6 years ago
April 5, 2019
एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) को १७ औं खेलमा आज रोयल च्यालेन्जर्स बेंगलोर कोलकता नाइटराइडर्सबीच प्रतिसप्रर्धा हुदै छ । खेल नेपाली समय अनुसार बेलुका ८ : १५ देखी सुरु हुनेछ ।
यी दुईबीच आईपीएलमा हालसम्म २३ खेल हुँदा कोलकताले १३ खेलमा जित निकाल्दा ९ खेलमा पराजित भएको छ । बेंगलोर पहिलो जितको खोजिमा हुँदा कोलकता चौथो जितको खोजिमा छ । जारी प्रतियोगितामा जित विहिन बेंगलोर एक्लो टिम हो । सुरुवाती ४ खैलमै पराजित भएको बेंगलोरको अघिल्लो चरणको यात्रा कठिन बन्न थालि सकेको छ । स्टार खेलाडीले भरिएको बेंगलोरले एउटै गल्ती बारम्बार दोहोराई राख्दा कप्तान विराट कोहलीको कप्तानीमै प्रश्न उठेको छ । विराटले चर्को आलोचना खेपि रहेका छन् । बेंगलोरले यी ३ कमजोरी सुधार गर्न सके जारी प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गर्न सक्छ ।
१.ओपनर समस्याको सहि विकल्प एवी डी भिलियर्स
बेंगलोरले सुरुवाती ४ खेलमा खराव ब्याटिङ गर्नुमा ओपनर जोडीको खराव प्रर्दशन पनि एक हो । हरेक खेलमा ठूलो स्कोर बनाउन राम्रो सुरुवात हुन आवश्यक छ । हैदरावादले बेंगलारविरुद्ध २ सय ३१ रनको विशाल योगफल तयार पारेको थियो । जसमा ओपनर डेविड वार्नर र जोनी बेयरस्टोले पहिलो विकेटका लागि १ सय ८५ रनको साझेदारी गरेका थिए ।
राम्रो सुरुवात विना राम्रो स्कोर बन्न सक्दैन भन्ने हैदरावादको ओपनिङ ब्याटिङबाट प्रस्ट हुन्छ । बेंगलोरले चारै खेलमा फरक फरक ओपनरलाई मैदान उतारेको छ । चेन्नईसँग विराट कोहली– पार्थिव पर्टेल, मुम्बईसँग पार्थिप पर्टेल –मोईन अली,हैदरावादसँग पटेल र शिम्ररोन हिटमायर तथा राजस्थानसँग कोहली र पटेललाई ओपनरको रुपमा मैदान उत्रिए । तर कुनैपनि ओपनर जोडीले राम्रो साझेदारी गर्न सकेनन् । पहिला त बेंगलोरले एउटै ओपनर जोडी खेलाउन आवश्यक छ । फरक फरक ओपनर जोडी खेलाउदा स्वत प्रर्दशनमा असर पुग्न जान्छ ।
जसको सहि विकल्प एवी डी भिलियर्स र पार्थिप पटेल हुन सक्छन् । पटेलले एक तर्फबाट रक्षात्मक खेल्दा अर्कोतर्फबाट डी भिलियर्सले आक्रमक खेल्दै पावर प्लेरमा राम्रो रन जोड्दै विपक्ष्यका बलरलाई दाववमा राख्नदा मिडिल अडरका ब्याट्सम्यानलाई रन बनाउन सहज हुन सक्छ ।
निश्चित ब्याटिङक्रम
जारी प्रतियोगितामा बेंगलोरले निरन्तर खराव प्रर्दशन गर्नुको अर्को कारण हो ब्याटिङ अडरमा निरन्तर परिवर्तन । ओपनर जोडी ४ खेलमा ३ मा फरक उतारेको छ । त्यस्तै टप अडरका ब्याट्सम्यान शिम्ररोन हिटमायर,डीभिलियर्स,शिवम दुबे,मोईन अलीलाई पनि हरेक खेलमा फरक ब्याटिङ नम्बरमा खेलाउदा उनीहरुको प्रर्दशनमा असर पर्न गएको देखिन्छ । त्यस कारण बेंगलोरले ओपनर देखी फिनिसर सम्म सबै खेलाडीलाई एउटै ब्याटिङ नम्बरमा खेलाउन आवश्यक छ । जसको कारण उनीहरुको प्रर्दशनमा असर पर्दैन ।
डेर्थ ओभरमा सहि विकल्प नाईल र टिम साउदी
बेंगलोर ब्याटिङमा मात्र होइन बलिङमा पनि कमजोर देखिएको छ । बेंगलोरका बलरले १५-२० ओभर सम्म सर्वाधिक रन खर्चेका छन् । यस अर्थमा बेंगलोरको डेर्थ ओभर निकै कमजोर देखिन्छ । मोहम्मद सिराज,सन्दीप सैनी डेर्थ ओभरमा सफल हुन सकेका छैनन् । बेंगलोरले हरेक खेलको डेर्थ ओभरमा रन रोक्न आवश्यक छ । बेंगलोरसँग न्युजिल्यान्डका तीब्र गतिका बलर टिम साउदी र अष्ट्रेलियन नाथन कुल्टर नाईल जस्ता अनुभवी तीब्र गतिका बलर छन् । सुरुवाती ४ खेलमा दुबै बेन्चमा बसे । यी दुई बलर डेर्थ ओभरका लागि सहि विकल्प सावित हुन सक्छन् । यी दुबैमा डेर्थ ओभर बलिङको राम्रो अनुभव छ ।
March 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपिएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा हराएको छ । सुदूरपश्चिमविरुद्ध शुक्रवार एपिएफ ३ विकेटले विजयी भयो । १ सय ९२ रनको लक्ष्य एपिएफले ३६.३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । एपिएफका लागि सन्दीप जोराले सर्वाधिक ५१ रन जोडे । उनले ६८ बलमा ५ चौका […]
March 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेशविरुद्ध ऐतिहासिक जित हासिल गरेको छ । कर्णालीले शुक्रवार मधेशविरुद्ध ८१ रनको ऐतिहासिक जित हात पार्यो । पिएम कपको इतिहासमा मधेशमाथि कर्णालीको पहिलो जित हो । यो जितसॅंगै कर्णालीले शीर्ष ४ को सम्भावना कायमै राखेको छ । २ सय २१ रनको लक्ष्य पछ्याएको मधेश […]
March 21, 2025
एजेन्सी – हसन नवाजको शतकमा पाहुना टोली पाकिस्तानले तेस्रो टि ट्वान्टी आईमा न्युजिल्यान्डलाई हराएको छ । पाकिस्तानले शुक्रवार ९ विकेटको जित हात पार्यो । जितसॅंगै ५ खेलको टि ट्वान्टी आई सिरिजमा पाकिस्तान २-१ मा पुर्याएको छ । २ सय ५ रनको लक्ष्य पाकिस्तानले १६ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । पाकिस्तानको जितमा नवाजले नट […]