6 years ago
April 9, 2019
एजेन्सी – इन्डियन प्रिमियर लिग(आईपीएल) को २३ औं खेलमा कोलकता नाइट राइडर्सले चेन्नई सुपर किंग्सलाई १ सय ९ रनको सामान्य लक्ष्य दिएको छ ।
चेन्नईको घरेलु मैदान एमए चिदम्बरम स्टेडियमा टस हारेर ब्याटिङ थालेको कोलकताले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ८ रन बनायो । कोलकताका लागि आन्द्रे रसेलले ४४ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै ५० रनमा अविजित रहे । अन्य कुनै पनि ब्याट्सम्यानले सम्झन योग्य प्रर्दशन गर्न सकेनन् । रसेलले अन्तिम ओभरमा स्कर्ट कुग्गेलेजइनलाई २ चौका र १ छक्का प्रहार गर्दै कुल १५ रन बटुले ।
कुनै समय ४७–६ को कमजोर अवस्थामा पुगेको कोलकतालाई आन्द्रे रसेल र पियुष चवलाले २९ रनको साझेदारी गर्दै उद्धार गर्न खोजेका थिए । तर १६ ओभरको तेस्रो बलमा चवलालाई ८ हरभजन सिंहले महेन्द्रसिंह धोनीबाट स्टिमपिङ आउट गरेपछि कोलकता सस्तैमा समेटिएको हो । रसेलले एकतर्फबाट रन जोड्दा अर्कोतर्फबाट निरन्तर विकेट गुमि रह्यो ।
कोलकताले सुरुवात देखिनै खराव प्रर्दशन गर्यो । पहिलो ओभरको अन्तिम बलमा दिपक चाहरले क्रिस लिनलाई शून्यमा एलवी डब्लू आउट गरे । लगत्तै दोस्रो ओभरको पाँचौ बलमा हरभजन सिंहले सुनिल नारायणलाई ६ रनमा चाहरबाट क्याच आउट गराए । तेस्रो ओभरको तेस्रो बलमा चाहरले आम्बाती रायडूबाट क्याच गराउँदै नितेश रानालाई शून्यमा पेभिलिएन फर्काए । पाँचौ ओभरको चौथो बलमा चाहरले रबिन उथाप्पालाई केदार जाधवबाट ११ रनमा आउट गरेपछि कोलकता २४–४ को कमजोर अवस्थामा पुग्यो ।
इमरान ताहिरले नवौं ओभरको चौथो बलमा कप्तान दिनेश कार्तिकलाई १९ रन र ११ ओभरको पहिलो बलमा सुभमन गिलाई ९ रनमा आउट गरेपछि ४७–६ को कमजोर अवस्थामा पुग्दै एक सय रन बनाउन पनि मुश्किल पर्ने कमजोर अवस्थामा पुगेको थियो । कोलकताको निरन्तर विकेट गुम्ने शिलशिला जारी रह्यो । कुनै पनि ब्याट्सम्यानले मैदानमा टिकेर रन बनाउन सकेनन् ।
कोलकतालाई सस्तैमा समेट्न चेन्नईका दिपक चाहरले ४ ओभरमा २० रन खर्चेर ३ विकेट लिए । इमरान ताहिरले ४ ओभरमा २१ रन खर्चेर २ विकेट लिए । हरभजन सिंहले ४ ओभरमा १५ रन खर्चेर २ विकेट र रविन्द्र जेडेजाको नाममा १ विकेट रह्यो ।
March 22, 2025
एजेन्सी – रोयल च्यालेन्जर्स बेंगलुरुले इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को पहिलो खेलमा साविक विजेता कोलकाता नाइटराइडर्सलाई हराउँदै सानदार सुरुवात गरेको छ । कोलकाताको घरेलु मैदानमा शनिवार भएको खेलमा बेंगलुरुले ७ विकेटको जित हासिल गरेको हो । १ सय ७५ रनको लक्ष्य बेंगलुरुले १६.२ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । बेंगलुरुको जितमा विराट कोहलीले […]
March 22, 2025
एजेन्सी – मध्येक्रमको ब्याटर चल्न नसक्दा इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ को पहिलो खेलमा कोलकाता नाइटराइडर्सले मध्यम योगफल तयार गरेको छ । घरेलु मैदानमा जारी खेलमा कोलकाताले रोयल च्यालेन्जर्स बेंगलुरुलाई १ सय ७५ रनको लक्ष्य प्रस्तुत गरेको हो । इडन गार्डेनमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ७४ […]
March 22, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेंगलुरुबीच हुने उद्घाटन खेल वर्षाले प्रभावित पार्ने अनुमान गरिएको छ । कोलकातामा वर्षा भएकाले कारण खेल हुनेमा शंका उत्पन्न भएको हो । तर, मध्याह्नतिर, घाम लागेकोले खेल हुनेमा केही आशा कायमै राखेको छ । यद्यपि, दिनको अधिकांश समय बादल मडारिएको र […]