌ चेन्नइको जितमा रुतुराज गाइक्वाड र रचिन रविन्द्रको अर्धशतक महत्वपूर्ण रहयो। जितको लागि १ सय ५६ रनको सहज लक्ष्य चेन्नईले १९.१ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो। ओपनर राहुल त्रिपाठी मात्र २ रनमा दीपक चाहरको बलमा आउट […]

Success

Thank you for your time.