default_image

6 years ago

April 6, 2019

‘नेपाली टोलीको ब्याटिङ बलियो ‘

94 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – मलेसियामा अर्को सातादेखि सुरु हुने आईसीसी यू१९ विश्वकप एसिया छनोटको लागि नेपाली यू१९ टोली मलेसिया प्रस्थान गरिसकेको छ । टोलीमा १४ खेलाडी र ३ अफिसियल गरि १७ जनाको रहेका छन् ।

नेपालले विश्वकप छनोट अन्तर्गत १२ अप्रिलमा सिंगापुरसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्ने छ । अप्रिल १२ देखी १८ सम्म ६ राष्ट्रले प्रतिस्पर्धा गर्ने प्रतियोगितामा शीर्ष स्थानमा रहने टोलीले अर्को  वर्ष दक्षिण अफ्रिकामा हुने यू१९ एकदिवसिय विश्वकप खेल्न पाउनेछ । उमेर समुह होस् वा पुरुष सिनियर टोली, महिला क्रिकेट टोलीमै पनि नेपाल ब्याटिङमा पटक पटक संघर्ष गर्ने गरेको छ ।

तर मलेसिया जानुअघि टोलीका भरपर्दा खेलाडी भीम सार्कीले यस पटक नेपालको ब्याटिङ उत्कृष्ट रहेको बताए । ‘टिम निकै परिपक्क र बलियो छ । ८,९ नम्बर सम्म हाम्रो ब्याटिङ छ । बलिङ र फिल्डिङ पनि उतिकै राम्रो छ’ , भीमले भने ।

नेपाली टोलीले पछिल्लो दुई साता भारत भ्रमणमा अभ्यास खेलहरु खेलेको छ । भीम आफैं यस भ्रमणले निकै फाइदा पुगेको बताउँछन् । ‘मैले भारत भ्रमणमा राम्रो प्रर्दशन गरेको छु । यसले आत्मविश्वास बढाएको छ । प्रतियोगितामा सबै टोली बलियानै हुन्छन्,ती बलिया टिमलाई हराउन हामीले पूर्ण रुपमा तयारी गरेका छौं,’ भीमले भने ।

त्यस्तै कप्तान रोहित कुमार पौडेलले पनि यस पटक ब्याटिङ नै बलियो भएको दावी गरे । रोहितले आफ्नो लागि यो अवसर र मौका दुवै रहेको र नेपाल विश्वकपमा छनोटमा विश्वस्त रहेको बताए ।

प्रशिक्षक विनोद दासले विश्वकप खेल्नेमा आत्माविश्वासी रहेको बताए । ‘भारतमा राम्रो पूर्वाधार पायौं । विकेट राम्रो थियो । एक दिनको लागि भारतीय ए टिमका प्रशिक्षक पनि पायौं । सबै खेलमा हामीले २ सय रन सजिलै कटाएका छौं,’दासले भने। प्रशिक्षक दासले यू १९ क्रिकेटमा यूएई,ओमान, कुवेतजस्ता देशमा भारत,पाकिस्तानबाट गएका खेलाडीहरु खेल्ने हुँदा यसै भन्न नसकिने बताए।

प्रशिक्षक दासले भविष्यमा नेपाली क्रिकेटलाई हेरेर रोहितलाई कप्तानी भूमिका दिएको बताएका छन् । ‘सबै खेलाडीलाई मौका दिन आवश्यक छ । पहिला सन्दीपलाई दियौं, त्यसपछि दिपेन्द्र, आशिफलाई हुँदै अहिले रोहितलाई दिएका हौं । यसले भविष्यमा कसले नेतृत्व गर्न सक्छ भन्ने पनि थाहा हुन्छ,’ दासले भने ।

March 21, 2025

एपिएफले सुदूरपश्चिमलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपिएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा हराएको छ । सुदूरपश्चिमविरुद्ध शुक्रवार एपिएफ ३ विकेटले विजयी भयो । १ सय ९२ रनको लक्ष्य एपिएफले ३६.३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । एपिएफका लागि सन्दीप जोराले सर्वाधिक ५१ रन जोडे । उनले ६८ बलमा ५ चौका […]

March 21, 2025

मधेशविरुद्ध कर्णालीको ऐतिहासिक जित

काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेशविरुद्ध ऐतिहासिक जित हासिल गरेको छ । कर्णालीले शुक्रवार मधेशविरुद्ध ८१ रनको ऐतिहासिक जित हात पार्यो । पिएम कपको इतिहासमा मधेशमाथि कर्णालीको पहिलो जित हो । यो जितसॅंगै कर्णालीले शीर्ष ४ को सम्भावना कायमै राखेको छ । २ सय २१ रनको लक्ष्य पछ्याएको मधेश […]

March 21, 2025

नवाजको शतकमा पाकिस्तानको सहज जित

एजेन्सी – हसन नवाजको शतकमा पाहुना टोली पाकिस्तानले तेस्रो टि ट्वान्टी आईमा न्युजिल्यान्डलाई हराएको छ । पाकिस्तानले शुक्रवार ९ विकेटको जित हात पार्यो । जितसॅंगै ५ खेलको टि ट्वान्टी आई सिरिजमा पाकिस्तान २-१ मा पुर्याएको छ । २ सय ५ रनको लक्ष्य पाकिस्तानले १६ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । पाकिस्तानको जितमा नवाजले नट […]

Success

Thank you for your time.