default_image

6 years ago

April 6, 2019

वर्षाका कारण ‘मातृभूमि कप’ स्थगित

97 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राजधानीमा निरन्तर वर्षाका कारण धुर्मुस- सुन्तली फाउण्डेसनद्धारा निमार्णधीन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निमार्ण सहयोगार्थ आयोजना गर्न लागेको मैत्रीपूर्ण क्रिकेट ‘मातृभूमि कप’ स्थगित भएको छ ।

नेपाली राष्ट्रिय टिमका कप्तान पारस खड्का र उप कप्तान ज्ञानेन्द्र मल्लको टिमबीच आज मातृभूमि कप मैत्रीपूर्ण क्रिकेट हुने कार्यक्रम रहेको थियो । मातृभूमि कप मैत्रीपूर्ण क्रिकेटमा पारस खड्काले राष्ट्रिय टिम ‘ए’ र ज्ञानेन्द्र मल्लले राष्ट्रिय टिम ‘बी’ को कप्तानी गर्ने थिए । वर्षका कारण टियू क्रिकेट मैदानमा हुने खेल अर्को मितिका लागि स्थगित गरिने आयोजकले जनाएको छ ।

मातृभूमि कप मैत्रीपूर्ण क्रिकेट अझ रोचक बनाउन दर्शकहरुको लागि आर्टिस्ट ‘ए’ र आरिट्स ‘बी’ बीच पनि प्रतिस्पर्धा हुने कार्यक्रम रहेको थियो । अब यो कार्यक्रम पनि अर्को मितिलाई सारिएको छ  । टोली ‘ए’ को कप्तानी मदनकृष्ण श्रेष्ठ र टोली ‘बी’ को हरिवंश आचार्यले कप्तानी गर्नेछन् । सहयोग रकम पनि संकलन होस् र दर्शकलाई पनि भार नपरोस् भन्ने उद्देश्यले टिकट मुल्य रु ३ सय र १ हजार राखिएको छ ।

कप्तान पारस खड्काको टिम ‘ए’ मा शरद भेषावकर, सोमपाल कामी,अनिलकुमार शाह, ललितनारायण राजवंशी, अभिनास बोहरा, सन्दीप जोरा, भुवन कार्की, सुनिल धमला, रोहित कुमार पौडेल, कमल सिंह ऐरी र आरिफ शेख रहेका छन् । मल्लको टिम ‘बी’ मा विनोद भण्डारी, दिपेन्द्रसिंह ऐरी, वसन्त रेग्मी, करण केसी, ललितसिंह भण्डारी, भीम सार्की, पवन सरार्फ, विक्रम शोब, सुसन भारी, दिलिप नाथ र प्रदीप ऐरी छन् ।

विनाशकारी भूकम्पपछि चारवटा एकिकृत बस्ती निर्माण गरेको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवनमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको थालनी गरिसकेको छ। जनस्तरबाट बन्ने गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला २० विगाह ८ कठ्ठा क्षेत्रफलमा बनाईने छ । चितवनमा बन्ने क्रिकेट रंगशाला कमलको फुल आकारको हुने योजना रहेको छ । रंगशालामा २५ हजार दर्शक क्षमताको हुनेछ । बहुउपयोगी हुने यो रंगशालाभित्र त्रिकेट प्रशिक्षण मैदान, फुटबल, भलिबल बास्केटबल, ब्याडमिन्टन, स्वीमिङपुल र फिटनेस सेन्टरसम्म रहनेछ ।

रंगशालामा बाहिरी भागमा नेपाल चिनाउने सम्पदाहरु समावेश गरिनेछ । जसमा एक सिंगे गैंडा, हात्ती, पाटेबाघ लगायत जनावरहरुको धातुको मुर्ति रहनेछन् । त्यस्तै नेपालका पर्यटकीय स्थलहरुलाई चिनाउने सामग्रीहरु पनि राखिनेछन् । क्रिकेट खेलाडीहरु उत्पादन गर्न एकेडेमी पनि रंगशालाभित्र रहनेछ । समग्रमा रंगशालालाई स्पोट्र्स हबका रुपमा विकास गर्ने बताइएको छ । धुर्मुस–सुन्तली फाउन्डेसनले निमार्ण गरेको २ वर्षभित्र रंगशाला निर्माण गरी भरतपूर महानगरलाई हस्तान्तरण गर्ने छ । रंगशाला निर्माणमा ३ अर्ब रुपैयाँ लागतको अनुमान गरिएको छ । जुन रंगशाला जनस्तरको सहयोगबाट निर्माण हुने छ ।

March 21, 2025

एपिएफले सुदूरपश्चिमलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपिएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा हराएको छ । सुदूरपश्चिमविरुद्ध शुक्रवार एपिएफ ३ विकेटले विजयी भयो । १ सय ९२ रनको लक्ष्य एपिएफले ३६.३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । एपिएफका लागि सन्दीप जोराले सर्वाधिक ५१ रन जोडे । उनले ६८ बलमा ५ चौका […]

March 21, 2025

मधेशविरुद्ध कर्णालीको ऐतिहासिक जित

काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेशविरुद्ध ऐतिहासिक जित हासिल गरेको छ । कर्णालीले शुक्रवार मधेशविरुद्ध ८१ रनको ऐतिहासिक जित हात पार्यो । पिएम कपको इतिहासमा मधेशमाथि कर्णालीको पहिलो जित हो । यो जितसॅंगै कर्णालीले शीर्ष ४ को सम्भावना कायमै राखेको छ । २ सय २१ रनको लक्ष्य पछ्याएको मधेश […]

March 21, 2025

नवाजको शतकमा पाकिस्तानको सहज जित

एजेन्सी – हसन नवाजको शतकमा पाहुना टोली पाकिस्तानले तेस्रो टि ट्वान्टी आईमा न्युजिल्यान्डलाई हराएको छ । पाकिस्तानले शुक्रवार ९ विकेटको जित हात पार्यो । जितसॅंगै ५ खेलको टि ट्वान्टी आई सिरिजमा पाकिस्तान २-१ मा पुर्याएको छ । २ सय ५ रनको लक्ष्य पाकिस्तानले १६ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । पाकिस्तानको जितमा नवाजले नट […]

Success

Thank you for your time.