6 years ago
April 9, 2019
एजेन्सी – इन्डियन प्रिमियर लिग(आईपीएल) भारतका विभिन्न शहरमा जारी छ । मार्च २३ देखि सुरु भएको खेलमा २२ खेल सकिँदा ६ खेल खेलेको रोयल च्यालेन्जर्स बेंगलोर भने जितविहिन छ ।
लगातार हारसँगै भारतीय टिमका कप्तान समेत रहेका विराट कोहलीको चर्को आलोचना भई रहेको छ । धेरैले कोहलीले बेंगलोरको कप्तानी छोड्नु पर्नेतर्क राखेका छन् ।
यसै क्रममा इंग्ल्यान्डका पुर्व कप्तान माइकल वाँनले कोहलीलाई आईपीएल नखेल्न आग्रह गरेका छन् । माइकलले ट्वीट गर्दै भनेका छन् , ‘भारत होसियार छ भने अब विराट कोहलीलाई विश्वकप अघि आराम दिन आवश्क छ । ठूलो प्रतियोगिता अर्थात विश्वकप अघि कोहलीलाई थोरै आराम गर्ने समय मिल्ने छ । ‘
आईपीएल सकिएको १५ दिनपछि इंग्ल्यान्डमा विश्वकप सुरु हुने छ । यो प्रर्दशन र नतिजाले विश्वकपमा भारतलाई ठूलो असर पर्नसक्ने समर्थकहरुले पनि चिन्ता ब्यक्त गरिरहेका छन् । एक समर्थक गौरव आस्थीले ट्वीट गर्दै लेखेका छन् ‘विराट कोहलीले आसीबीको कप्तानी छोड्नुपर्छ । यसले विराट र आरसीबी दुबैलाई फाइदा पुग्ने छ ।’
त्यस्तै भारतीय टिमका पुर्व ओपनर ब्याट्सम्यान समेत रहेका गौतम गम्भीर भनेका छन् , ‘विराटले कप्तानीको रुपमा लामो यात्रा तय गर्न बाँकी छ । तर उनिमा कुशल कप्तानको गुण भने देखिदैन । आईपीएलको उपाधि जिताउन नसक्ने कप्तानले कसरी विश्वकप जिताउन सक्लान् भन्ने मलाई चिन्ता ।’
बेंगलोरले हाल सम्म आईपीएलको उपाधि जित्न सकेको छैन । जारी सिजनमा लगातार ६ खेलमा पराजित भएको बेंगलोरको अघिल्लो चरण यात्रा कठिन देखिन्छ । बेंगलोरले प्ले अफको लागि बाँकी सबै खेल जित्नै पर्ने हुन्छ । बेंगलोरले आफ्नो सातौं खेल अप्रिल १३ मा किंग्स इलाभेन पन्जावसँग चण्ढीगणमा खेल्ने छ ।
April 10, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) को २४ औं खेलमा आज रोयल च्यालेञ्जर्स बेंगलुरु (आरसिबी) र दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समयअनुसार साँझ ७:४५ बजे सुरु हुनेछ।दिल्लीले ३ खेलमा शतप्रतिशत नतिजा निकालेको छ। दिल्ली ६ अंक सहित अंक तालिकाको दोस्रो स्थानमा रहेको छ। दिल्ली लगातार चौंथो जित निकाल्ने दाउमा रहनेछ। यो सिजन सानदार सुरुवात […]
April 10, 2025
काठमाडौं (हाम्रो खेलकुद) – ओपनर कुशल भुर्तेलको सानदार प्रदर्शनसँगै नेपालले हङकङमा जारी चार देश सम्मिलित टि२० सिरिजमा कुवेतलाई ६ विकेटले पराजित गरेको छ । मिसन रोड मैदानमा कुवेतले प्रस्तुत गरेको १ सय ८६ रनको लक्ष्य नेपालले १९ औं ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपाल लगातार दोस्रो जितसँगै प्रतियोगिताको फाइनलमा पुग्ने सम्भावना बलियो भएको […]
April 10, 2025
काठमाडौं (हाम्रो खेलकुद) – हङकङमा जारी चार देश सम्मिलित टि२० सिरिजको दोस्रो खेलमा कुवेतले नेपाललाई १ सय ८६ रनको बलियो लक्ष्य दिएको छ । टस जितेर पहिलो बलिङ रोजेको नेपालविरुद्ध कुवेतले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ८५ रन बनायो । ओपनर रविजा सान्दारुवानले १५ बलमा २ चौका र १ छक्कासहित २६ रन जोड्दै […]