default_image

6 years ago

April 6, 2019

धोनी र डु प्लेसिसको उत्कृष्ट ब्याटिङ

90 views

0 Bookmark

एजेन्सी – ओपनर फाफ डु प्लेसिसको अर्धशतक र कप्तान महेन्द्र सिंह धोनीले आक्रमक रुपमा रन जोडेपछि इन्डिन प्रिमियर लिग(आईपीएल) को १८ औं खेलमा चेन्नई सुपर किंग्सले किंग्स इलाभेन पन्जावलाई १ सय ६१ रनको मध्यम लक्ष्य दिएको छ ।

घरेलु मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको चेन्नईले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय ६० रन बनायो । चेन्नईका लागि ओपनर फाफ डु प्लेसिसले ३८ बलमा ४ छक्का र २ चौका प्रहार गर्दै ५४,शेनवाटशन २६,सुरेश रैना १७ रनमा आउट भए ।

कप्तान महेन्द्रसिंह धोनीले २३ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ३७ रनमा र आम्बाती रायडूले १५ बलमा समान १ चौका र छक्का प्रहार गर्दै २१ रनमा नट आउट रहे । धोनीले १९ औं ओभरमा साम करनलाई १ छक्का र २ चौका प्रहार गर्दै १९ रन बटुले ।

पन्जाबका लागि कप्तान रविचन्द्र आश्विनले ४ ओभरमा २३ रन खर्चेर ३ विकेट लिए बाहेक अन्य कुनै पनि बलरले विकेट लिन सकेनन् ।

March 21, 2025

एपिएफले सुदूरपश्चिमलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपिएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा हराएको छ । सुदूरपश्चिमविरुद्ध शुक्रवार एपिएफ ३ विकेटले विजयी भयो । १ सय ९२ रनको लक्ष्य एपिएफले ३६.३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । एपिएफका लागि सन्दीप जोराले सर्वाधिक ५१ रन जोडे । उनले ६८ बलमा ५ चौका […]

March 21, 2025

मधेशविरुद्ध कर्णालीको ऐतिहासिक जित

काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेशविरुद्ध ऐतिहासिक जित हासिल गरेको छ । कर्णालीले शुक्रवार मधेशविरुद्ध ८१ रनको ऐतिहासिक जित हात पार्यो । पिएम कपको इतिहासमा मधेशमाथि कर्णालीको पहिलो जित हो । यो जितसॅंगै कर्णालीले शीर्ष ४ को सम्भावना कायमै राखेको छ । २ सय २१ रनको लक्ष्य पछ्याएको मधेश […]

March 21, 2025

नवाजको शतकमा पाकिस्तानको सहज जित

एजेन्सी – हसन नवाजको शतकमा पाहुना टोली पाकिस्तानले तेस्रो टि ट्वान्टी आईमा न्युजिल्यान्डलाई हराएको छ । पाकिस्तानले शुक्रवार ९ विकेटको जित हात पार्यो । जितसॅंगै ५ खेलको टि ट्वान्टी आई सिरिजमा पाकिस्तान २-१ मा पुर्याएको छ । २ सय ५ रनको लक्ष्य पाकिस्तानले १६ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । पाकिस्तानको जितमा नवाजले नट […]

Success

Thank you for your time.