6 years ago
April 12, 2019
एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) को २५ औं खेलमा चेन्नई सुपर किंग्सले राजिस्थान रोयल्समाथि रोमान्चक जित हात पारेको छ । विहिवार राती सम्पन्न खेलमा चेन्नईले राजस्थानलाई ४ विकेटले पराजित गरेको छ ।
यो जितसँगै कप्तान महेन्द्र सिंह धोनी आईपीएलमा एक सय खेल जिताउने पहिलो कप्तान बनेका छन् । १ सय ५२ रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ५५ रन बनायो । चेन्नईलाई जितको लागि अन्तिम १२ बलमा ३० रन चाहिएको थियो । १९ औं ओभरमा जोफ्रा आर्चरले १२ रन मात्र दिएपछि चेन्नईलाई अन्तिम ओभरमा जितको लागि १८ रन चाहियो ।
पहिलो बलमै रविन्द्र जडेजाले स्टोक्सलाई छक्का प्रहार गरे । दोस्रो नो बल रहँदा अर्को बलमा २ रन जोडे । तेस्रो योर्कर बलमा धोनीलाई स्टोक्सले बोल्ड आउट गरेपछि खेल थप रोमान्चक मोडमा पुगेको थियो । चौथो बलमा एम्पारबीच नो बलको निर्णयमा असमझदारी हुँदा कप्तान धोनी अम्पायरसँग कुरा गर्न मैदान नै प्रवेश गरेका थिए । उक्त बलमा २ रन सम्भव भएको थियो । पाँचौ बलमा २ रन दिएपछि चेन्नईलाई जितको लागि अन्तिम बलमा चार रन चाहिएको थियो । अन्तिम बल वाइड रहँदा अर्को बलमा मिचेल सेन्टनरले स्टेटमा छक्का प्रहार गर्दै खेल जिताए ।
सेन्टनर १० र रविन्द्र जडेजा ९ रनमा अविजित रहे । चेन्नईका जितमा नायक बनेका कप्तान महेन्द्र सिंह धोनीले ४३ बलमा ३ छक्का र २ चौका प्रहार गर्दै ५८ रनमा आउट भए । कुनै समय २४-४ को कमजोर अवस्थामा पुगेको चेन्नईलाई पाँचौ विकेटका लागि कप्तान महेन्द्रसिंह धोनी र आम्बाती रायडुले पाँचौ विकेटका लागि ९५ रनको साझेदारी गर्दै जित तर्फ लम्काएका थिए ।
१८ ओभरको चौथो बलमा ठूलो शट खेल्ने धुनमा रायडु बाउन्ड्री नजिकै श्रेयस गोपालले क्याच आउट गरे । रायडुले ४७ बलमा ३ छक्का र २ चौका प्रहार गर्दै ५७ रनको महत्वपूर्ण योगदान दिए ।
चेन्नईको सुरुवात भने राम्रो हुन सकेन । पहिलो ओभरको चौथो बलमै धवन कुलकर्णीले ओपनर शेन वाटशनलाई शुन्यमा बोल्ड आउट गरे । दोस्रो ओभरको पाँचौ बलमा सुरेश रैना ४ रनमा रन आउट हुन पुगे । चौथो ओभरको अन्तिम बलमा जयदेव उनादकटले राहुल त्रिपाठ्ठीबाट फाडु प्लेसिसलाई क्याच गराउँदै ७ रनमा पेभिलिएन फर्काए । छैटौं ओभरको पाँचौ बलमा केदार जाधव १ रनमा क्याच आउट भएपछि चेन्नई २४-४ को कमजोर अवस्थामा पुगेको थियो । राजस्थानका लागि बेन स्ट्रोक्सले २, धवन कुलकर्णी, जोफ्रा आर्चर र जयदेव उनादकटले समान एक विकेट लिए ।
त्यस अघि घरेलु मैदान जयपुरमा टस हारेर पहिला ब्याटिङ थालेको राजस्थानले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ५१ रन बनाएको थियो । राजस्थानका लागि जोफ्रा आर्चर १३ र श्रेयस गोपाल १९ रनमा अविजित रहे ।
अन्तिम ओभरमा श्रेयस गोपालले समान १ चौका र छक्का साथै जोफ्रा आर्चरले १ चौका प्रहार सहित सार्दुल ठाकुरलाई १८ रन प्रहार गरेपछि राजिस्थानले मध्यम योगफल बनाउन सकेको हो ।बेन स्टोक्सले २६ बलमा १ चौका प्रहार गर्दै २८ रनमा बोल्ड आउट भए ।
जस बटलरले १० बलमा ४ चौका र १ छक्का प्रहार गर्दै २३, अजिंक्या रहाणे १४, स्टिभ स्मिथ १५, सन्जु स्यामसन ६, रियान पराग १६ र राहुल त्रिपाठ्ठी १० रनमा आउट भए । राजस्थानलाई सस्तैमा रोक्न चेन्नईका रविन्द्र जडेजा,सार्दुल ठाकुर,दिपक चाहरले समान २ तथा मिचेल सेन्टरले १ विकेट हात पारे ।
March 23, 2025
एजेन्सी – मुम्बई इण्डियन्सलाई ४ विकेटले हराउँदै चेन्नई सुपर किंग्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा विजयी सुरुवात गरेको छ। चेन्नइको जितमा रुतुराज गाइक्वाड र रचिन रविन्द्रको अर्धशतक महत्वपूर्ण रहयो। जितको लागि १ सय ५६ रनको सहज लक्ष्य चेन्नईले १९.१ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो। ओपनर राहुल त्रिपाठी मात्र २ रनमा दीपक चाहरको बलमा आउट […]
March 23, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इण्डियन्सले जितको लागि चेन्नई सुपर किङ्सलाई १ सय ५६ रनको सहज लक्ष्य दिएको छ। मुम्बईको ब्याटिङ प्रदर्शन अत्यन्त फितलो रहयो। टस जितेर चेन्नईले पहिले फिल्डिङ रोज्यो। मुम्बईले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५५ रन बनायो। कमजोर सुरुवात गरेको मुम्बईले पहिलो पावर प्लेमा ३ विकेट गुमाउँदै […]
March 23, 2025
एजेन्सी – सनराइजर्स हैदरावादले इन्डियन प्रिमियर लिग (आइपिएल) मा विजयी सुरुवात गरेको छ। हैदरावादको राजीव गांधी स्टेडियममा आज सनराइजर्सले राजस्थान रोयल्स लाई ४४ रनले पराजित गरेको हो। २ सय ८७ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ६ विकेक गुमाएर २ सय ४२ रन बनायो ।टोलीका लागि ध्रुव जुरेल र सन्जु साम्सनले अर्धशतक बनाए । जुरेलले ३५ […]