9 years ago
April 30, 2016
काठमाडौं –
कञ्चनजंघा इन्टरनेसनल प्रालिको आयोजनामा सुरु भएको एक्सपर्ट कलेज प्रिमियर लिग (सिपिएल) को पहिलो दिन शनिबार ह्वाइट हाउस र सान्त्वना कलेज विजयी भएका छन् ।
कीतिपुरस्थित त्रिवि मैदानमा ह्वाइट हाउसले नेपाल टुरिजम एन्ड होटल मेनेजमेन्ट कलेज (एनटिएचएमसी) लाई ७ रनको झिनो अन्तरले हरायो ।
त्यसअघि सान्तवनाले सेन्ट जेभियर्स कलेजमाथि १ सय ११ रनको फराकिलो जित हासिल ग¥यो । टस हारेर पहिले ब्याटिङको मौका पाएको ह्याइट हाउसले त्यसको पुरा उपयोग गरेको थियो ।
ह्वाट हाउसले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ५३ रन बनायो । समिर नेपालीको ४२, रित गौतमले २३ र पवन सर्राफले २० रन बनाए । एनटिएचएमसीका अमृत गुरुङ, रिजन र राजु गुरुङले समान २ विके लिए । जवाफमा एनटिएचएमसीले ७ विकेट गुमाएर १ सय ४६ रनमात्र बनायो ।
एनटिएचएमसीलाई लक्ष्यमा पुग्नबाट रोक्ने क्रममा रामनरेश गिरीले ३, दीपेश श्रेष्ठ, समिर नेपाल र पवन सराफले समान १ विकेट झारे । एनटिएचसीका रिजन प्राजोले ४२ र इशानसिंह बानियाँले २५ रन बनाए ।
अर्को खेलमा पहिले ब्याटिङ रोजेको सान्त्वनाले हासिम अन्सारी र राजेश पुलामी को अर्धशतकको मद्दतमा ४ विकेट गुमाएर २ सय १७ रन बनाएको थियो । हासिम ५५, राजेशले ५८ रनसँगै प्रकाश विष्टले ३५, नरेश बुढाऐरले २१, पुष्प थापाले अविजित १४ रन बनाए । जवाफमा सेन्ट जेभियर्सले ७ विकेट गुमाएर १ सय ६ रनमात्र बनाउन सक्यो ।
सेन्ट जेभियर्सका लागि अनुप न्यौपानेले सर्वाधिक २९ रन बनाए । सान्त्वनाका अभिषाश कर्ण, राजेशले समान २ विकेट लिए ।
January 10, 2025
काठमाडौं(हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीका नियमित सदस्य सन्दीप लामिछाने पनि पाकिस्तान सुपर लिग (पिएसएल) २०२५ को ड्राफ्टमा परेका छन् । पाकिस्तान सुपर लिगले शुक्रवार जारी गरेको डायमण्ड क्याटगोरीमा सन्दीपलाई पनि समावेश गरेको हो । सन्दीपले २०१८/१९ को सिजन लाहोर कलन्दर्सबाट पिएसएल खेलिसकेका छन् । यसअघि गत बुधवार जारी सिल्भर क्याटगोरीको सुचीमा नेपालका ६ खेलाडी […]
January 10, 2025
काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा अर्को साताबाट सुरु हुने आइसिसी यु १९ महिला विश्व कपका लागि नेपाली युवा टोलीको बिदाइ भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले शुक्रवार पूजा महतोको कप्तानीमा रहेको टोलीको बिदाइ गरेको हो । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी तथा क्यानका पदाधिकारीले टोलीको बिदाइ गरे । क्यानले शनिवार पूजाको कप्तानीमा १५ सदस्यीय […]
January 10, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउण्डरद्वय कुशल मल्ल र दीपेन्द्रसिंह ऐरी युएईमा आयोजना हुने अन्तर्राष्ट्रिय टि ट्वान्टी लिग(आईएल टि ट्वान्टी) मा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका छन् । कुशल र दीपेन्द्र शुक्रवार बिहान १० बजे त्यसतर्फ प्रस्थान गरेका हुन् । आईएल टि ट्वान्टीमा कुशल डेजर्ट भाईपर्समा अनुबन्ध हुँदा दीपेन्द्रलाई भने गल्फ जायन्ट्सले अनुबन्ध […]