default_image

6 years ago

April 6, 2019

विश्वकप छनोट खेल्ने यू१९ टोलीलाई विदाई

118 views

0 Bookmark

काठमाडौं – मलेसियामा अर्को साताबाट सुरु हुने आईसीसी यू-१९ विश्वकप एसिया छनोटको लागि नेपाली यू-१९ क्रिकेट टोली त्यसतर्फ प्रस्थान गर्दैछ ।

काठमाडौंमा आज एक कार्यक्रम गर्दै राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिब केशव कुमार विष्ट र नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीका प्रमुख प्रशिक्षक जगत टमटाले राष्ट्रिय झण्डा प्रशिक्षक विनोद दास र कप्तान रोहित कुमार पौडेललाई हस्तान्तरण गर्दै विदाई गरे । विदाई टोलीमा १४ खेलाडी र ३ अफिसियलसहित कुल १७ जना रहेका छन् । सबै खेलाडीलाई खादा र माला लगाएर विष्टले विश्वकप छनोटको लागि विदाई शुभकामना दिएका थिए । नेपाली टोली आज दिउँसो १ : २५ मा मलेसियातर्फ लाग्ने छ ।

अप्रिल १२ देखी १८ सम्म मलेसियामा हुने प्रतियोगितामा ६ टोलीको सहभागिता रहनेछ । जसमा शीर्षस्थानमा रहने टोलीले अर्को वर्ष दक्षिण अफ्रिकामा हुने यू-१९ एक दिवसिय विश्वकप खेल्न पाउनेछ । जारी प्रतियोगितामा नेपाललाई प्रमुख दावेदार मानिएको छ। कप्तान रोहित र प्रशिक्षक दासले नेपाल विश्वकप खेल्नेमा आफु विश्वत रहेको बताए ।

नेपालले १२ अप्रिलमा सिंगापुरसँग पहिलो खेल खेल्दै प्रतियोगिताको सुरुवात गर्ने छ । दोस्रो खेल १३ अप्रिलमा यूएई,१५ अप्रिलमा मलेसिया,१६ अप्रिलमा ओमान र १८ अप्रिलमा कुवेतसँग खेल्ने कार्यतालिका रहेको छ ।

यू-१९ विश्वकप छनोटका लागि घोषणा भएका १४ सदस्य टोली :

१. रोहित कुमार पौडेल (कप्तान)
२. आशिफ शेख
३. पवन सरार्फ
४. भिम सार्की
५. सन्दीप जोरा
६. सागर ढकाल
७. रित गौतम
८. कमल सिंह ऐरी
९. राशिद खान
१०. सूर्य तामाङ
११. अभिषेक बस्नेत
१२. कुशल मल्ल
१३. हरि बहादुर चौहान
१४. प्रतिस जिसी

अफिसियल:
विनोद दास -प्रमुख प्रशिक्षक
रमन शिवाकोटी – टेक्नीकल म्यानेजर
विक्रम न्यौपाने – फिजियो ।

March 21, 2025

एपिएफले सुदूरपश्चिमलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपिएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा हराएको छ । सुदूरपश्चिमविरुद्ध शुक्रवार एपिएफ ३ विकेटले विजयी भयो । १ सय ९२ रनको लक्ष्य एपिएफले ३६.३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । एपिएफका लागि सन्दीप जोराले सर्वाधिक ५१ रन जोडे । उनले ६८ बलमा ५ चौका […]

March 21, 2025

मधेशविरुद्ध कर्णालीको ऐतिहासिक जित

काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेशविरुद्ध ऐतिहासिक जित हासिल गरेको छ । कर्णालीले शुक्रवार मधेशविरुद्ध ८१ रनको ऐतिहासिक जित हात पार्यो । पिएम कपको इतिहासमा मधेशमाथि कर्णालीको पहिलो जित हो । यो जितसॅंगै कर्णालीले शीर्ष ४ को सम्भावना कायमै राखेको छ । २ सय २१ रनको लक्ष्य पछ्याएको मधेश […]

March 21, 2025

नवाजको शतकमा पाकिस्तानको सहज जित

एजेन्सी – हसन नवाजको शतकमा पाहुना टोली पाकिस्तानले तेस्रो टि ट्वान्टी आईमा न्युजिल्यान्डलाई हराएको छ । पाकिस्तानले शुक्रवार ९ विकेटको जित हात पार्यो । जितसॅंगै ५ खेलको टि ट्वान्टी आई सिरिजमा पाकिस्तान २-१ मा पुर्याएको छ । २ सय ५ रनको लक्ष्य पाकिस्तानले १६ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । पाकिस्तानको जितमा नवाजले नट […]

Success

Thank you for your time.