6 years ago
April 5, 2019
काठमाडौं – रोहितकुमार पौडेल नेपाली क्रिकेटका उदीयमान खेलाडी हुन् । यू-१९ राष्ट्रिय टोली र घरेलु क्रिकेटमा राम्रो प्रदर्शन गर्दै सिनियर टोलीमा स्थान बनाएका रोहितले अन्तर्राष्ट्रिय स्तरमा पनि आफूलाई प्रमाणित गरिसकेका छन् ।
पछिल्लो समय निकै चर्चामा रहेका रोहितले यसपटक विश्वकप छनोटमा नेपाल यू-१९ राष्ट्रिय टोलीको कप्तानी पनि गर्दैछन् । विश्वकप छनोट खेल्न नेपाली यू १९ टोली शनिबार मलेसियातर्फ प्रस्थान गर्दै छ । ६ राष्ट्र आईसीसी यू१९ एसिया विश्वकप छनोट शीर्षस्थानमा रहने टोलीले आगामी वर्ष दक्षिण अफ्रिकामा हुने यू१९ विश्वकप खेल्न पाउने छ ।
रोहितसँग हाम्रोखेलकुद डट कमका सुबास हुमागाईंले रोमान्चक १२–२७ कुरा गरेका छन् । प्रस्तुत छ उक्त १२–२७ कुरा को सम्पादीत अंश :
१. कहिलेबाट खेल्न सुरु गर्नु भयो ?
१२ वर्षको पुग्दा ।
२.पहिलो पटक पदक जित्दा कस्तो महसुस भयो ?
खुसी नै लागेको थियो त्यस बेला । पोखरा प्रिमियर लिग ।
३. क्रिकेटमा कसरी लाग्नु भयो ?
क्रिकेटमा पहिला खेल्थे नि टेनिस बल । नेपालले २०१४ विश्वकप खेल्यो बंगलादेशमा नि त्यसपछि क्रिकेटमा लागेको हुँ ।
४. कुन फोन चलाउनु हुन्छ र फोन किन्दाको मूल्य ?
आईफोन एक्स,१ लाख ४४ हजार ।
५. कुन सवारी चढ्नुहुन्छ र मूल्य ?
एमाह एफ जेड एस क्यु । ठ्याक्कै थाहा भएन, ३ लाख ।
६. वार्षिक कति कमाउनु
वार्षिक झन्डै ६ लाख ।
७. खेलाडी नबनेको भए के गर्नु हुन्थ्यो होला ?
खेलाडी नै नबनेको भए त्यस्तो सोचेको त छैन । खै, व्यापार गर्थे होला केहि ।
८. शैक्षिक योग्यता कति छ ?
अहिले त पढि रहेको छैन । किन भने खेलरुले गर्दा छोडीसके ।
९. कस्तो फिल्म हेर्नुहुन्छ र पछिल्लो पटक हरेको फिल्म ?
रियल लाइफ स्टोरीहरु हेर्न मन पर्छ । पछिल्लो पटक हेरेको ‘शादी में जरुर आना’ ।
१०. सबैभन्दा मनपर्ने नायक र नायिका ?
नायिका श्रद्धा कपुर र नायक सलमान खान
११. सबैभन्दा मन पर्ने गायक र गायिका ?
अरिजित सिंह
१२. अहिलेको दिनहरुमा सबैभन्दा धेरै पटक सुनेको गीत ?
इन्स्टाको फोटो
१३. सिंगल
म सिंगल हो ।
१४. किताब कतिको पढ्नु हुन्छ रु पछिल्लो पटक पढेको किताब ?
किताब पढ्दीन ।
१५. अहिलेसम्म कति देश पुग्नु भयो रु सबैभन्दा पुग्न इच्छा भएको देश ?
८,९ पुग्यो होला । मन परेको यूके ।
१६. नेपालमा सबैभन्दा मनपर्ने ठाउँ ?
