6 years ago
April 12, 2019
काठमाडौं(हाम्रो खेलकुद) – वुमन्स च्याम्पियन्स टि ट्वान्टी लिगका लागि सहभागी टोलीका मालिक र मार्की खेलाडी घोषणा गरिएको छ । क्विन्स इभेन्ट्स म्यानजमेन्ट प्रा. लि.ले आयोजना गर्ने लिगका लागि शुक्रबार पत्रकार सम्मेलनमार्फत मार्की खेलाडी र मालिकको जानकारी दिइएको हो ।
जेठ ३ देखि ११ गते सम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) मैदानमा हुने लिगमा ललितपुर फाल्कोन्स,पोखरा पल्टन,क्यापिटल्स रोयल्स काठमाडौं,चितवन राइनोज र विराटनगर टाइन्टस गरि ५ ले प्रतिस्पर्धा गर्नेछन् ।
ललितपुरको मालिकमा श्रीजना जोशी रहेकी छन् । जुन ललितपुर फाल्कोन्सको स्वामित्वमा रहनेछ । त्यस्तै पोखरा पल्टन प्रा. लि. को स्वामितवमा रहेको पोखराको टोलीमा विनायक पोखरेल (अध्यक्ष), काठमाडौंको दिपा अग्रावाल ( प्रबन्ध निर्देशक) जेफोर स्पार्टस,चितवन मिङमा डण्डु शेर्पा ( प्रबन्ध निर्देशक) चितवन राइनोज प्रा. लि. र विराटनगरको पारस लुनिया(अध्यक्ष) रहेका छन् ।
राष्ट्रिय महिला टोलीकी सदस्य एवंम् पूर्व कप्तान नेरी थापा ललितपुरकी मार्की खेलाडी तोकिएकी छिन् । त्यस्तै पोखरामा सिता रानामगर,काठमाडौंमा राष्ट्रिय टोलीकी कप्तान रुविना क्षेत्री,चितवनमा इन्दु बर्मा र विराटनगरमा सरिता मगर मार्की खेलाडी चुनिएका छन् ।
यसअघि लिग चैत २२ गतेबाट ३० गतेसम्म हुने घोषणा गरेपनि प्राविधिक कारणले सानुर्नपरेको क्विन्स इभेन्ट्सका प्रबन्ध निर्देशक छुम्मी लामाले जानकारी दिए । क्विन्सले गत असोजमा पोखरा प्रिमियर लिग (पिपिएल) टि ट्वान्टी आयोजना गरेको थियो ।
March 24, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) मा आज दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्सले एकअर्काको सामना गर्दै प्रतियोगिता सुरुवात गर्दैछन् । विषाखापटनमा खेल नेपाली समय अनुसार बेलुका ७ः४५ बाट सुरु हुनेछ । हरेक आइपिएलमा खेलाडीले आफ्ना पूर्व टोलीहरूको सामना गर्दै आएका हुन्छन् । तर, यस सिजनमा दिल्ली र लखनउबीचको खेलमा पूर्व खेलाडीको भिडन्तलाई रोमाञ्चक रुपमा लिईएको […]
March 24, 2025
इन्डियन प्रिमियर लिग (आइपिएल) का टोलीहरु अक्सनका दौरान स्टार खेलाडीहरुमात्रै लगानी गर्दैनन् । गल्ली गल्लीमा पुगेर खोजेको प्रतिभालाई पनि स्थान दिन्छन् । सिनियर स्तरको खेल वा घरेलु क्रिकेट नै नखेलेका किन नहोस्, विश्वकै चर्चित र लोकप्रिय क्रिकेट लिग आइपिएलमा अनुभव भन्दापनि प्रतिभालाई प्राथमिकता दिइन्छ । यसले फ्रेन्चाइज टोलीको अक्सनमा मूल्य बचाउन ठूलो भूमिका खेल्दा क्षमता […]
March 23, 2025
एजेन्सी – मुम्बई इण्डियन्सलाई ४ विकेटले हराउँदै चेन्नई सुपर किंग्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा विजयी सुरुवात गरेको छ। चेन्नइको जितमा रुतुराज गाइक्वाड र रचिन रविन्द्रको अर्धशतक महत्वपूर्ण रहयो। जितको लागि १ सय ५६ रनको सहज लक्ष्य चेन्नईले १९.१ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो। ओपनर राहुल त्रिपाठी मात्र २ रनमा दीपक चाहरको बलमा आउट […]