6 years ago
April 9, 2019
एजेन्सी – ओपनर के एल राहुलले सानदार अर्धशतक प्रहार गरेपछि इन्डियन प्रिमियर लिग(आईपीएल) मा किंग्स इलाभेन पन्जावले सनराइजर्स हैदरावादलाई हराएको छ । सोमबार राती सम्पन्न खेलमा ६ विकेटको जितसँगै पन्जाव अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ ।
१ सय ५१ रनको विजयी लक्ष्य पछ्याएको पन्जावले एक बल अगाडी ४ विकेटको क्षतिमा पुरा गर्यो । पन्जावलाई जितको लागि अन्तिम ओभरमा ११ रन चाहिएको थियो । मोहम्मद नाबीले सुरुवाती दुई बलमा २-२ रन दिए । तेस्रो बलमा १ रन दिए । चौथो बलमा राहुलले चौका हान्दै जिततर्फ उन्मुख बनाए । पाँचौ बलमा २ रन लिदै राहुलले खेल जिताए । पन्जावको जितमा नायक बनेका राहुल ५३ बलमा ७ चौका र १ छक्का प्रहार गर्दै ७१ रनमा अविजित रहे ।
राहुलले मयंक अग्रवालसँग दोस्रो विकेटका लागि १ सय १४ रनको शतकीय साझेदारी गर्दै सहज जित तर्फ बढाएका थिए । यी दुईबीचको साझेदारी १८ ओभरको पहिलो बलमा टुटेको थियो । सन्दीप शर्माले विजय शंकरबाट क्याच गराउँदै अग्रवाललाई ५५ रनमा आउट गरे । अग्रवालले ४३ बलमा समान ३ चौका र छक्का प्रहार गरे ।
अग्रवाल आउट भएसँगै डेविड मिलर १ र मन्दीप सिंह २ रनमा आउट हुँदा खेल रोमान्चक मोडमा पुगेको थियो । साम करन ५ रनमा नट आउट रहे । क्रिस गेल १६ रनमा आउट भए । हैदरावादका लागि सन्दीप शर्माले २, सिद्धार्थ कौल र राशिद खानले समान १ विकेट लिए ।
त्यसअघि पन्जावको घरेलु मैदान मोहालीमा टस हारेर ब्याटिङको निम्तो पाएको हैदरावादले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ५० रन बनायो । हैदरावादका लागि ओपनर डेविड वार्नरले ६२ बलमा ६ चौका र १ छक्का प्रहार गर्दै ७० रनमा अविजित रहे पनि त्यो जितको लागि प्राप्त रहेन । सुरुवाती समय निकै सुस्त गतिमा रन जोडेका वार्नरले अन्तिम ५ ओभरमा आक्रमक रुपमा रन जोड्दै सम्मानजकन योगफल सम्म पुयाए । वार्नर १५ ओभर सम्म रन बन्दा बढि बलको सामना गरेका थिए ।
आक्रमण ब्याटिङ गर्ने शैली भएका वार्नर आजको खेलमा खुलेर खेल्न सकि रहेका थिएनन् । सुस्त गतिमा रन जोडेको हैदरावादले सुरुवाती १० ओभरमा ५० रन बनाउन १ विकेट गुमाउदै कमजोर अवस्थामा रहेको थियो । दोस्रो ओभरको चौथो बलमा मुजिव उर रहमानले ओपनर जोनी बेयरस्टोलाई १ रनमा क्याच आउट गराएपछि हैदरावाद दवावमा परेको थियो ।
११ ओभरको चौथो बलमा रविचन्द्र आश्विनले के एल राहुलबाट क्याच गराउँदै विजय शंकरलाई २६ रनमा पेभिलिएन फर्काए । १४ ओभरको दोस्रो बलमा मोहम्मद नाबीलाई आश्विनले १२ रनमा रन आउट गरे । नाबी आउट भएपछि मैदान उत्रेका मनिष पान्डेले १५ बलमा २ चौका प्रहार गर्दै १९ रनको योगदान दिए ।
दीपक हुड्डाले अन्तिम ओभरमा मोहम्द शामीलाई चौथो,पाँचौ बलमा चौका र अन्तिम बलमा छक्का हान्दै कुल १५ रन जोडे । हुड्डा १४ रनमा अविजित रहे । पन्जावका लागि कप्तान रविचन्द्र आश्विन,मोहम्मद शामी र मुजिब उर रहमानले समान एक विकेट लिए ।
यो जितसँगै पन्जाव ६ खेलमा ४ मा जित र २ मा हारका साथ तेस्रो स्थानमा उक्लिएको छ । कोलकता ५ खेलमा ४ खेलमा जित र १ मा हारका साथ शीर्ष स्थानमा हुँदा चेन्नई समान खेलबाट समान जित र हारका साथ नेट रन रेटका आधार कोलकता भन्दा पछि पर्दै दोस्रो स्थानमा रहेको छ ।
March 22, 2025
एजेन्सी – रोयल च्यालेन्जर्स बेंगलुरुले इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को पहिलो खेलमा साविक विजेता कोलकाता नाइटराइडर्सलाई हराउँदै सानदार सुरुवात गरेको छ । कोलकाताको घरेलु मैदानमा शनिवार भएको खेलमा बेंगलुरुले ७ विकेटको जित हासिल गरेको हो । १ सय ७५ रनको लक्ष्य बेंगलुरुले १६.२ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । बेंगलुरुको जितमा विराट कोहलीले […]
March 22, 2025
एजेन्सी – मध्येक्रमको ब्याटर चल्न नसक्दा इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ को पहिलो खेलमा कोलकाता नाइटराइडर्सले मध्यम योगफल तयार गरेको छ । घरेलु मैदानमा जारी खेलमा कोलकाताले रोयल च्यालेन्जर्स बेंगलुरुलाई १ सय ७५ रनको लक्ष्य प्रस्तुत गरेको हो । इडन गार्डेनमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ७४ […]
March 22, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेंगलुरुबीच हुने उद्घाटन खेल वर्षाले प्रभावित पार्ने अनुमान गरिएको छ । कोलकातामा वर्षा भएकाले कारण खेल हुनेमा शंका उत्पन्न भएको हो । तर, मध्याह्नतिर, घाम लागेकोले खेल हुनेमा केही आशा कायमै राखेको छ । यद्यपि, दिनको अधिकांश समय बादल मडारिएको र […]