6 years ago
April 7, 2019
एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) मा आइतबार बेलुका सम्पन्न खेलमा दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बेंगलोरलाई ४ विकेटले पराजित गरेको छ । यो बेंगलोरको लगातार छैटौं हार हो । योसँगै बेंगलोरको प्ले अफको संभावना कठिन बनेको छ ।
१ सय ५० रनको विजयी लक्ष्य दिल्लीले १८.५ ओभरमा ६ विकेटको क्षतिमा पुरा गर्यो । दिल्लीको सहज जितमा कप्तान श्रेयस ऐरले ५० बलमा ८ चौका र २ छक्का प्रहार गर्दै ६७ रनमा आउट भए । ऐरलाई १८ ओभरको तेस्रो बलमा नवदीप सैनीले युजवेन्द्र चाहालबाट क्याच आउट गराएका थिए । ओपनर पृथ्वी शाले २२ बलमा ५ चौका प्रहार गर्दै २८,शिखर धवन शुन्य र कोलिन इनग्राम २२ रनमा आउट भए । विकेटकीपर ऋषभ पन्त १८ रनमा आउट हुँदा अक्षर पटेल ४ रनमा अविजित रहे ।
पृथ्वी शा ले तेस्रो ओभरमा टिम साउदीलाई लगातार पाँच चौका प्रहार गरेका थिए । बेंगलोरका नवदीप सैनीले २ तथा पवन निगी,टिम साउदी,मोइन अली र मोहम्मद सिराजले समान १ विकेट लिए । बेंगलोरले फिल्डिङमा थुप्रै पटक गल्ती गरेको थियो ।
त्यस अघि घरेलु मैदान चिन्नास्वामी स्टेडियमा टस हारेर पहिला ब्याटिङको थालेको बेंगलोरले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ४९ रन बनाएको थियो। बेंगलोरका लागि कप्तान विराट कोहलीले ३३ बलमा १ चौका र २ छक्का प्रहार गर्दै ४१ रनको योगदान दिए। मोइन अलीले १८ बलमा ३ छक्का र १ चौका प्रहार गर्दै ३२,पार्थिव पटेल ९,एवी डी भिलियर्स १७, मार्कस स्टोइनिस १५ र अक्ष्यदीप नाथ १९ रनमा आउट भए । अन्य ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् ।
दिल्लीका कागीसो रबाडाले ४ ओभरमा २१ रन खर्चेर ४ विकेट लिए । क्रिस मोरिसले २,अक्षर पटेल र सन्दीप लामिछानेले समान १ विकेट लिए । सन्दीपले १ विकेट लिन ४ ओभरमा ४६ रन खर्चिए ।
यो हारसँगै बेंगलोर ६ खेलमा ६ मा पराजित हुँदै अंकतालिका अंक बिहिन हुँदै पुछारमा छ । बेंगलोरको प्ले अफको संभावना अंक गणितीय मात्र बाँकी छ । बाँकी सबै खेलमा फराकिलो अन्तरले विजयी भए र अन्य टोलीको नतिजा आफु अनुकुल आउन सकेमात्र बेंगलोर नाटकीय रुपमा प्ले अफमा पुग्ने छ । दिल्ली ६ खेलमा ३ मा जित र ३ मा हारका साथ अंक तालिकामा पाँचौ स्थानमा छ ।
यस्तो रह्यो सन्दीपको ४ ओभर
सन्दीपलाई दिल्लीले १० औं ओभरमा बलिङ गर्न ल्याएको थियो । मार्कस स्टोइनिसले पहिलो बलमै स्टेटमा छक्का प्रहार गरे । दोस्रो बल डट गराउँदा तेस्रो बलमा स्टोइनिसले १ रन लिदै स्ट्राईक कप्तान कोहलीलाई दिए । अन्य तीन बलमा सन्दीपले तीन रन खर्चिए ।
१२ औं ओभरमा सन्दीपले ६ रन खर्चिए । कोहलीले पहिलो,तेस्रो र पाँचौ तथा अलीले दोस्रो,चौथो र छैटौं बलमा १–१ सिंगल रन खर्चेका थिए । १५ ओभरको पहिलो बलमा अलीले सन्दीपलाई छक्का प्रहार गरे । सन्दीपले दोस्रो बल डट गराउँदा तेस्रो बलमा विकेटकीपर ऋषभ पन्तबाट स्टम्पिङ आउट गराउँदै आफ्नो नाममा १ विकेट लेखाए । चौथो बलमा अक्षदिप नाथले चौका प्रहार गरे । पाँचौ बल डट र छैटौं बलमा १ रन दिए ।
१७ ओभरको पहिलो बलमा विराट कोहलीले १ रन लिए । दोस्रो बलमा नाथले चौका प्रहार गरे । तेस्रो बलमा नाथले एक रन लिदै स्ट्राइक विराटलाई दिए । चौथो र पाँचौ बलमा विराट कोहलीले सन्दीपलाई छक्का प्रहार गरेपछि महँगो सावित हुन पुगेका हुन् । अन्तिम बलमा १ रन दिदै आफ्नो स्पेल सकाए ।
March 22, 2025
एजेन्सी – रोयल च्यालेन्जर्स बेंगलुरुले इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को पहिलो खेलमा साविक विजेता कोलकाता नाइटराइडर्सलाई हराउँदै सानदार सुरुवात गरेको छ । कोलकाताको घरेलु मैदानमा शनिवार भएको खेलमा बेंगलुरुले ७ विकेटको जित हासिल गरेको हो । १ सय ७५ रनको लक्ष्य बेंगलुरुले १६.२ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । बेंगलुरुको जितमा विराट कोहलीले […]
March 22, 2025
एजेन्सी – मध्येक्रमको ब्याटर चल्न नसक्दा इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ को पहिलो खेलमा कोलकाता नाइटराइडर्सले मध्यम योगफल तयार गरेको छ । घरेलु मैदानमा जारी खेलमा कोलकाताले रोयल च्यालेन्जर्स बेंगलुरुलाई १ सय ७५ रनको लक्ष्य प्रस्तुत गरेको हो । इडन गार्डेनमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ७४ […]
March 22, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेंगलुरुबीच हुने उद्घाटन खेल वर्षाले प्रभावित पार्ने अनुमान गरिएको छ । कोलकातामा वर्षा भएकाले कारण खेल हुनेमा शंका उत्पन्न भएको हो । तर, मध्याह्नतिर, घाम लागेकोले खेल हुनेमा केही आशा कायमै राखेको छ । यद्यपि, दिनको अधिकांश समय बादल मडारिएको र […]