default_image

6 years ago

April 7, 2019

सन्दीपले खराब बलिङ गर्दा बेंगलोरको औसत प्रर्दशन

103 views

0 Bookmark

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछानेले खराव बलिङ गर्दा इन्डियन प्रिमियर लिग (आईपीएल) रोयल च्लायेन्जर्स बेंगलोरले दिल्ली क्यापिटल्सलाई १ सय ५० रनको मध्यम लक्ष्य दिएको छ ।

घरेलु मैदान चिन्नास्वामी स्टेडियमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बेंगलोरले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ४९ रन बनायो । बेंगलोरका लागि कप्तान विराट कोहलीले ३३ बलमा १ चौका र २ छक्का प्रहार गर्दै ४१ रनमा क्याच आउट भए । त्यस्तै मोइन अलीले १८ बलमा ३ छक्का र १ चौका प्रहार गर्दै ३२,पार्थिव पटेल ९,एवी डी भिलियर्स १७, मार्कस स्टोइनिस १५ र अक्ष्यदीप नाथ १९ रनमा आउट भए । अन्य ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् ।

दिल्लीका कागीसो रबाडाले ४ ओभरमा २१ रन खर्चेर ४ विकेट लिए । क्रिस मोरिसले २ र अक्षर पटेल र सन्दीप लामिछानेले समान १ विकेट लिए । सन्दीपले १ विकेट लिन ४ ओभरमा ४६ रन खर्चिए ।

सन्दीपको ४ ओभर

सन्दीपलाई दिल्लीले १० औं ओभरमा बलिङ गर्न ल्याएको थियो । मार्कस स्टोइनिसले पहलो बलमै स्टेटमा छक्का प्रहार गरे । दोस्रो बल डट गराउँदा तेस्रो बलमा स्टोइसनिसले १ रन लिदै स्ट्राईक कप्तान कोहलीलाई दिए । अन्य तीन बलमा सन्दीपले तीन रन खर्चिए ।

१२ औं ओभरमा सन्दीपले ६ रन खर्चिए । कोहलीले पहिलो,तेस्रो र पाँचौ तथा अलीले दोस्रो,चौथो र छैटौं बलमा १(१ गरि सिंगल लिएका थिए ।

१५ ओभरको पहिलो बलमा अलीले सन्दीपलाई छक्का प्रहार गरे । सन्दीपले दोस्रो बल डट गराउँदा तेस्रो बलमा विकेटकीपर ऋषभ पन्तबाट स्टम्पिङ आउट गराउँदै आफ्नो नाममा १ विकेट लेखाए । चौथो बलमा अक्षदिप नाथले चौका प्रहार गरे । पाँचौ बल डट र छैटौं बलमा १ रन दिए ।

१७ ओभरको पहिलो बलमा विराट कोहलीले १ रन लिए । दोस्रो बलमा नाथले चौका प्रहार गरे । तेस्रो बलमा नाथले एक रन लिदै स्ट्राइक विराटलाई दिए । चौथो र पाँचौ बलमा विराट कोहलीले सन्दीपलाई छक्का प्रहार गरेपछि सन्दीप महँगो सावित हुन पुगे । अन्तिम बलमा १ रन दिदै आफ्नो स्पेल सकाए । सम्रगमा सन्दीपले यस ओभरमा १९ रन खर्चिए ।

March 22, 2025

कोलकातालाई हराउँदै बेंगलुरुको सानदार सुरुवात

एजेन्सी – रोयल च्यालेन्जर्स बेंगलुरुले इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को पहिलो खेलमा साविक विजेता कोलकाता नाइटराइडर्सलाई हराउँदै सानदार सुरुवात गरेको छ । कोलकाताको घरेलु मैदानमा शनिवार भएको खेलमा बेंगलुरुले ७ विकेटको जित हासिल गरेको हो । १ सय ७५ रनको लक्ष्य बेंगलुरुले १६.२ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । बेंगलुरुको जितमा विराट कोहलीले […]

March 22, 2025

मध्यक्रम नचल्दा कोलकाताको मध्यम योगफल

एजेन्सी – मध्येक्रमको ब्याटर चल्न नसक्दा इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ को पहिलो खेलमा कोलकाता नाइटराइडर्सले मध्यम योगफल तयार गरेको छ । घरेलु मैदानमा जारी खेलमा कोलकाताले रोयल च्यालेन्जर्स बेंगलुरुलाई १ सय ७५ रनको लक्ष्य प्रस्तुत गरेको हो । इडन गार्डेनमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ७४ […]

March 22, 2025

आइपिएल – उद्घाटन खेल वर्षाले प्रभावित हुने सम्भावना

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेंगलुरुबीच हुने उद्घाटन खेल वर्षाले प्रभावित पार्ने अनुमान गरिएको छ । कोलकातामा वर्षा भएकाले कारण खेल हुनेमा शंका उत्पन्न भएको हो । तर, मध्याह्नतिर, घाम लागेकोले खेल हुनेमा केही आशा कायमै राखेको छ । यद्यपि, दिनको अधिकांश समय बादल मडारिएको र […]

Success

Thank you for your time.