default_image

6 years ago

April 8, 2019

वार्नरको अर्धशतकसँगै पन्जाबलाई मध्यम लक्ष्य

96 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग(आईपीएल) को २२ औं खेलमा सनराइजर्स हैदरावादले किंग्स इलाभेन पन्जावलाई १ सय ५१ रनको मध्यम लक्ष्य दिएको छ ।

पन्जावको घरेलु मैदान मोहालीमा टस हारेर ब्याटिङको निम्तो पाएको हैदरावादले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ५० रन बनायो । हैदरावादका लागि ओपनर डेविड वार्नरले ६२ बलमा ६ चौका र १ छक्का प्रहार गर्दै ७० रनमा अविजित रहे । सुरुवाती समय निकै सुस्त गतिमा रन जोडेका वार्नरले अन्तिम ५ ओभरमा आक्रमक रुपमा रन जोड्दै सम्मानजकन योगफल सम्म पुयाए । वार्नर १५ ओभर सम्म रन बन्दा बढि बलको सामना गरेका थिए ।

आक्रमण ब्याटिङ गर्ने शैली भएका वार्नर आजको खेलमा खुलेर खेल्न सकि रहेका थिएनन् । सुस्त गतिमा रन जोडेको हैदरावादले सुरुवाती १० ओभरमा ५० रन बनाउन १ विकेट गुमाउदै कमजोर अवस्थामा रहेको थियो । दोस्रो ओभरको चौथो बलमा मुजिव उर रहमानले ओपनर जोनी बेयरस्टोलाई १ रनमा क्याच आउट गराएपछि हैदरावाद दवावमा परेको थियो ।

११ ओभरको चौथो बलमा रविचन्द्र आश्विनले के एल राहुलबाट क्याच गराउँदै विजय शंकरलाई २६ रनमा पेभिलिएन फर्काए । १४ ओभरको दोस्रो बलमा मोहम्मद नाबीलाई आश्विनले १२ रनमा रन आउट गरे । नाबी आउट भएपछि मैदान उत्रेका मनिष पान्डेले १५ बलमा २ चौका प्रहार गर्दै १९ रनको योगदान दिए ।

दीपक हुड्डाले अन्तिम ओभरमा मोहम्द शामीलाई चौथो,पाँचौ बलमा चौका र अन्तिम बलमा छक्का हान्दै कुल १५ रन जोडे । हुड्डा १४ रनमा अविजित रहे । पन्जावका लागि कप्तान रविचन्द्र आश्विन,मोहम्मद शामी र मुजिब उर रहमानले समान एक विकेट लिए ।

March 22, 2025

कोलकातालाई हराउँदै बेंगलुरुको सानदार सुरुवात

एजेन्सी – रोयल च्यालेन्जर्स बेंगलुरुले इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को पहिलो खेलमा साविक विजेता कोलकाता नाइटराइडर्सलाई हराउँदै सानदार सुरुवात गरेको छ । कोलकाताको घरेलु मैदानमा शनिवार भएको खेलमा बेंगलुरुले ७ विकेटको जित हासिल गरेको हो । १ सय ७५ रनको लक्ष्य बेंगलुरुले १६.२ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । बेंगलुरुको जितमा विराट कोहलीले […]

March 22, 2025

मध्यक्रम नचल्दा कोलकाताको मध्यम योगफल

एजेन्सी – मध्येक्रमको ब्याटर चल्न नसक्दा इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ को पहिलो खेलमा कोलकाता नाइटराइडर्सले मध्यम योगफल तयार गरेको छ । घरेलु मैदानमा जारी खेलमा कोलकाताले रोयल च्यालेन्जर्स बेंगलुरुलाई १ सय ७५ रनको लक्ष्य प्रस्तुत गरेको हो । इडन गार्डेनमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ७४ […]

March 22, 2025

आइपिएल – उद्घाटन खेल वर्षाले प्रभावित हुने सम्भावना

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेंगलुरुबीच हुने उद्घाटन खेल वर्षाले प्रभावित पार्ने अनुमान गरिएको छ । कोलकातामा वर्षा भएकाले कारण खेल हुनेमा शंका उत्पन्न भएको हो । तर, मध्याह्नतिर, घाम लागेकोले खेल हुनेमा केही आशा कायमै राखेको छ । यद्यपि, दिनको अधिकांश समय बादल मडारिएको र […]

Success

Thank you for your time.