6 years ago
April 6, 2019
एजेन्सी – चेन्नई सुपर किंग्स इन्डिन प्रिमियर लिग(आईपीएल) को अंक तालिकामा शिर्ष स्थानमा उक्लिएको छ । शनिवार बेलुका सम्पन्न खेलमा किंग्स इलाभेन पन्जावलाई २२ रनले हराउदै चेन्नई शिर्ष स्थानमा उक्लिएको हो ।
चेन्नईले प्रस्तुत गरेको १ सय ६१ रनको मध्यम लक्ष्य पछ्पाएको पन्जाव निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ३८ रन बनाउन सक्यो । पन्जावका लागि सरफराज खानले ६७ रनको उत्कृष्ट इनिङ्स खेलेपनि अन्य खेलाडीको साथ नपाउदा पन्जाव पराजित हुन पुगेको हो । खानले ५९ बलमा ४ चौका र २ छक्का प्रहार गरे ।
ओपनर केएल राहुल ४७ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै ५५ रन जोड्न बाहेक अन्य कुनैपनि ब्याट्सम्यानले दोहोरो अंकमा रन छुन सकेनन् । चेन्नईको जितमा हरभजन सिंह र स्कर्ट कुग्गेलेजइनले समान २ तथा दिपक चाहारले १ विकेट लिए ।
त्यस अघि घरेलु मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको चेन्नईले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १सय ६० रन बनाएको थियो । चेन्नईका लागि ओपनर फाफ डु प्लेसिसले ३८ बलमा ४ छक्का र २ चौका प्रहार गर्दै ५४,शेनवाटशन २६,सुरेश रैना १७ रनमा आउट भए ।
कप्तान महेन्द्रसिंह धोनी २३ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ३७ रनमा अविजित रहे। आम्बाती रायडूले १५ बलमा समान १ चौका र छक्का प्रहार गर्दै २१ रनमा नट आउट रहे । धोनीले १९ औं ओभरमा साम करनलाई १ छक्का र २ चौका सहित १९ रन बटुल्न सफल भएका थिए । पन्जावका लागि कप्तान रविचन्द्र आश्विनले ४ ओभरमा २३ रन खर्चेर ३ विकेट लिए । अन्य कुनै पनि बलरले विकेट लिन सकेनन् ।
यो जितसँगै चेन्नई ५ खेलमा ४ मा जित र १ मा हारका साथ शिर्ष स्थानमा उक्लिएको छ । सनराइजर्स हैदरावाद ४ खेलमा ३ मा जित र १ मा हारका साथ ६ अंक जोड्दै दोस्रो स्थानमा छ । त्यस्तै ४ खेलमा ३ मा जित र १ मा हारका साथ कोलकता नाइटराइड तेस्रो स्थानमा छ । ५ खेलमा ३ मा जित र २ मा हारका साथ पन्जाव चौथो स्थानमा पुगेको छ ।
March 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपिएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा हराएको छ । सुदूरपश्चिमविरुद्ध शुक्रवार एपिएफ ३ विकेटले विजयी भयो । १ सय ९२ रनको लक्ष्य एपिएफले ३६.३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । एपिएफका लागि सन्दीप जोराले सर्वाधिक ५१ रन जोडे । उनले ६८ बलमा ५ चौका […]
March 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेशविरुद्ध ऐतिहासिक जित हासिल गरेको छ । कर्णालीले शुक्रवार मधेशविरुद्ध ८१ रनको ऐतिहासिक जित हात पार्यो । पिएम कपको इतिहासमा मधेशमाथि कर्णालीको पहिलो जित हो । यो जितसॅंगै कर्णालीले शीर्ष ४ को सम्भावना कायमै राखेको छ । २ सय २१ रनको लक्ष्य पछ्याएको मधेश […]
March 21, 2025
एजेन्सी – हसन नवाजको शतकमा पाहुना टोली पाकिस्तानले तेस्रो टि ट्वान्टी आईमा न्युजिल्यान्डलाई हराएको छ । पाकिस्तानले शुक्रवार ९ विकेटको जित हात पार्यो । जितसॅंगै ५ खेलको टि ट्वान्टी आई सिरिजमा पाकिस्तान २-१ मा पुर्याएको छ । २ सय ५ रनको लक्ष्य पाकिस्तानले १६ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । पाकिस्तानको जितमा नवाजले नट […]