default_image

6 years ago

April 10, 2019

विश्वकप जिताउन नसकेका ४ स्टार कप्तानहरु

84 views

0 Bookmark

एजेन्सी – विश्वकप क्रिकेटकै सर्वाधिक लोकप्रिय र प्रतिष्ठीत प्रतियोगिता हो । पहिलो वान डे विश्वकप सन् १९७५ मा इंग्ल्यान्डमा भएको थियो । हालसम्म ११ औं संस्करण सम्मको विश्वकप सकिँदा कुल २० देशले विश्वकप खेलेका छन् । जसमा ५ देशले मात्र विश्वकपको ट्रफी उचालेका छन् ।

सर्वाधिक सफल अष्ट्रेलियाले ५ पटक विश्वकप जित्दा वेस्ट इन्डिज र भारतले समान २-२ पटक जितेका छन् । त्यस्तै श्रीलंका र पाकिस्तानले पनि एक पटक विश्वकपको ट्रफी उचाल्न सफल भएका छन् । १२ औं संस्करणको वान डे विश्वकप आगमी मे ३० देखी इंग्ल्यान्ड वेल्समा संयुक्त रुपमा आयोजना हुँदैछ ।

हरेक क्रिकेट खेलाडी आफ्नो देशबाट विश्वकप खेल्ने सपना राखेका हुन्छन् । स्टार खेलाडीले त विश्वकप खेल्ने मात्र होइन विश्वकपनै जिताउने सपना राख्नुका साथै समर्थकले पनि त्यो आसा गरेका हुन्छन् । तर क्रिकेट जीवनमा उत्कृष्ट प्रर्दशन गर्दै विश्वमा ख्याती कमाएका तर विश्वकप जिताउन नसकेका ४ कप्तानहरु यसप्रकार छन् :

सौरव गांगुली (भारत)

सौरव गांगुली भारतीय क्रिकेट इतिहासमा एक सफल कप्तानका रुपमा चिनिन्छन् । भारतलाई अहिलेको यो अवस्थामा ल्याउन उनको योगदान निकै महत्वपूर्ण छ । गांगुलीले आफ्नो वान डे करियरमा सन् १९९९, २००३ र २००७ गरि तीन विश्वकप खेलेका थिए । सन् २००३ मा विश्वकपमा गांगुली भारतको कप्तान थिए । सन् २००३ मा भारतलाई विश्वकपको फाइनलसम्म पुर्याएपनि उपाधि भने जिताउन सकेनन् । गांगुलीले भारतीय वान डे टिमबाट ३ सय ११ खेलमा ४०.७३ को औसतमा कुल ११ हजार ३ सय ६३ रन बनाउनुको साथै १ सय विकेट आफ्नो नाममा लेखाएका छन् । जसमा २२ शतक र ७२ अर्ध शतक सामेल छ ।

राहुल द्रविड (भारत)

भारतीय टिमका पूर्व कप्तान राहुल द्रविड पनि आफ्नो जमानाका स्टार खेलाडी हुन् । द्रविडले सन् १९९९, २००३ र २००७ मा गरि भारतबाट तीन विश्वकप खेलेका थिए । राहुलले सन् २००७ को विश्वकपमा कप्तानी गर्दा भारत समुह चरणबाटै बाहिरिएको थियो । राहुलले भारतीय टिमबाट ३ सय ४४ वान डे खेलमा ३९.१७ को औसतमा कुल १० हजार ८ सय ८९ रन बनाएका छन् । जसमा १२ शतक र ८३ अर्ध शतक सामेल छ । राहुलले आफ्नो कप्तानीमा विश्वकप जिताउन नसकेपनि आफ्नो प्रशिक्षकमा सन् २०१८ मा भारतीय यू१९ क्रिकेट टोलीलाई विश्वकप दिलाउन भने सफल भएका छन् ।

एबी डी भिलियर्स (दक्षिण अफ्रिका)

