default_image

6 years ago

April 11, 2019

चेन्नईलाई मध्यम लक्ष्यसँगै धोनी कीर्तिमाननजिक

76 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग(आईपीएल) को २५ औं खेलमा राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई १ सय ५२ रनको मध्यम लक्ष्य दिएको छ ।

घरेलु मैदान जयपुरमा टस हारेर पहिला ब्याटिङ थालेको राजस्थानले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ५१ रन बनायो । राजस्थानका लागि जोफ्रा आर्चर १३ र श्रेयस गोपाल १९ रनमा अविजित रहे । अन्तिम ओभरमा श्रेयस गोपालले समान १ चौका र छक्का साथै जोफ्रा आर्चरले १ चौका प्रहार सहित सार्दुल ठाकुरलाई १८ रन प्रहार गरेपछि राजिस्थानले मध्यम योगफल बनाउन सकेको हो ।

बेन स्टोक्सले २६ बलमा १ चौका प्रहार गर्दै २८ रनमा बोल्ड आउट भए । जस बटलरले १० बलमा ४ चौका र १ छक्का प्रहार गर्दै २३, अजिंक्या रहाणे १४, स्टिभ स्मिथ १५, सन्जु स्यामसन ६, रियान पराग १६ र राहुल त्रिपाठ्ठी १० रनमा आउट भए ।

राजस्थानलाई सस्तैमा रोक्न चेन्नईका रविन्द्र जडेजा,सार्दुल ठाकुर,दिपक चाहरले समान २ तथा मिचेल सेन्टरले १ विकेट हात पारे । चेन्नईका कप्तान महेन्द्रसिंह धोनीले आजको खेल जिताउन सके आईपीएलमा १ सय खेल जिताउने पहिलो कप्तान बन्ने छन् ।

March 23, 2025

चेन्नईले मुम्बईलाई हरायो

एजेन्सी – मुम्बई इण्डियन्सलाई ४ विकेटले हराउँदै चेन्नई सुपर किंग्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा विजयी सुरुवात गरेको छ।‌ चेन्नइको जितमा रुतुराज गाइक्वाड र रचिन रविन्द्रको अर्धशतक महत्वपूर्ण रहयो। जितको लागि १ सय ५६ रनको सहज लक्ष्य चेन्नईले १९.१ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो। ओपनर राहुल त्रिपाठी मात्र २ रनमा दीपक चाहरको बलमा आउट […]

March 23, 2025

चेन्नईलाई सहज लक्ष्य

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इण्डियन्सले जितको लागि चेन्नई सुपर किङ्सलाई १ सय ५६ रनको सहज लक्ष्य दिएको छ। मुम्बईको ब्याटिङ प्रदर्शन अत्यन्त फितलो रहयो। टस जितेर चेन्नईले पहिले फिल्डिङ रोज्यो। मुम्बईले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५५ रन बनायो। कमजोर सुरुवात गरेको मुम्बईले पहिलो पावर प्लेमा ३ विकेट गुमाउँदै […]

March 23, 2025

आइपिएलमा सनराइजर्स हैदरावादको विजयी सुरुवात

एजेन्सी – सनराइजर्स हैदरावादले इन्डियन प्रिमियर लिग (आइपिएल) मा विजयी सुरुवात गरेको छ। हैदरावादको राजीव गांधी स्टेडियममा आज सनराइजर्सले राजस्थान रोयल्स लाई ४४ रनले पराजित गरेको हो। २ सय ८७ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ६ विकेक गुमाएर २ सय ४२ रन बनायो ।टोलीका लागि ध्रुव जुरेल र सन्जु साम्सनले अर्धशतक बनाए । जुरेलले ३५ […]

Success

Thank you for your time.