default_image

6 years ago

April 8, 2019

सन्दीपको टी२० क्रिकेटमा ५० विकेट पुरा

158 views

0 Bookmark

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई पछिल्लो एक वर्षमा अन्तर्राष्टिय फेन्चाइज लिग खेल्न भ्याई नभ्याई छ । हाल दिल्ली क्यापिटल्सबाट आईपीएल खेली रहेका सन्दीपले लगातार सफलता हात पार्दै आएका छन् ।

यसै क्रममा सन्दीपले १८ वर्षको उमेरमै टी२० क्रिकेटमा ५० विकेट पुरा गरेका छन् । आइतबार बेलुका इन्डियन प्रिमियर लिग अन्तरगत २० औं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरका मोइन अलीलाई आउट गर्दै सन्दीपले यो सफलता हात पारेका हुन् । सन्दीप सन् २०१९ मा सर्वाधिक विकेट लिने स्पिनर बलर समेत हुन् ।

कसरी पुग्यो ५० विकेट ?

सन्दीपको यात्रा गत वर्ष आईपीएलमा दिल्ली डेयर डेभिल्स र हाल दिल्ली क्यापिटल्सबाट सुरु भएको हो । गत वर्ष आईपीएलमा अन्तिम ३ खेलमा ५ विकेट लिएका थिए । सन्दीपले क्वारेवियन प्रिमियर लिगमा ५ खेलमा ७ विकेट लिए । अफगानिस्तान प्रिमियर लिगमा सन्दीपको नाममा २ विकेट रह्यो । विग ब्यासमा ११ विकेट लिए ।

सन्दीपले बंगलादेश प्रिमियर लिगमा ४ विकेट लिए । त्यसपछि यूएसँगको ३ टी २० सिरिजमा ५ विकेट लिएका थिए । पाकिस्तान सुपर लिगमा सन्दीपले ११ विकेट लिए । जारी आईपीएलमा सुरुवाती ४ खेलमा ५ विकेट लिएपछि ५० विकेट पुरा भएको हो ।

March 22, 2025

कोलकातालाई हराउँदै बेंगलुरुको सानदार सुरुवात

एजेन्सी – रोयल च्यालेन्जर्स बेंगलुरुले इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को पहिलो खेलमा साविक विजेता कोलकाता नाइटराइडर्सलाई हराउँदै सानदार सुरुवात गरेको छ । कोलकाताको घरेलु मैदानमा शनिवार भएको खेलमा बेंगलुरुले ७ विकेटको जित हासिल गरेको हो । १ सय ७५ रनको लक्ष्य बेंगलुरुले १६.२ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । बेंगलुरुको जितमा विराट कोहलीले […]

March 22, 2025

मध्यक्रम नचल्दा कोलकाताको मध्यम योगफल

एजेन्सी – मध्येक्रमको ब्याटर चल्न नसक्दा इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ को पहिलो खेलमा कोलकाता नाइटराइडर्सले मध्यम योगफल तयार गरेको छ । घरेलु मैदानमा जारी खेलमा कोलकाताले रोयल च्यालेन्जर्स बेंगलुरुलाई १ सय ७५ रनको लक्ष्य प्रस्तुत गरेको हो । इडन गार्डेनमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ७४ […]

March 22, 2025

आइपिएल – उद्घाटन खेल वर्षाले प्रभावित हुने सम्भावना

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेंगलुरुबीच हुने उद्घाटन खेल वर्षाले प्रभावित पार्ने अनुमान गरिएको छ । कोलकातामा वर्षा भएकाले कारण खेल हुनेमा शंका उत्पन्न भएको हो । तर, मध्याह्नतिर, घाम लागेकोले खेल हुनेमा केही आशा कायमै राखेको छ । यद्यपि, दिनको अधिकांश समय बादल मडारिएको र […]

Success

Thank you for your time.