6 years ago
April 10, 2019
एजेन्सी – ईन्डियन प्रिमियर लिग (आईपीएल) को २४ औं खेलमा आज किंग्स इलाभेन पन्जाब र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार बेलुका ८ : १५ देखी मुम्बईको घरेलु मैदान वानखडेमा हुनेछ ।
यसअघि पन्जाबको घरेलु मैदानमा मुम्बई ८ विकेटले पराजित भएको थियो । पन्जाब पाँचौ जित निकाल्दै प्लेअफ समिकरण बलियो बनाउने सोचमा छ । मुम्बईलाई पनि अघिल्लो चरणको यात्रा बलियो बनाउन आजको खेल जित्नुपर्ने दवाव छ । पन्जाव ६ खेलमा ४ मा जित र २ मा हारका साथ ८ अंक जोड्दै अंक तालिकामा तेस्रो रहँदा ५ खेलमा ३ मा जित र २ मा हारका साथ मुम्बई अंक तालिकामा पाँचौ स्थानमा छ ।
मुम्बईका कप्तान रोहित शर्माले आशा गरेअनुसार प्रर्दशन गर्न सकिरहेका छैनन् । रोहितले जारी आईपीएलमा क्रमश : १४, ४८, ३२, ११ र १३ रनमा आउट भएका छन् । मुम्बईका कप्तान र शीर्षक्रमका ब्याट्सम्यान रोहित चल्न नसक्दा अन्य ब्याट्सम्यानमा पनि केहि दवाव परेको देखिन्छ ।
मुम्बईका क्विन्टन डी कक, सूर्यकुमार यादवले औसत प्रर्दशन र हार्दिक पान्ड्याले उत्कृष्ट फिनिसिङ गर्दै आएका छन् । त्यस्तै हैदरावादविरुद्ध डेब्यू खेलमै ६ विकेट लिदै कीर्तिमान बनाएका अल्जारी जोशेफ, जसप्रित बुमराह,र क्रुनाल पान्ड्या बलिङका मुख्य हतियार हुन् ।
पन्जाबले पछिल्लो खेलहरुमा उत्कृष्ट प्रर्दशन गरिरहेको छ । ओपनर के एल राहुलले ६ खेलमा ३ अर्धशतक प्रहार गर्दै ले देखाएका छन् । त्यस्तै मयंक अग्रवालले पनि औसत प्रर्दशन गर्दा स्याम करनले अलराउन्ड प्रदर्शन गर्दा रविचन्द्र आश्विन, मुजिव उर रहमान र मोहम्मद शामीले निरन्तर विकेट लिइरहेका छन् ।
April 10, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) को २४ औं खेलमा आज रोयल च्यालेञ्जर्स बेंगलुरु (आरसिबी) र दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समयअनुसार साँझ ७:४५ बजे सुरु हुनेछ।दिल्लीले ३ खेलमा शतप्रतिशत नतिजा निकालेको छ। दिल्ली ६ अंक सहित अंक तालिकाको दोस्रो स्थानमा रहेको छ। दिल्ली लगातार चौंथो जित निकाल्ने दाउमा रहनेछ। यो सिजन सानदार सुरुवात […]
April 10, 2025
काठमाडौं (हाम्रो खेलकुद) – ओपनर कुशल भुर्तेलको सानदार प्रदर्शनसँगै नेपालले हङकङमा जारी चार देश सम्मिलित टि२० सिरिजमा कुवेतलाई ६ विकेटले पराजित गरेको छ । मिसन रोड मैदानमा कुवेतले प्रस्तुत गरेको १ सय ८६ रनको लक्ष्य नेपालले १९ औं ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपाल लगातार दोस्रो जितसँगै प्रतियोगिताको फाइनलमा पुग्ने सम्भावना बलियो भएको […]
April 10, 2025
काठमाडौं (हाम्रो खेलकुद) – हङकङमा जारी चार देश सम्मिलित टि२० सिरिजको दोस्रो खेलमा कुवेतले नेपाललाई १ सय ८६ रनको बलियो लक्ष्य दिएको छ । टस जितेर पहिलो बलिङ रोजेको नेपालविरुद्ध कुवेतले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ८५ रन बनायो । ओपनर रविजा सान्दारुवानले १५ बलमा २ चौका र १ छक्कासहित २६ रन जोड्दै […]