default_image

6 years ago

April 12, 2019

नेपालको फराकिलो जितमा नायक तीन खेलाडी

105 views

0 Bookmark

एजेन्सी – नेपालले आईसीसी यू१९ विश्वकप एकदिवसिय एसिया छनोटमा सिंगापुरलाई फराकिलो अन्तरले पराजित गर्दै सानदार विजयी सुरुवात गरेको छ ।

शुक्रबार सम्पन्न खेलमा सिंगापुरलाई २ सय १७ रनको फराकिलो अन्तरले हराएको हो । २ सय ८३ रनको विशाल लक्ष्य पछ्याएको सिंगापुर नेपालको कसिलो बलिङसामु ३१ ओभरमा अलआउट हुँदै ६५ रनमा समेटियो । उसका लागि ईशान सावनीले २८ र साई भेनुगोपालले १८ रन जोड्न बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

त्यसअघि कप्तान रोहित कुमार पौडेलको उत्कृष्ट ब्याटिङमा नेपाल ४६ ओभरमा २ सय ८२ रनमाअल आउट भएको थियो । सिंगापुरलाई फराकिलो अन्तरले पराजित गर्न सबै खेलाडीको प्रर्दशन औसत रह्यो । अझ यी तीन खेलाडीको प्रर्दशन निकै महत्वपूर्ण र नायक सावित भयो ।

३. राशिद खान

घरेलु क्रिकेटमा तीव्र गतिको बलरको रुपमा छवि बनाएका राशिदले नेपाललाई फराकिलो जित दिलाउन उत्कृष्ट अलराउण्डर प्रर्दशन गरे । राशिद आज बलिङभन्दा अझ ब्याटिङमा चम्किए । २७ ओभरको चौथो बलमा कुशल मल्ल १० रनमा आउट भएपछि मैदान छिरेका उनले कप्तान रोहितसँग सातौं विकेटका लागि ७७ रनको महत्त्वपूर्ण साझेदारी गरे ।

उनले सिंगल रनमा बढि जोड दिँदै कमजोर बललाई चौका छक्का प्रहार गरि सिंगापुरका बलरलाई निरन्तर दवावमा राखे । तर ४१ ओभरको चौथो बलमा रोहितसँग रन लिने क्रममा तालमेल नमिलेपछि ४८ रनमा रन आउटको शिकार बन्न पुगे । अर्धशतक बनाउन दुई रनले चुकेका राशिदले ४७ बलमा ४ चौका र २ छक्का प्रहार गरे । त्यस्तै बलिङतर्फ उनले ३ ओभरमा १ मेडन सहित ७ रन खर्चेर १ विकेट लिए । सम्रगमा नेपाललाई फराकिलो जित दिलाउन उनको प्रर्दशन महत्वपूर्ण रह्यो ।

२. पवन सरार्फ

राष्ट्रिय टोलीबाट खेलिसकेका पवनले नेपाललाई फराकिलो जित दिलाउन उत्कृष्ट अलराउन्ड प्रर्दशन गरे । पवन ब्याटिङ र बलिङ दुवैमा चम्कँदा नेपालले सहज जित हात पार्यो । ओपनिङ ब्याटिङ गर्न मैदान उत्रेका पवनले आक्रमक रुपमा प्रस्तुत हुँदै मध्यक्रमका ब्याट्सम्यानलाई खुलेर खेल्न सहज बनाए ।

सुरुवाती दुई विकेट सस्तैमा गुमाएको अवस्थामा पवनले कप्तान रोहित कुमार पौडेलसँग तेस्रो विकेटका लागि ९० रनको उत्कृष्ट साझेदारी गर्दै विशाल योगफलको बलियो आधार तय गरे । १९ ओभरको तेस्रो बलमा अथर्व गुनेले सुदर्शनबाट क्याच गराउनु अघि उनले ५३ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ४७ रनमा आउट भए ।

