default_image

6 years ago

April 7, 2019

सन्दीपको सामान्य सुरुवात

96 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग(आईपीएल) मा नेपाली लेग स्पिनर सन्दीप लामिछानले विराट कोहली कप्तान रहेको रोयल च्लायेन्जर्स बेंगलोरविरुद्ध सुरुवाती २ ओभरमा सामान्य सुरुवात गरेका छन् ।

सुरुवाती २ ओभरमा १६ रन खर्चिदा विकेट लिन सकेका छैनन् । सन्दीपलाई दिल्लीले १० औं ओभरमा बलिङ गर्न ल्याएको थियो । मार्कस स्टोइनिसले पहलो बलमै स्टेटमा छक्का प्रहार गरे । दोस्रो बल डट गराउँदा तेस्रो बलमा स्टोइसनिसले १ रन लिदै कप्तान विराट कोहलीलाई स्ट्राईक दिए । अन्य तीन बलमा सन्दीपले तीन रन खर्चिए । सम्रगमा १० रन यस ओभरमा खर्चिए ।

१२ औं ओभरमा सन्दीपले ६ रन खर्चिए तर विकेट लिन सकेनन् । पहिलो बलमा कोहलीले १ रन लिए ।दोस्रो बलमा पनि मोइन अलीले १ रन जोडे । तेस्रो बलमा कोहलीले सिंगल रनका रुपमा १ रननै लिए । चौथो बलमा पनि अलीले १ रन लिए । पाँचौ बलमा कोहलीले छैटौं बलमा अलीले १-१ रन बटुले ।

November 16, 2024

सुदूरपश्चिम रोयल्सले ट्यालेन्ट हन्ट गर्दै, र्याली पनि हुने

धनगढी (हाम्रो खेलकुद)- सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को लागि फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले आइतवार ट्यालेन्ट हन्ट आयोजना गर्ने भएको छ । धनगढी क्रिकेट एकेडेमीको मैदानमा बिहान ९ बजेदेखि ट्यालेन्ट हन्ट सुरू हुने सुदूरपश्चिम रोयल्सले जनाएको छ । छनोटका लागि सुदूरपश्चिम रोयल्सका मुख्य प्रशिक्षक जगत टमाटा लगायत प्राविधिक टोली शनिबार नै धनगढी आइसकेको छ। […]

November 16, 2024

क्रिस काठमाडौं गुर्खाजको ‘लोकल आइकोनिक प्लेयर’

काठमाडौं (हाम्रो खेलकुद) – क्रिस कार्कीले काठमाडौं गुर्खाजबाट मंसिर १५ गते देखि सुरु हुने सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट खेल्ने भएका छन् । पूर्व क्रिकेटर शशी केशरीले स्थापना गरेको वान डे क्रिकेट एकेडेमी काँडाघारीमा शनिवार भएको अन्तिम छनोटबाट ‘लोकल आइकोनिक प्लेयर’ को रुपमा क्रिसले काठमाडौं गुर्खाजमा स्थान पक्का गरेका हुन् । काठमाडौं गुर्खाजले […]

November 16, 2024

चितवनको ट्यालेन्ट हन्ट- दोस्रो चरणमा ३५ खेलाडी छनोट

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली चितवन राइनोजले ट्यालेन्ट हन्टबाट दोस्रो चरणमा ३५ छनोट गरेको छ। राइनोजले चितवन मेडिकल कलेज (सिएमसी), कैलाशनगर भरतपुरमा आयोजना गरेको ट्यालेन्ट हन्टमा ४ सय ६० खेलाडी दर्ता भएको चितवनले जनाएको छ । तीमध्ये ३५ जनाको नाम ट्यालेन्ट हन्टमा छनोट गरिएको हो । अन्तिम छनोट आइतवार गौतम […]

Success

Thank you for your time.