नेपालमा मन पर्ने मुस्ताङ हो । अहिले सम्म गएको छैन । जाने ईच्छा छ ।
१७. सबैभन्दा मनपर्ने खानेकुरा ?
विरयानी
१८. खाना बनाउनु हुन्छ रु आफैले पकाएको सबैभन्दा मिठो के लाग्छ ?
अँ बनाउँछु । सबै भन्दा मिठो चिकेन बनाउँछु ।
१९. सामाजिक सञ्जाल कतिको चलाउनु हुन्छ र प्रेम प्रस्ताव कतिको आउँछ ?
चलाउँछु । प्रमे पस्ताव त्यस्तो आउदैन । म त्यस्तरी सबैसँग बोल्दैन ।
२०. पहिलो कमाई के गर्नु भयो ?
यू-१९ टोलीबाट श्रीलंका गएको थिए । त्यहाँको भत्ताले परिवारका सबैलाई केहि न केहि किनेर ल्याएको थिए ।
२१. खेल जीवनमा सबैभन्दा खुसी भएको क्षण ?
करण दाईको इनिङ । १४ फेब्रुअरी विश्वकप क्वालीफायर खेल्नु भएको थियो । त्यहि हो ।
२२. फुर्सदको समयमा के गर्नु हुन्छ ?
यतिकै बस्नी मोवाईल चलाउदै बस्नी ।
२३. आफुले चाहेर पनि गर्न नसकेको काम ?
…..त्यस्तो त केहि छैन । त्यहि विश्वकपका कतिपय खेलहरुमा कतिमा फिनिस गर्न सकेको छैन ।
२४. राष्ट्रिय टोलीमा सबैभन्दा मिल्ने साथी र आशालाग्दो खेलाडी ?
राष्ट्रिय टोलीमा मिल्ने साथी करण दाई । आशालाग्दो खेलाडी कुशल मल्ल ।
२५. मनपर्ने अन्तराष्ट्रिय टोली र खेलाडी ?
रोहित शर्मा
२६. तपाईको नजरमा क्रिकेट खेलको विकास कसरी होला ?
मुख्य कुरा त क्रिकेट स्टेडियम बनाउनु पर्यो ।
२७. आफ्ना शुभेच्छुकहरुलाई के भन्न चाहनुहुन्छ ?
समर्थन गर्नुभएको मा धन्यवाद । आगमी दिनमा पनि यसरी नै सहयोग गर्दै गर्नुहोला ।
March 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपिएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा हराएको छ । सुदूरपश्चिमविरुद्ध शुक्रवार एपिएफ ३ विकेटले विजयी भयो । १ सय ९२ रनको लक्ष्य एपिएफले ३६.३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । एपिएफका लागि सन्दीप जोराले सर्वाधिक ५१ रन जोडे । उनले ६८ बलमा ५ चौका […]
March 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेशविरुद्ध ऐतिहासिक जित हासिल गरेको छ । कर्णालीले शुक्रवार मधेशविरुद्ध ८१ रनको ऐतिहासिक जित हात पार्यो । पिएम कपको इतिहासमा मधेशमाथि कर्णालीको पहिलो जित हो । यो जितसॅंगै कर्णालीले शीर्ष ४ को सम्भावना कायमै राखेको छ । २ सय २१ रनको लक्ष्य पछ्याएको मधेश […]
March 21, 2025
एजेन्सी – हसन नवाजको शतकमा पाहुना टोली पाकिस्तानले तेस्रो टि ट्वान्टी आईमा न्युजिल्यान्डलाई हराएको छ । पाकिस्तानले शुक्रवार ९ विकेटको जित हात पार्यो । जितसॅंगै ५ खेलको टि ट्वान्टी आई सिरिजमा पाकिस्तान २-१ मा पुर्याएको छ । २ सय ५ रनको लक्ष्य पाकिस्तानले १६ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । पाकिस्तानको जितमा नवाजले नट […]