default_image

6 years ago

April 12, 2019

कोलकतासँग खेल्दै सन्दीपको दिल्ली

92 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग(आईपीएल) को २६ औं खेलमा आज नेपाली लेग स्पिनर सन्दीप लामिछानेको टोली दिल्ली क्यापिटल्सले कोलकता नाइट राइडर्ससँग खेल्दै छ। खेल नेपाली समय अनुसार बेलुका ८ः१५ देखी कोलकताको घरेलु मैदान इडेन गार्डेनमा सुरु हुनेछ ।

यसअघि दिल्लीको घरेलु मैदान फिरोज शाह कोटलामा कोलकता सुपर ओभरमा पराजित भएको थियो । जारी आईपीएलमा कोलकताले ६ खेलमा ४ मा जित र २ मा हारका साथ अंक तालिकामा दोस्रो स्थानमा छ । दिल्ली ६ खेलमा समान ३ खेलमा हार र जितका साथ छैटौं स्थानमा छ । दिल्लीलाई अघिल्लो चरणको यात्रा बलियो बनाउन आजको खेल जित्नुपर्ने दबाब छ ।

आजको खेलमा सन्दीपले टोलीमा मौका पाउने नपाउने अन्यौल छ। यस अघि बेंगलोरसँगको खेलमा ४ ओभरमा ४६ रन खर्चेर १ विकेट लिदै महँगो सावित भएका थिए । जारी आईपीएलमा सन्दीपले ४ खेलमा ५ विकेट लिएका छन् । पछिल्ला खेलमा बेन्चमा बसेका अमित मिश्रालाई आज मैदान उतार्दै सन्दीपलाई बेन्चमा राख्न सक्ने संभावना पनि छ ।

दिल्लीले त्यस्तै आजको खेलमा शिखर धवनको स्थानमा न्युजिल्यान्डका ओपनर कोलिन मुनरोलाई मैदान उतार्न सक्ने संभावना पनि उतिकै देखिन्छ । आसा गरे अनुसार प्रर्दशन गर्न नसक्दा धवन बेंगलोरसँगको खेलमा शुन्यमा आउट भएका थिए । यता कोलकता उच्च मनोबलका साथ मैदान प्रवेश गर्ने छ । आन्द्रे रसेलले असम्भव बनेको खेल पनि सहजै जिताएका छन् । रसेललाई रोक्नु दिल्लीका बलरलाई ठूलो चुनौती हुने छ ।

March 24, 2025

दिल्ली र लखनउ खेल्दै, राहुल र ऋषभको चर्चा

एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) मा आज दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्सले एकअर्काको सामना गर्दै प्रतियोगिता सुरुवात गर्दैछन् । विषाखापटनमा खेल नेपाली समय अनुसार बेलुका ७ः४५ बाट सुरु हुनेछ । हरेक आइपिएलमा खेलाडीले आफ्ना पूर्व टोलीहरूको सामना गर्दै आएका हुन्छन् । तर, यस सिजनमा दिल्ली र लखनउबीचको खेलमा पूर्व खेलाडीको भिडन्तलाई रोमाञ्चक रुपमा लिईएको […]

March 24, 2025

अटोरिक्सा चालकका छोराको आइपिएलमा ड्रिम डेब्यू

इन्डियन प्रिमियर लिग (आइपिएल) का टोलीहरु अक्सनका दौरान स्टार खेलाडीहरुमात्रै लगानी गर्दैनन् । गल्ली गल्लीमा पुगेर खोजेको प्रतिभालाई पनि स्थान दिन्छन् । सिनियर स्तरको खेल वा घरेलु क्रिकेट नै नखेलेका किन नहोस्, विश्वकै चर्चित र लोकप्रिय क्रिकेट लिग आइपिएलमा अनुभव भन्दापनि प्रतिभालाई प्राथमिकता दिइन्छ । यसले फ्रेन्चाइज टोलीको अक्सनमा मूल्य बचाउन ठूलो भूमिका खेल्दा क्षमता […]

March 23, 2025

चेन्नईले मुम्बईलाई हरायो

एजेन्सी – मुम्बई इण्डियन्सलाई ४ विकेटले हराउँदै चेन्नई सुपर किंग्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा विजयी सुरुवात गरेको छ।‌ चेन्नइको जितमा रुतुराज गाइक्वाड र रचिन रविन्द्रको अर्धशतक महत्वपूर्ण रहयो। जितको लागि १ सय ५६ रनको सहज लक्ष्य चेन्नईले १९.१ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो। ओपनर राहुल त्रिपाठी मात्र २ रनमा दीपक चाहरको बलमा आउट […]

Success

Thank you for your time.