default_image

6 years ago

April 11, 2019

मातृभूमि कपका लागि कलाकारको तयारी

107 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – धुर्मुस- सुन्तली फाउन्डेसनद्धारा निमार्णधीन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निमार्ण सहयोगार्थ आयोजना गर्न लागेको मैत्रीपूर्ण क्रिकेट ‘मातृभूमि कप’ को तयारी अन्तिम चरणमा पुगेको छ । चैत ३० गते शनिबार कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा हुने खेलका लागि कलाकारको टोली पनि बिहीबार मैदान परिसरमा तयारीमा देखियो ।

शनिबार दुई खेल हुनेछन् । नेपाली राष्ट्रिय टिमका कप्तान पारस खड्का र उप कप्तान ज्ञानेन्द्र मल्लको टिमबीच आज मातृभूमि कप मैत्रीपूर्ण क्रिकेट हुनेछ । पारस खड्काले राष्ट्रिय टिम ‘ए’ र ज्ञानेन्द्र मल्लले राष्ट्रिय टिम ‘बी’ को कप्तानी गर्नेछन् । खेल अघिल्लो शनिबार हुने भनिएपनि वर्षाका कारण खेल स्थगित गरिएको थियो ।

मातृभूमि कप मैत्रीपूर्ण क्रिकेट अझ रोचक बनाउन दर्शकहरुको लागि कलाकार ‘ए’ र कलाकार ‘बी’ बीच पनि प्रतिस्पर्धा हुने कार्यक्रम रहेको छ । टोली ‘ए’ को कप्तानी मदनकृष्ण श्रेष्ठ र टोली ‘बी’ को हरिवंश आचार्यले कप्तानी गर्नेछन् । सहयोग रकम पनि संकलन होस् र दर्शकलाई पनि भार नपरोस् भन्ने उद्देश्यले टिकट मुल्य रु ३ सय र १ हजार राखिएको छ ।

कलाकारको तयारीमा नाम चलेका हस्तीहरुको उपस्थिति रहेको थियो । विशेषत: सिताराम कट्टेल ‘धुर्मुस’, दयाहाङ राई, निश्चल बस्नेत, कमलकान्त मैनाली, सत्यराज आचार्य, लगायत कलाकार खेलका लागि व्यग्र प्रतिक्षामा रहेको देखिन्थे ।

प्रशिक्षणका तस्विरहरु:

March 23, 2025

चेन्नईले मुम्बईलाई हरायो

एजेन्सी – मुम्बई इण्डियन्सलाई ४ विकेटले हराउँदै चेन्नई सुपर किंग्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा विजयी सुरुवात गरेको छ।‌ चेन्नइको जितमा रुतुराज गाइक्वाड र रचिन रविन्द्रको अर्धशतक महत्वपूर्ण रहयो। जितको लागि १ सय ५६ रनको सहज लक्ष्य चेन्नईले १९.१ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो। ओपनर राहुल त्रिपाठी मात्र २ रनमा दीपक चाहरको बलमा आउट […]

March 23, 2025

चेन्नईलाई सहज लक्ष्य

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इण्डियन्सले जितको लागि चेन्नई सुपर किङ्सलाई १ सय ५६ रनको सहज लक्ष्य दिएको छ। मुम्बईको ब्याटिङ प्रदर्शन अत्यन्त फितलो रहयो। टस जितेर चेन्नईले पहिले फिल्डिङ रोज्यो। मुम्बईले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५५ रन बनायो। कमजोर सुरुवात गरेको मुम्बईले पहिलो पावर प्लेमा ३ विकेट गुमाउँदै […]

March 23, 2025

आइपिएलमा सनराइजर्स हैदरावादको विजयी सुरुवात

एजेन्सी – सनराइजर्स हैदरावादले इन्डियन प्रिमियर लिग (आइपिएल) मा विजयी सुरुवात गरेको छ। हैदरावादको राजीव गांधी स्टेडियममा आज सनराइजर्सले राजस्थान रोयल्स लाई ४४ रनले पराजित गरेको हो। २ सय ८७ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ६ विकेक गुमाएर २ सय ४२ रन बनायो ।टोलीका लागि ध्रुव जुरेल र सन्जु साम्सनले अर्धशतक बनाए । जुरेलले ३५ […]

Success

Thank you for your time.