default_image

6 years ago

April 12, 2019

रोहित शतकबाट चुक्दा नेपालको बलियो योगफल !

110 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली यू १९ टोलीका कप्तान रोहित कुमार पौडेलले आईसीसी यू१९ विश्वकप एक दिवसिय एसिया छनोटमा सिंगापुरविरुद्ध शतक प्रहार गर्नबाट थोरैले चुकेका छन् । रोहितले उत्कृष्ट ब्याटिङ गरेपछि नेपालले ४६.२ ओभरमा अलआउट हुनुअघि २ सय ८२ रन जोड्यो ।

मलेसियाको क्वालालाम्पुरमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले सिंगापुरलाई जितका लागि २ सय ८३ रनको लक्ष्य प्रस्तुत गरेको हो । नेपालका कप्तान रोहित कुमार पौडेल ९५ रन जोड्दै क्याचआउट भए । रोहितले १ सय ५ बलको सामना गर्दै ७ चौका र १ छक्का प्रहार गरे । उनी ४६ औं ओभरको पहिलो बलमा अथर्व गुनेको बलमा भेनुगोपालको हातबाट क्याचआउट भएका हुन् ।

रोहित आउट भएकै ओभरमा नेपालले थप २ विकेट गुमाउँदै अलआउट भएको हो । कमलसिंह ऐरी १८ बलमा १ चौका र ३ छक्कासहित ३१ रन जोड्दै कट बिहाईन्ड भए । सूर्य तामाङ पहिलो बलमै विकेट किपरको हातबाट समातिए ।

शीर्षक्रमले अपेक्षित प्रदर्शन गर्न नसक्दा सातौं विकेटका लागि रोहित र राशिद खानले ७७ रनको आक्रमक साझेदारी गर्दै नेपाललाई विशाल योगफल सम्म लगे । ४१ औं ओभरको चौथो बलमा रोहितसँग रनको तालमेल गर्न नसक्दा राशिद ४८ रन जोड्दै रनआउट भए । राशिदले ४७ बलमा ४ चौका र २ छक्का प्रहार गरे ।

ओपनर पवन सरार्फ अर्धशतक पुरा गर्न ३ रनले चुके । सरार्फले ५३ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ४७ रनमा आउट भए । सरार्फलाई १९ ओभरको तेस्रो बलमा अथर्व गुनेले सुदर्शनबाट क्याच गराए ।

नेपालले पहिलो विकेटका रुपमा दोस्रो ओभरको चौथो बलमा रित गौतमलाई गुमाएको थियो । रितलाई राहुल शर्माले १ रनमा विकेटकीपर अमन देसाईबाट क्याच गराए । दोस्रो विकेटका रुपमा आशिफ शेखलाई राहुललेनै देसाईबाट ८ रनमा क्याच गराउदै पेभिलिएन फर्काए ।

सुरुवाती दुई विकेट सस्तैमा गुमाएको नेपालले तेस्रो विकेटका लागि कप्तान रोहित कुमार पौडेलले र पवन सरार्फले ९० रनको साझेदारी गर्दै बलियो अवस्थामा पुर्याए । लगत्तै २० ओभरको दोस्रो बलमा सन्दीप जोरा डक आउट भए ।

भिम सार्कीले आक्रमक रुपमा ब्याटिङगर्दै १९ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै २६ रनमा आउट भए । कुशल मल्ल ७ बलमा समान १ छक्का र चौका प्रहार गर्दै १० रनमा पेभिलिएन फर्के । सिंगापुरका लागि अथर्व गुनेले ४, राहुल शर्मा र विनित मेहराले समान २-२ तथा सिंघवीले १ विकेट लिए ।

March 23, 2025

चेन्नईले मुम्बईलाई हरायो

एजेन्सी – मुम्बई इण्डियन्सलाई ४ विकेटले हराउँदै चेन्नई सुपर किंग्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा विजयी सुरुवात गरेको छ।‌ चेन्नइको जितमा रुतुराज गाइक्वाड र रचिन रविन्द्रको अर्धशतक महत्वपूर्ण रहयो। जितको लागि १ सय ५६ रनको सहज लक्ष्य चेन्नईले १९.१ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो। ओपनर राहुल त्रिपाठी मात्र २ रनमा दीपक चाहरको बलमा आउट […]

March 23, 2025

चेन्नईलाई सहज लक्ष्य

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इण्डियन्सले जितको लागि चेन्नई सुपर किङ्सलाई १ सय ५६ रनको सहज लक्ष्य दिएको छ। मुम्बईको ब्याटिङ प्रदर्शन अत्यन्त फितलो रहयो। टस जितेर चेन्नईले पहिले फिल्डिङ रोज्यो। मुम्बईले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५५ रन बनायो। कमजोर सुरुवात गरेको मुम्बईले पहिलो पावर प्लेमा ३ विकेट गुमाउँदै […]

March 23, 2025

आइपिएलमा सनराइजर्स हैदरावादको विजयी सुरुवात

एजेन्सी – सनराइजर्स हैदरावादले इन्डियन प्रिमियर लिग (आइपिएल) मा विजयी सुरुवात गरेको छ। हैदरावादको राजीव गांधी स्टेडियममा आज सनराइजर्सले राजस्थान रोयल्स लाई ४४ रनले पराजित गरेको हो। २ सय ८७ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ६ विकेक गुमाएर २ सय ४२ रन बनायो ।टोलीका लागि ध्रुव जुरेल र सन्जु साम्सनले अर्धशतक बनाए । जुरेलले ३५ […]

Success

Thank you for your time.