6 years ago
April 8, 2019
एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने यतिबेला इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्न दिल्लीमा व्यस्त छन् ।
दिल्ली क्यापिटल्सबाट आईपीएलमा प्रतिनिधित्व गरि रहेका सन्दीपले सुरुवाती ४ खेलमा औसत प्रर्दशन गरेका छन् । यसै क्रममा सन्दीपले १८ वर्षको उमेरमै टी२० क्रिकेटमा ५० विकेट पुरा गरेका छन् । सन्दीपले ४० टी ट्वान्टी एस खेलमा ५० विकेट पुरा गर्न सफल भएका हुन् ।
आइतबार बेलुका आईपीएलको २० औं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरका मोइन अलीलाई आउट गर्दै सन्दीपले यो सफलता हात पारेका हुन् । सन्दीपले ५० विकेट पुरा गरेपछि दिल्ली क्यापिटल्ससँग कुरा गर्दै भने, ‘एक वर्षको क्रिकेट यात्रा उत्कृष्ट रह्यो । एक वर्षमा ५० विकेट लिनु अद्धभुत हो । अझैं लामो यात्रा तय गर्न बाँकी छ ।’
‘सम्रगमा मलाई लाग्छ बेंगलोरसँगको खेल राम्रो भयो । कागिसो रबाडाको प्रर्दशन उत्कृष्ट थियो । मेरो अन्तिम ओभर भने धेरै खराब रह्यो तर राम्रो सोचको आवश्यक छ । टिमको जितमा धेरै खुसी लागेको छ । प्लेअफ पुग्न हाम्रा लागि हरेक खेल महत्वपूर्ण छन्,’ सन्दीपले भने ।
सुरुवाती २ खेलमा बेन्चमा बसेका सन्दीपले जारी आईपीएलमा ४ खेलमा ५ विकेट लिएका छन् । दिल्लीले ६ खेलमा ३ मा जित र ३ मा हारका साथ ६ अंक जोड्दै अंक तालिकामा पाँचौ स्थानमा छ । दिल्लीले आफ्नो सातौं खेल आगमी १२ अप्रिलमा कोलकता नाइट राइर्डसँग खेल्ने छ ।
March 22, 2025
एजेन्सी – रोयल च्यालेन्जर्स बेंगलुरुले इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को पहिलो खेलमा साविक विजेता कोलकाता नाइटराइडर्सलाई हराउँदै सानदार सुरुवात गरेको छ । कोलकाताको घरेलु मैदानमा शनिवार भएको खेलमा बेंगलुरुले ७ विकेटको जित हासिल गरेको हो । १ सय ७५ रनको लक्ष्य बेंगलुरुले १६.२ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । बेंगलुरुको जितमा विराट कोहलीले […]
March 22, 2025
एजेन्सी – मध्येक्रमको ब्याटर चल्न नसक्दा इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ को पहिलो खेलमा कोलकाता नाइटराइडर्सले मध्यम योगफल तयार गरेको छ । घरेलु मैदानमा जारी खेलमा कोलकाताले रोयल च्यालेन्जर्स बेंगलुरुलाई १ सय ७५ रनको लक्ष्य प्रस्तुत गरेको हो । इडन गार्डेनमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ७४ […]
March 22, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेंगलुरुबीच हुने उद्घाटन खेल वर्षाले प्रभावित पार्ने अनुमान गरिएको छ । कोलकातामा वर्षा भएकाले कारण खेल हुनेमा शंका उत्पन्न भएको हो । तर, मध्याह्नतिर, घाम लागेकोले खेल हुनेमा केही आशा कायमै राखेको छ । यद्यपि, दिनको अधिकांश समय बादल मडारिएको र […]