default_image

6 years ago

April 4, 2019

हार्दिक चम्केपछि मुम्बईले चेन्नईलाई हरायो

114 views

0 Bookmark

एन्जेसी – हार्दिक पान्ड्याको उत्कृष्ट अलराउन्ड प्रर्दशनमा इन्डियन प्रिमियर लिग (आईपीएल) को १५ औं खेलमा मुम्बई इन्डियन्सले चेन्नई सुपर किंग्सलाई ३७ रनले पराजित गरेको छ । बुधबार राती सम्पन्न खेलमा चेन्नईलाई हराउँदै दोस्रो जित निकालेको हो ।

१ सय ७१ रनको विजयी लक्ष्य पछ्याएको चेन्नईले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ३३ रन मात्र बनाउन सक्यो । चेन्नईका लागि केदार जाधवले ५४ बलमा ८ चौका १ छक्का प्रहार गर्दै ५८ रनमा क्याच आउट भए ।

पहिलो ओभरको चौथो बलमै ओपनर आम्बती रायडूलाई जोसन बेहरनडोफले विकेटकीपर क्विन्टन डी ककबाट शून्यमा पेभिलिए फर्काए । दोस्रो ओभरको दोस्रो बलमा मलिङ्गाले शेन वाटशनलाई ५ रनमा क्याच आउट गराए । पाँचौ ओभरको अन्तिम बलमा बेहरनडोफको बलमा छक्का प्रहार गर्न खोज्दा बाउन्ड्री नजिकै किराण पोलार्डले सुरेश रैनाको उत्कृष्ट क्याच लिएपछि चेन्नई संकटमा परेको थियो ।

हार्दिक पान्ड्याले १५ ओभरको पहिलो बलमा महेन्द्रसिंह धोनीलाई १२ र चौथो बलमा रविन्द्र जडेजालाई १ रनमा क्याच आउट गराएपछि चेन्नईको जित कठिन बनेको थियो । चेन्नईको विकेट पतन निरन्तर जारी रह्यो । रैना १६,ड्वेन ब्राभो ८,दिपक चाहार ७ रनमा आउट हुँदा सार्दुल ठाकुर १२ रनमा अविजित रहे । मुम्बईको जितमा लाथिस मलिङ्गाले ४ ओभरमा ३४ रन खर्चेर ३ विकेट लिए । त्यस्तै हार्दिक पान्ड्याले ४ ओभरमा २० रन खर्चेर ३ विकेट लिए । जोशन बेहरनडोफको नाममा २ विकेट रह्यो ।

त्यस अघि घरेलु मैदान वानखडेमा टस हारेर ब्याटिङ थालेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ७० रन बनाएको थियो । मुम्बईका मिडिल अडरका सुर्य कुमार यादवले ४३ बलमा ८ चौका र १ छक्का प्रहार गर्दै ५९ रन जाडे । यादव ठूलो शट खेल्न खोज्दा १८ ओभरको अन्तिम बलमा ड्वेन ब्राभोले रविन्द्र जडेजाबाट क्याच आउट गराए ।

कप्तान रोहित शर्मा १३,क्विन्टन डी कक र युवराज सिंह समान ४ रनमा आउट भएपछि दवावमा परेको मुम्बईलाई चौथो विकेटका लागि क्रुनाल पान्ड्या र यादवले विकेटको ६२ रनको साझेदारी गर्दै सम्मानजनक लक्ष्य सम्म पुर्याए । कु्रनाल पान्ड्याले ३२ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ४२ रन जोडे । हार्दिक पान्ड्याले ८ बलमा ३ छक्का र १ चौका प्रहार गर्दै २५ रनमा अविजित रहे । किराण पोलार्डले ७ बलमा २ छक्काप्रहार गर्दै १७ रनमा अविजित रहे ।अन्तिम दुई ओभरमा मुम्बईले ४५ रन जोडेपछि बलियो अवस्थामा पुगेको हो ।

अन्तिम ओभरमा ब्राभोलाई पोलार्डले तेस्रो बलमा छक्का,पान्ड्याले चौथो बलमा छक्का,पाँचौ बलमा चौका प्रहार र अन्तिम बलमा छक्का प्रहार गर्दै २९ रन बटुलेपछि मुम्बई बलियो अवस्थामा पुग्यो । चेन्नईका लागि मोहित शर्मा,इमरान ताहिर,रविन्द्र जडेजा,ड्वेन ब्राभो र दिपक चाहारले समान एक विकेट लिए ।

यो चेन्नईको पहिलो हार हो । यस अघि चेन्नईले दिल्ली क्यापिटल्स,रोयल च्यालेन्जर्स बेंगलोर र राजस्थान रोयल्सलाई हराएको थियो । चेन्नईले आफ्नो पाँचौ खेल ६ अप्रिलमा किंग्स इलाभेन पन्जावसँग खेल्ने छ । यस अघि मुम्मईले बेंगलोरलाई हराउदा गर्दा दिल्ली र पन्जावसँग पराजित भएको थियो । मुम्बईले आफ्नो पाँचौ खेल सनराइजर्स हैदरावादसँग ६ अप्रिलमा खेल्ने छ ।

April 1, 2025

पञ्जाबको लगातार दोस्रो जित

एजेन्सी – पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ मा लगातार दोस्रो जित हासिल गरेको छ । मंगलवार भएको खेलमा लगातार दोस्रो जित हात पार्ने क्रममा पञ्जाबले लखनउ सुपर जायन्ट्सलाई ८ विकेटले पराजित गर्यो । लखनउले दिएको १ सय ७२ रनको लक्ष्य पञ्जाबले १६.२ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । पञ्जाबको जितमा ओपनर ओपनर […]

April 1, 2025

पञ्जाबविरुद्ध लखनउको मध्यम लक्ष्य

एजेन्सी – लखनउ सुपर जायन्ट्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा पञ्जाब किंग्सलाई मध्यम लक्ष्य दिएको छ । लखनउमा जारी खेलमा घरेलु टोलीले पञ्जाबविरुद्ध १ सय ७२ रनको लक्ष्य तयार गरेको हो । लखनउस्थित एकाना अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको लखनउले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७१ रनको योगफल तयार […]

April 1, 2025

पञ्जाबले टस जित्यो

एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) मा पञ्जाब किंग्सले लखनउ सुपर जायन्ट्सविरुद्ध टस जितेको छ । लखनउको घरेलु मैदान ऐकना अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम टस जितेर पञ्जाबका कप्तान श्रेयस अय्यरले बलिङ रोजेका हुन् ।  पञ्जाब लगातार दोस्रो जितको खोजीमा रहेको छ । पञ्जाबले पहिलो खेलमा गुजरात टाइटन्सलाई उसकै मैदान अहमदाबादमा पराजित गरेको थियो । पञ्जाब २ अंकका […]

Success

Thank you for your time.