6 years ago
April 7, 2019
भुपेन्द्र जिसी, काठमाडौं
इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शनिबार राती सम्पन्न मुम्बई इन्डियन्स र सनराइजर्स हैदरावादबीचको खेलमा २२ वर्षिय अल्जारी जोशेफले सनसनी मच्चाएक । उनले डेब्यूमै ६ विकेट लिँदै आईपीएल इतिहासमै कीर्तिमान बनाए । विश्व क्रिकेटमा अहिले सर्वत्र चर्चा चलिरहेको छ ।
जोशेफको अविश्वसनिय बलिङमा जारी प्रतियोगिताकै बलियो ब्याटिङ आक्रमण मानिएको हैदरावादले १ सय ३७ रनको लक्ष्य पनि पछ्याउन सकेन । हैदरावाद १७.४ ओभरमा अलआउट हुँदै ९६ रनमा समेटियो । ओपनर डेविड वार्नरलाई आउट गर्दै विकेटको सुरुवात गरेका जोशेफले क्रमश: विजय शंकर, दीपक हुड्डा, राशिद खान, भुवनेश्वर कुमार र सिद्धार्थ कौललाई आउट गर्दै ६ विकेट पुरा गरे । उनले सम्रगमा ३.४ ओभरमा १ मेडन सहित १२ रन खर्चेर ६ विकेट लिए । औसतमा २ रन खर्चदा १ विकेट पर्दछ ।
आखिर को हुन् त आईपीएलको डेब्यूमै अविश्वसनिय बलिङ गर्दै ६ विकेट लिने अल्जारी जोशेफ ?
वेस्ट इन्डिजको सुन्दर शहर मानिने एन्टिगुआमा सन् १९९६ मा नोभेम्बर २० मा जन्मिएका अल्जारी जोशेफ मध्य गतीका बलर तथा तल्लोक्रमका ब्याटिङ गर्ने खेलाडी हुन् । हाल उनी २२ वर्ष १ सय ३८ दिनका पुगेका छन् । उनको पुरा नाम अल्जारी शाहीम जोशेफ हो । उनले सन् २०१४–१५ मा प्रथम श्रेणीमा लिवार्ड आइस्ल्याड्सबाट डेब्यू गरे । एक वर्षपछि उनले वेस्ट इन्डिज ११ बाट लिष्ट ए मा डेब्यू गरेका थिए । सन् २०१४ – १५ मा घरेलु लिगमा उत्कृष्ट प्रर्दशन गरे । जसक्रममा उनको उत्कृष्ट प्रर्दशन ७-४९ थियो । घरेलु लिगमा सानदार प्रर्दशन गरि रहँदा सन् २०१५ डिसेम्बरमा अर्को वर्ष हुने यू१९ विश्वकपको लागि वेस्ट इन्डिजको टोलीमा परे ।
सन् २०१६ बंगलादेशमा भएको यू१९ विश्वकपमा वेस्ट इन्डिजलाई च्याम्पियन बनाउन उनको प्रर्दशन निकै महत्वपूर्ण रह्यो । ६ खेलमा ३.३१ को इकोनमीमा रन खर्चदै १३ विकेट सहित सर्वाधिक विकेट लिने खेलाडीको सुचिमा पाँचौ स्थानमा रहे । जुन विश्वकपमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेले ह्याट्रिक सहित ६ खेलमा १४ विकेट लिदै सर्वाधिक विकेट लिने खेलाडीमा दोस्रो स्थानमा थिए । जसले सन्दीपलाई चर्चाको शिखरमा पुर्याएको थियो ।
विश्वकपको फाइनलमा भारतलाई १ सय ४५ रनमै रोक्न जोशेफले टप अडरका ऋषभ पन्तलाई १,ईशान किशनलाई ४ र अनोमलप्रित सिंहलाई ३ रनमा आउट गर्दै उपाधि सहज पारेका थिए । त्यस वर्ष अचम्म के थियो भने महिला टी २० र पुरुष टि२० विश्वकपको उपाधि पनि वेस्ट इन्डिजलेनै जित्यो ।