३ सय ६० डिग्रीको उप नाम पाएका डी भिलियर्स विश्वकै विष्फोटक ब्याट्सम्यान भित्र पर्ने गर्दछन् । ठूला सट प्रहार गर्न माहिर डी भिलियर्सको नाममा वान डे क्रिकेटमा सर्वाधिक छिटो शतक प्रहार गर्ने विश्व रेकर्ड पनि छ ।

यसबाहेक विश्व क्रिकेटमा ब्याटिङतर्फ उनले अन्य कीर्तिमान पनि बनेका छन् । तर डी भिलियर्सले आफ्नो कप्तानी र क्रिकेट करियरमा दक्षिण अफ्रिकालाई विश्वकप भने जिताउन सकेनन् । उनले दक्षिण अफ्रिकाबाट २००७, २०११ र २०१५ मा विश्वकप खेलेका थिए । डी भिलियर्सले सन् २०१५ को विश्वकपमा कप्तानी समेत गरे ।

डी भिलियर्सले गत वर्ष एक्कासी सन्न्यासको घोषणा गर्दै विश्व क्रिकेटलाईनै चकित पारेका थिए । डी भिलियर्सले दक्षिण अफ्रिकाबाट २ सय २८ खेलमा ५३.५ को औसतमा कुल ९ हजार ५ सय ७७ रन बनाएका छन् । जसमा २५ शतक र ५३ अर्ध शतक सामेल छ ।

ब्रायन लारा (वेस्ट इन्डिज)

वेस्ट इन्डिजका पुर्व कप्तान समेत रहेका ब्रायन लारा विश्वकै सफल र उत्कृष्ट ब्याट्सम्यानले चिनिन्छन् । सन् १९९२ देखी सन् २००७ गरि ५ विश्वकप खेलेका लाराले सन् १९९९ मा वेस्ट इन्डिजको कप्तानी समेत गरेका थिए । तर उनले आफ्नो कप्तानीमा विश्वकप भने जिताउन सकेनन् । लाराले वेस्ट इन्डिजबाट २ सय ९९ खेलमा ४०.१७ को औसतमा कुल १० हजार ४ सय १० रन बनाएका छन् । जसमा १९ शतक र ६३ अर्ध शतक सामेल छ ।

March 22, 2025

कोलकातालाई हराउँदै बेंगलुरुको सानदार सुरुवात

एजेन्सी – रोयल च्यालेन्जर्स बेंगलुरुले इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को पहिलो खेलमा साविक विजेता कोलकाता नाइटराइडर्सलाई हराउँदै सानदार सुरुवात गरेको छ । कोलकाताको घरेलु मैदानमा शनिवार भएको खेलमा बेंगलुरुले ७ विकेटको जित हासिल गरेको हो । १ सय ७५ रनको लक्ष्य बेंगलुरुले १६.२ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । बेंगलुरुको जितमा विराट कोहलीले […]

March 22, 2025

मध्यक्रम नचल्दा कोलकाताको मध्यम योगफल

एजेन्सी – मध्येक्रमको ब्याटर चल्न नसक्दा इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ को पहिलो खेलमा कोलकाता नाइटराइडर्सले मध्यम योगफल तयार गरेको छ । घरेलु मैदानमा जारी खेलमा कोलकाताले रोयल च्यालेन्जर्स बेंगलुरुलाई १ सय ७५ रनको लक्ष्य प्रस्तुत गरेको हो । इडन गार्डेनमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ७४ […]

March 22, 2025

आइपिएल – उद्घाटन खेल वर्षाले प्रभावित हुने सम्भावना

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेंगलुरुबीच हुने उद्घाटन खेल वर्षाले प्रभावित पार्ने अनुमान गरिएको छ । कोलकातामा वर्षा भएकाले कारण खेल हुनेमा शंका उत्पन्न भएको हो । तर, मध्याह्नतिर, घाम लागेकोले खेल हुनेमा केही आशा कायमै राखेको छ । यद्यपि, दिनको अधिकांश समय बादल मडारिएको र […]

Success

Thank you for your time.