सरार्फले बलिङमा झनै घातक बलिङ गरे । सिंगापुरको मिडिल अडर धरासय बनाएका सरार्फले ६ ओभरमा ५ मेडन सहित ५ रन खर्चेर ३ विकेट लिए । राहुल शर्मा, श्रीवेद र प्रनव सुदर्शन उनको स्पिनको सिकार बने ।

१. रोहित कुमार पौडेल

नेपाललाई फराकिलो जित दिलाउन नायक बनेका रोहितले पहिलो कप्तानीमै फराकिलो जितको स्वाद चाख्न उत्कृष्ट प्रर्दशन गरे । रोहितको नेतृत्वदायी भूमिका पनि उत्कृष्ट देखिन्थ्यो । शतक बनाउन मात्र ५ रन चुकेका रोहितले निरन्तर सिंगापुरका बलरलाई दवावमा राखे । कुनै पनि समय बलरलाई हावी हुन दिएनन् ।

छैटौं ओभरको चौथो बलमा आशिफ शेख ८ रनमा आउट भएपछि मैदान छिरेका पौडेलले बाउन्ड्रीसँगै डवल सिंगल रन बटुलिरहे । उनले एक तर्फबाट लगातार रन जोडिरहँदा अर्को तर्फबाट अन्य ब्याट्सम्यानले आक्रमक रुपमा खुलेर रन जोडीरहेका थिए । जसको कारण नेपालले विशाल योगफल तयार पारेको थियो ।

४६ ओभरको पहिलो बलमा क्याच आउट हुनु अघि रोहितले ९५ रन जोडे । १ सय ५ बलमा ७ चौका र १ छक्का प्रहार गरे । यो उनको युवा क्रिकेटिङ करियकै उत्कृष्ट प्रर्दशन समेत हो ।

March 24, 2025

दिल्ली र लखनउ खेल्दै, राहुल र ऋषभको चर्चा

एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) मा आज दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्सले एकअर्काको सामना गर्दै प्रतियोगिता सुरुवात गर्दैछन् । विषाखापटनमा खेल नेपाली समय अनुसार बेलुका ७ः४५ बाट सुरु हुनेछ । हरेक आइपिएलमा खेलाडीले आफ्ना पूर्व टोलीहरूको सामना गर्दै आएका हुन्छन् । तर, यस सिजनमा दिल्ली र लखनउबीचको खेलमा पूर्व खेलाडीको भिडन्तलाई रोमाञ्चक रुपमा लिईएको […]

March 24, 2025

अटोरिक्सा चालकका छोराको आइपिएलमा ड्रिम डेब्यू

इन्डियन प्रिमियर लिग (आइपिएल) का टोलीहरु अक्सनका दौरान स्टार खेलाडीहरुमात्रै लगानी गर्दैनन् । गल्ली गल्लीमा पुगेर खोजेको प्रतिभालाई पनि स्थान दिन्छन् । सिनियर स्तरको खेल वा घरेलु क्रिकेट नै नखेलेका किन नहोस्, विश्वकै चर्चित र लोकप्रिय क्रिकेट लिग आइपिएलमा अनुभव भन्दापनि प्रतिभालाई प्राथमिकता दिइन्छ । यसले फ्रेन्चाइज टोलीको अक्सनमा मूल्य बचाउन ठूलो भूमिका खेल्दा क्षमता […]

March 23, 2025

चेन्नईले मुम्बईलाई हरायो

एजेन्सी – मुम्बई इण्डियन्सलाई ४ विकेटले हराउँदै चेन्नई सुपर किंग्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा विजयी सुरुवात गरेको छ।‌ चेन्नइको जितमा रुतुराज गाइक्वाड र रचिन रविन्द्रको अर्धशतक महत्वपूर्ण रहयो। जितको लागि १ सय ५६ रनको सहज लक्ष्य चेन्नईले १९.१ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो। ओपनर राहुल त्रिपाठी मात्र २ रनमा दीपक चाहरको बलमा आउट […]

Success

Thank you for your time.