6 years ago
April 7, 2019
एजेन्सी – इन्डियन प्रिमियर लिग(आईपीएल) मा कोलकता नाइट राइडर्स शिर्ष स्थानमा उक्लिएको छ । आइतबार राती सम्पन्न खेलमा राजस्थान रोयल्सलाई ८ विकेटले हराउँदै शिर्ष स्थान उक्लिन सफल भएको हो ।
१ सय ४० रनको सामान्य लक्ष्य पछ्पाएको कोलकताले १३.५ ओभरमा २ विकेटको क्षतिमा सहजै पुरा गर्यो । कोलकताको सहज जितमाओपनर सुनिल नारायणले २५ बलमा ६ चौका र ३ छक्का प्रहार गर्दै ४७ रनमा आउट भए । अर्का ओपनर क्रिस लिनले ३२ बलमा ६ चौका र ३ छक्का प्रहार गर्दै ५० रनमा आउट भए । त्यस्तै रोबिन उथप्पा २६ र शुभ्मन गिल ६ रनमा नट आउट रहे ।
कोलकतालाई सहज जित दिलाउन ओपनर सुनिल नारायण र क्रिस लिनले पहिलो विकेटका लागि ८.३ ओभरमा ९१ रनको साझेदारी गरेका थिए । यी दुईबीचको साझेदारी श्रेयस गोपालले स्टिभ स्मिथबाट नारायणलाई क्याच गराउँदै तोडेका थिए । ठूलो शट प्रहार गर्ने धुनमा ११ औं ओभरको पाँचौ बलमा क्रिस लिनलाई श्रेयस गोपालले क्याच आउट गराए । राजस्थानका लागि दुवै विकेट श्रेयस गोपालले लिए । अन्य कुनै पनि बलरले विकेट लिन सकेनन् ।
त्यसअघि जयपुरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको राजस्थानले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय ३९ रन बनायो । राजस्थानका लागि स्टिभ स्मिथले ५९ बलमा ७ चौका र १ छक्का प्रहार गर्दै ७३ रनमा अविजित पाली खेलेपनि त्यो जितको लागि प्राप्त भएन ।
ओपनर जस बटलरले ३४ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ३७ रनमा आउट भए । बटलरलाई पाँचौ ओभरको बलमा हेरी गर्नीले सुभमन गिलबाट क्याच आउट गराए । कप्तान अजिंक्या रहाणे ५ र राहुल त्रिपाठ्ठी ६ रनमा आउट भए । कोलकताका ह्यारी गर्नीले २ र प्रसिद्ध कृष्णाले १ विकेट लिए ।
योसँगै कोलकताले ५ खेलमा ४ मा जित र १ मा हारका साथ ८ अंक जोड्दै शिर्ष स्थानमा उक्लिएको छ । दोस्रो स्थानमा रहेको चेन्नई सुपर किंग्स ५ खेलमा ४ मा जित र १ मा हार ब्यहोरेको छ । सनराइजर्स हैदरावाद ५ खेलमा ३ मा जित र २ मा हारका साथ तेस्रो स्थान छ ।
March 22, 2025
एजेन्सी – रोयल च्यालेन्जर्स बेंगलुरुले इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को पहिलो खेलमा साविक विजेता कोलकाता नाइटराइडर्सलाई हराउँदै सानदार सुरुवात गरेको छ । कोलकाताको घरेलु मैदानमा शनिवार भएको खेलमा बेंगलुरुले ७ विकेटको जित हासिल गरेको हो । १ सय ७५ रनको लक्ष्य बेंगलुरुले १६.२ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । बेंगलुरुको जितमा विराट कोहलीले […]
March 22, 2025
एजेन्सी – मध्येक्रमको ब्याटर चल्न नसक्दा इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ को पहिलो खेलमा कोलकाता नाइटराइडर्सले मध्यम योगफल तयार गरेको छ । घरेलु मैदानमा जारी खेलमा कोलकाताले रोयल च्यालेन्जर्स बेंगलुरुलाई १ सय ७५ रनको लक्ष्य प्रस्तुत गरेको हो । इडन गार्डेनमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ७४ […]
March 22, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेंगलुरुबीच हुने उद्घाटन खेल वर्षाले प्रभावित पार्ने अनुमान गरिएको छ । कोलकातामा वर्षा भएकाले कारण खेल हुनेमा शंका उत्पन्न भएको हो । तर, मध्याह्नतिर, घाम लागेकोले खेल हुनेमा केही आशा कायमै राखेको छ । यद्यपि, दिनको अधिकांश समय बादल मडारिएको र […]