6 years ago
April 5, 2019
एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) को १६ औं खेलमा दिल्ली क्यापिटल्सलाई ५ विकेटले हराउँदै सनराइजर्स हैदरावाद अंक तालिकामा शिर्ष स्थानमा उक्लिएको छ । हैदरावादको यो तेस्रो जित हो ।
१ सय ३० रनको लक्ष्य पछ्याएको हैदरावादले ९ बल अगाडी ५ विकेट गुमाउँदै पुरा गर्यो । हैदरावादको जितमा ओपनर जोनी बेयरस्टोले २८ बलमा ९ चौका र १ छक्का प्रहार गर्दै ४८ रनमा आउट भए । विजय शंकर १६ तथा डेविड वार्नर, मनिष पान्डे र दिपक हुड्डाले समान १० रन जोडे । मोहम्मद नाबी १७ र युसुफ पठान ९ रनमा अविजित रहे ।
दिल्लीका लागि सन्दीप लामिछाने,अक्षर पटेल, ईशान्त शर्मा, कागीसो रबाडा र राहुल टेवाटियाले समान १ विकेट लिए । सन्दीपले ४ ओभरमा ३२ रन खर्चेका थिए ।
त्यस अघि घरेलु मैदान फिरोज शाह कोटलामा टस हारेर ब्याटिङ थालेको दिल्लीले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय २९ रन बनाएको थियो । दिल्लीका लागि कप्तान श्रेयस ऐरले ४१ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै ४३ रन बनाए ।
ओपनर पृथ्वी शालाई तेस्रो ओभरको दोस्रो बलमा भुवनेश्वर कुमारले ११ रनमा बोल्ड आउट गरे । अर्का ओपनर शिखर धवनलाई छैटौं ओभरको अन्तिम बलमा मोहम्मोद नाबीले १२ रनमा सन्दीप शर्माबाट क्याच आउट गराए । १० औं ओभरको पहिलो बलमा नाबीले ऋषभ पन्तलाई ५ रनमा क्याच आउट गराएपछि दिल्ली दवावमा परेको थियो ।
दिल्लीको एकतर्फबाट निरन्तर विकेट गुम्दा अर्को तफबाट रन जोड्न खोजि रहेका कप्तान ऐरलाई १७ ओभरको पहिलो बलमा राशिद खानले बोल्ड आउट गरेपछि दिल्ली सस्तैमा समेटिएको हो । दिल्लीका अन्य क्रिस मोरिस १७, कोलिन इनग्राम र राहुल तेवतिया समान ५,कागीसो रबाडा ३ रनमा आउट हुँदा अक्षर पेटल २३ रनमा अविजित रहे ।
हैदरावादका मोहम्मद नाबीले ४ ओभरमा २१ रन खर्चेर २ विकेट लिए । भुवनेश्वर कुमार र सिद्धार्थ कौलले २ तथा राशिद खान र सन्दीप शर्माको नाममा एक विकेट रह्यो ।
यो सँगै हैदरावाद ४ खेलमा ३ मा जित र १ मा हारका साथ ६ अंक जोड्दै शिर्ष स्थानमा उक्लिएको छ । किंग्स इलाभेन पन्जाव र चेन्नई सुपर किंग्स क्रमश: दोस्रो र तेस्रो स्थानमा छन् । चेन्नई र पन्जावले समान ४ खेलमा ३ मा जित र १ मा हार ब्योहोरेका छन् ।
यस्तो रह्यो सन्दीपको ४ ओभर:
दिल्लीले सन्दीपलाई पहिलो ओभरमै बलिङ ल्याएको थियो । ओपनर डेविड वार्नरलाई सुरुवाती तीन बल डट गराएका सन्दीपले चौथो बलमा १ रन दिए । पाँचौ बलमा जोनी बेयरस्टोले सन्दीपलाई चौका प्रहार गर्दै खाता खोले । अन्तिम बलमा १ रन खर्चिए ।
तेस्रो ओभरमा सन्दीपले १३ रन खर्चिए । बेयरस्टोले सन्दीपलाई पहिलो ओभरमा छक्का,दोस्रो बलमा चौका प्रहार गरे । तेस्रो बलमा १ रन लिदै स्ट्राइक वार्नरलाई दिए । वार्नरले चौथो बलमा २ र पाँचौ बलमा एलवी डब्लू आउटको अपिल गरे पनि त्यो सफल हुन सकेन । अन्तिम बल पनि सन्दीपले डट गराए ।
९ औं ओभरमा सन्दीपले ५ रन मात्र खर्चिए । पहिलो र दोस्रो बलमा विजय शंकरलाई डट गराएका सन्दीपले तेस्रो बलमा दुई रन खर्चिए । चौथो बलमा शंकले १ रन लिए । पाँचौ बलमा मनिष पान्डेलाई डट गराउँदा अन्तिम बलमा दुई रन खर्चिए ।
सन्दीपले १६ औं ओभरमा ८ रन खर्चिएर १ विकेट लिए । यस ओभरको तेस्रो बलमा युसुफ पठानले चौका प्रहार गरेका थिए । अन्तिम बलमा दिपक हुड्डालाई कागीसो रबडाबाट १० रनमा क्याच आउट गराए ।
March 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपिएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा हराएको छ । सुदूरपश्चिमविरुद्ध शुक्रवार एपिएफ ३ विकेटले विजयी भयो । १ सय ९२ रनको लक्ष्य एपिएफले ३६.३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । एपिएफका लागि सन्दीप जोराले सर्वाधिक ५१ रन जोडे । उनले ६८ बलमा ५ चौका […]
March 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेशविरुद्ध ऐतिहासिक जित हासिल गरेको छ । कर्णालीले शुक्रवार मधेशविरुद्ध ८१ रनको ऐतिहासिक जित हात पार्यो । पिएम कपको इतिहासमा मधेशमाथि कर्णालीको पहिलो जित हो । यो जितसॅंगै कर्णालीले शीर्ष ४ को सम्भावना कायमै राखेको छ । २ सय २१ रनको लक्ष्य पछ्याएको मधेश […]
March 21, 2025
एजेन्सी – हसन नवाजको शतकमा पाहुना टोली पाकिस्तानले तेस्रो टि ट्वान्टी आईमा न्युजिल्यान्डलाई हराएको छ । पाकिस्तानले शुक्रवार ९ विकेटको जित हात पार्यो । जितसॅंगै ५ खेलको टि ट्वान्टी आई सिरिजमा पाकिस्तान २-१ मा पुर्याएको छ । २ सय ५ रनको लक्ष्य पाकिस्तानले १६ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । पाकिस्तानको जितमा नवाजले नट […]