default_image

6 years ago

April 6, 2019

जोसेफको कीर्तिमानी बलिङमा मुम्बईको रोमान्चक जित

111 views

0 Bookmark

एजेन्सी – वेस्ट इन्डिजका युवा बलर अल्जारी जोसेफले इन्डियन प्रिमियर लिग (आईपीएल) को इतिहासमै कीर्तिमानी बलिङ गरेपछि मुम्बई इन्डीयन्सले सनराइजर्स हैदराबादलाई ४० रनले पराजित गरेको छ । आईपीएलमा डेब्यु गरिरहेका जोसेफले ६ विकेट लिए ।

मुम्बईले प्रस्तुत गरेको १ सय ३७ रनको विजयी लक्ष्य पछ्याएको सनराइजर्स हैदरावाद जोशेफको अविश्वसिनय बलिङसँगै १७.४ ओभरमा अल आउट हुँदै ९६रनमा समेटियो । चौथो ओभरको चौथो बलमा युवा स्पिनर राहुल चाहारले जोनी बेयस्टोलाई १६ रनमा जसप्रित बुमराहबाट क्याच आउट गराउदै ओपनिङ साझेदारी तोडेका थिए ।

पाँचौ ओभरको पहिलो बलमै अल्जारी जोशेफले डेविड वार्नरलाई १५ रनमा बोल्ड आउट गरे । सातौं ओभरको पाँचौ बलमा जोशेफले विजय शंकरलाई ५ रनमा क्याच आउट गराए । मनिष पान्डे १६ र युसुफ पठान डक आउट भएपनि हैदरावादको जित कठिन बन्न पुगेको थियो ।

१६ औं ओभरको पाँचौ बलमा दिपक हुड्लाई जोशेफले २० रनमा बोल्ड आउट गरे । लगतै आफै अर्को बलमा राशिद खानको क्याच लिँदै शून्यमा पेभेलियन फर्काए । १८ औं ओभरको पहिलो बलमा कप्तान भुवनेश्वर कुमारलाई बोल्ड आउट गर्दै जोसेफले डेब्यूमै ५ विकेट पुरा गरे । तीन बलपछि सिद्दार्थ कौललाई आउट गर्दै उनले कीर्तिमानी ६ विकेट लिए ।आईपीएलमा डेब्यूमै ६ विकेट लिने उनी पहिलो बलर हुन् ।

जोशेफले समग्रमा ३.४ ओभरमा १ मेडन सहित १२ रन खर्चेर ६ विकेट लिए । यो नै आईपीएल इतिहासमा सर्वोत्कृष्ट बलिङ प्रदर्शन हो । उनीसँगै राहुल चाहार २ तथा जसप्रित बुमराह र जोशन बेहरनडोफले समान १-१ विकेट लिए ।

त्यस अघि राजीव गान्धी इन्टरनेशनल क्रिकेट स्टेडियम हैदरावादमा टस हारेर ब्याटिङ थालेको मुम्बईले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ३६ रन बनायो । मुम्बईका लागि काइरान पोलार्डले अन्तिम दुई ओभरमा विश्फोटक ब्याटिङ गर्दै सम्मानजनक योगफल सम्म पुयाए । पोलार्डले १९ औं ओभरमा सिद्धार्थ कौललाई ३ छक्का सहित २० रन जोडेका थिए ।

अन्तिम ओभरमा भुवनेश्वर कुमारलाई पोलार्डले २ चौका र १ छक्का सहित १९ रन जोपछि मुम्बई सस्तैमा समेटिनबाट बचेको हो । विष्फोटक ब्याटिङ गरेका पोलार्ड २६ बलमा २ चौका र४ छक्का प्रहार गर्दै ४६ रनमा अविजित रहे ।

खराब सूरुवात गरेको मुम्बईका कप्तान रोहित शर्मा ११, क्विन्टन डी कक १९,सुर्य कुमार यादव ७,इशान किशन १७ र कूनाल पान्ड्या ६ र हार्दिक पान्ड्या १४ रनमा आउट भएपछि मुम्बई १६.३ ओभरमा ८६-६ को कमजोर अवस्थामा पुगेको थियो ।

चौथो ओभरको चौथो बलमा रोहितलाई मोहम्मद नाबीले दिपक हुड्डाबाट क्याच आउट गराए । पाँचौ ओभरको अन्तिम बलमा सुर्यकुमार यादवलाई सन्दीप शर्माले एलवी डब्लू आउट गरे । त्यस्तै ९ औं ओभरको दोस्रो बलमा सिद्धार्थ कौलले क्विन्टन डीककलाई हुड्डाबाटै क्याच आउट गराएका थिए ।

मुम्बईका ब्याट्सम्यानको गैरजिम्मेवारी ब्याटिङ यतिकैमा रोकिएन । कौललेनै विकेटकीपर जोनी बेयरस्टोबाट १२ ओभरको चौथो बलमा क्रुनाल र १३ ओभरको पाँचौ बलमा किशन रन आउट हुन पुगे ।

यसअघिका खेलमा उत्कृष्ट फिनिसिङ गरेका हार्दिकलाई १७ ओभरको तेस्रो बलमा राशिद खानले विजय शंकरबाट क्याच आउट गराएपछि मुम्बईको ठूलो योगफलको आसा पनि सकिएको थियो । हैदरावादका सिद्धौथ कौलले २, राशिद खान,मोहम्मद नाबी,सन्दीप शर्मा र भुवनेश्वर कुमारले समान एक विकेट हात पारे ।

March 21, 2025

एपिएफले सुदूरपश्चिमलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपिएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा हराएको छ । सुदूरपश्चिमविरुद्ध शुक्रवार एपिएफ ३ विकेटले विजयी भयो । १ सय ९२ रनको लक्ष्य एपिएफले ३६.३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । एपिएफका लागि सन्दीप जोराले सर्वाधिक ५१ रन जोडे । उनले ६८ बलमा ५ चौका […]

March 21, 2025

मधेशविरुद्ध कर्णालीको ऐतिहासिक जित

काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेशविरुद्ध ऐतिहासिक जित हासिल गरेको छ । कर्णालीले शुक्रवार मधेशविरुद्ध ८१ रनको ऐतिहासिक जित हात पार्यो । पिएम कपको इतिहासमा मधेशमाथि कर्णालीको पहिलो जित हो । यो जितसॅंगै कर्णालीले शीर्ष ४ को सम्भावना कायमै राखेको छ । २ सय २१ रनको लक्ष्य पछ्याएको मधेश […]

March 21, 2025

नवाजको शतकमा पाकिस्तानको सहज जित

एजेन्सी – हसन नवाजको शतकमा पाहुना टोली पाकिस्तानले तेस्रो टि ट्वान्टी आईमा न्युजिल्यान्डलाई हराएको छ । पाकिस्तानले शुक्रवार ९ विकेटको जित हात पार्यो । जितसॅंगै ५ खेलको टि ट्वान्टी आई सिरिजमा पाकिस्तान २-१ मा पुर्याएको छ । २ सय ५ रनको लक्ष्य पाकिस्तानले १६ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । पाकिस्तानको जितमा नवाजले नट […]

Success

Thank you for your time.