6 years ago
April 4, 2019
एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) को १६ औं खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेले सनराइजर्स हैदरावादविरुद्ध सुरुवाती २ ओभरमा फितलो प्रर्दशन गरेका छन् ।
सन्दीपले सुरुवाती २ ओभरमा १९ रन खर्चिदा कुनै विकेट लिन सकेका छैनन् । सामान्य लक्ष्य दिएको दिल्लीले सन्दीपलाई पहिलो ओभरमै बलिङ ल्याएको थियो । ओपनर डेविड वार्नरलाई सुरुवाती तीन बल डट गराएका सन्दीपले चौथो बलमा १ रन दिए । पाँचौ बलमा जोनी बेयरस्टोले सन्दीपलाई चौका प्रहार गर्दै खाता खोले । अन्तिम बलमा १ रन खर्चिए ।
तेस्रो ओभरमा सन्दीपले १३ रन खर्चिए । बेयरस्टोले सन्दीपलाई पहिलो ओभरमा छक्का,दोस्रो बलमा चौका प्रहार गरे । तेस्रो बलमा १ रन लिदै स्ट्राइक वार्नरलाई दिए । वार्नरले चौथो बलमा २ र पाँचौ बलमा एलवी डब्लू आउटको अपिल गरे पनि त्यो सफल हुन सकेन ।
सन्दीपले कप्तान श्रेयस ऐरलाई रिभ्यु लिन भनेपछि लिइएको रिभ्यु असफल भएको थियो । अन्तिम बल पनि सन्दीपले डट गराए । १ सय ३० रनको लक्ष्य पछ्याएको हैदरावादले यो समचार तयार पार्दासम्म ५ ओभरमा बिना कुनै विकेटको क्षतिमा ४८ रन बनाउँदै सहज जिततर्फ लम्केको छ ।
March 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपिएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा हराएको छ । सुदूरपश्चिमविरुद्ध शुक्रवार एपिएफ ३ विकेटले विजयी भयो । १ सय ९२ रनको लक्ष्य एपिएफले ३६.३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । एपिएफका लागि सन्दीप जोराले सर्वाधिक ५१ रन जोडे । उनले ६८ बलमा ५ चौका […]
March 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेशविरुद्ध ऐतिहासिक जित हासिल गरेको छ । कर्णालीले शुक्रवार मधेशविरुद्ध ८१ रनको ऐतिहासिक जित हात पार्यो । पिएम कपको इतिहासमा मधेशमाथि कर्णालीको पहिलो जित हो । यो जितसॅंगै कर्णालीले शीर्ष ४ को सम्भावना कायमै राखेको छ । २ सय २१ रनको लक्ष्य पछ्याएको मधेश […]
March 21, 2025
एजेन्सी – हसन नवाजको शतकमा पाहुना टोली पाकिस्तानले तेस्रो टि ट्वान्टी आईमा न्युजिल्यान्डलाई हराएको छ । पाकिस्तानले शुक्रवार ९ विकेटको जित हात पार्यो । जितसॅंगै ५ खेलको टि ट्वान्टी आई सिरिजमा पाकिस्तान २-१ मा पुर्याएको छ । २ सय ५ रनको लक्ष्य पाकिस्तानले १६ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । पाकिस्तानको जितमा नवाजले नट […]