यू१९ विश्वकपको प्रर्दशनले उनलाई वेस्ट इन्डिजको सिनियर टिमकोलागि सहज बन्यो । यू१९ विश्वकपमा उत्कृष्ट प्रर्दशन गरेपछि वेस्ट इन्डिज क्रिकेट बोर्डले उनलाई त्यसै वर्ष अगस्ट ९ मा भारतसँगको चार टेस्ट अन्तरगत तेस्रो खेलमा डेब्यू गर्ने मौका दियो । उनले डेब्यूमा तीन विकेट लिदै आफुलाई सिद्ध गरे । त्यसै वर्षनै अक्टोबर २ मा पाकिस्तानसँगको दोस्रो वान डे खेलमा डेब्यू गरे । गत फेब्रुअरी २ मा इंग्ल्यान्डसँगको दोस्रो टेस्टको क्रममा उनकोे आमाको निधन भएको थियो । आईपीएलमा उनलाई अक्सन मार्फत अनुबन्ध गरेको भने होइन । न्युजिल्यान्डका तीब्र गतिका बलर एडम मिल्ली घाईते भएपछि उनको स्थानमा मुम्बईले जोशेफलाई अनुबन्ध हो ।
उनले हाल सम्म वेस्ट इन्डिजबाट ९ टेस्ट १६ ओडीआई ३१,प्रथम श्रेणी २९ लिष्ट ए र ८ टी ट्वान्टी एस खेली सकेका छन् । टेस्टमा २५ र वान डे मा २४ विकेट आफ्नो नाममा लेखाएका छन् । वान डेमा उत्कृष्ट प्रर्दशन ५÷५६ छ । जोसेफले छोटो समयमै पाएजतिका सबै मौकामा आफुलाई सिद्ध गरेका छन् । कलिलो उमेरका जोशेफको मैदानमा भने परिपक्क खेलाडीले जस्तै प्रर्दशन गर्दछन् । अझ आगमी दिनमा परिपक्क बन्दै जादा कस्तो प्रर्दशन गदर्लान् त्यो हेर्न बाँकी छ । वेस्ट इन्डिजले विश्व क्रिकेटमा पछिल्लो समय खस्किदो प्रर्दशन गरि रहेको अवस्थामा पछिल्लो समय शिम्ररोन हिटमायर,ओशेन थोमस,अल्जारी जोशेफ जस्ता उत्कृष्ट युवा प्रतिभाशाली खेलाडीको आगमनले ठूलो राहत पुग्न सक्छ ।
March 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपिएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा हराएको छ । सुदूरपश्चिमविरुद्ध शुक्रवार एपिएफ ३ विकेटले विजयी भयो । १ सय ९२ रनको लक्ष्य एपिएफले ३६.३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । एपिएफका लागि सन्दीप जोराले सर्वाधिक ५१ रन जोडे । उनले ६८ बलमा ५ चौका […]
March 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेशविरुद्ध ऐतिहासिक जित हासिल गरेको छ । कर्णालीले शुक्रवार मधेशविरुद्ध ८१ रनको ऐतिहासिक जित हात पार्यो । पिएम कपको इतिहासमा मधेशमाथि कर्णालीको पहिलो जित हो । यो जितसॅंगै कर्णालीले शीर्ष ४ को सम्भावना कायमै राखेको छ । २ सय २१ रनको लक्ष्य पछ्याएको मधेश […]
March 21, 2025
एजेन्सी – हसन नवाजको शतकमा पाहुना टोली पाकिस्तानले तेस्रो टि ट्वान्टी आईमा न्युजिल्यान्डलाई हराएको छ । पाकिस्तानले शुक्रवार ९ विकेटको जित हात पार्यो । जितसॅंगै ५ खेलको टि ट्वान्टी आई सिरिजमा पाकिस्तान २-१ मा पुर्याएको छ । २ सय ५ रनको लक्ष्य पाकिस्तानले १६ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । पाकिस्तानको जितमा नवाजले नट […]