6 years ago
April 5, 2019
एजेन्सी- आगामी मे ३० देखी इंग्ल्यान्ड र वेस्समा हुने वान डे विश्वकप अघि अफगानिस्तान क्रिकेट बोर्डले टोलीमा केहि फेरबदल गरेको छ ।
शुक्रबार असगर अफ्गानलाई कप्तानीबाट हटाउएको छ । जसमा तीनै फ्रम्यार्टको लागि तीन नयाँ कप्तान नियुक्त गरेको छ । अफगानिस्तान क्रिकेट बोर्डले लेग स्पिनर राशिद खानलाई टी २० कप्तानको जिम्मा दिएको छ । गुलबदीन नाइबलाई वान डे र राहमत शाहलाई टेस्ट कप्तानको जिम्मा दिएको जनाएको छ ।
राशिद खानले यस अघि गत वर्ष विश्वकप छनोटमा पनि अफगानिस्तानको कप्तानी सम्हालेका थिए । त्यसबेला नियमित कप्तान अश्गर घाइते थिए । शाह र गुलबदिनले पहिलो पटक कप्तानी गर्न लागेका हुन् । असगर अफगानी सन् २०१५ मा अफगानिस्तानको कप्तान बनेका थिए । उनको महत्वपूर्ण उपलब्धी अफगानिस्तानलाई टेष्ट मान्यता,पहिलो टेस्ट सिरिज रह्यो ।
January 19, 2025
हिमाल खरेल, बिर्तामेड झापाको बुद्धशान्तिमा रहेको बर्खा स्मृति प्रतिष्ठानले नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दलाई खेलमैदान र प्रतियोगिताबारे जानकारी गराएको छ । प्रतिष्ठानले आयोजना गर्दै आएको झापाका पालिकाहरुबीचको पुरुष टि ट्वान्टी क्रिकेट प्रतियोगिता र खेल मैदानको अवस्थाबारे जानकारी गराएको प्रतिष्ठानका अध्यक्ष मदन प्रसाईंले जानकारी दिए । चन्द नेतृत्वको क्यानको एक टोलीले बुद्धशान्ति ३ […]
January 19, 2025
एजेन्सी – भारतीय क्रिकेट टिमका कप्तान रोहित शर्मा ९ वर्ष पछि रणजी ट्रफीमा पुनरागमन गदैछन् । जनवरी २३ देखि सुरु हुने रणजी ट्रफीको अर्को चरणको खेलका लागि आफ्नो सहभागिता रहने रोहितले पुष्टि गरेका छन् । भारत र अस्ट्रेलियामा पछिल्ला आठ टेस्टमा खराब प्रदर्शन गरेपछि रोहितको फर्ममाथि प्रश्न उठेको छ । बिसिसिआईले केन्द्रीय सम्झौतामा रहेका सबै […]
January 19, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दीपेन्द्रसिंह ऐरी सम्मिलित गल्फ जायन्ट्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा पहिलो जित हासिल गरेको छ । गल्फले शनिवार दुवई क्यापिटल्सलाई ६ विकेटले पराजित गरेको छ । गल्फले चौथो खेलिसक्दा दीपेन्द्रले भने लिगमा डेब्युको अवसर पाएका छैनन् । १ सय ६६ रनको लक्ष्य गल्फले १८.१ ओभरमा ४ विकेट […]