default_image

6 years ago

April 3, 2019

अपराजित यात्रा कायमै राख्ने दाउमा धोनीको चेन्नई

119 views

0 Bookmark

एन्जेसी – इन्डियन प्रिमियर लिग (आईपीएल) को १५ औं खेलमा आजमा चेन्नई सुपर किंग्स र मुम्बई इन्डियन्सबीच प्रतिसप्रर्धा हुँदैछ । खेल नेपाली समय अनुसार बेलुका ८ : १५ देखी मुम्बईको घरेलु मैदान वानखडेमा सुरु हुनेछ ।

जारी आईपीएलमा एकमात्र अपराजित चेन्नई यहि यात्रा कायमै राख्न चाहन्छ । यता सुरुवाती तीन खेलमा २ खेलमा पराजित भएको मुम्बई दोस्रो जितको खोजीमा हुनेछ । मुम्बई दिल्लीसँग ३७ रन, किंग्स इलाभेन पन्जाबसँग ८ विकेटले पराजित भएको थियो भने बेंगलोरलाई ६ रनले हराएको थियो । चेन्नईसँगको हेड टु हेडमा मुम्बई १४ खेलमा विजयी हुँदा १२ खेलमा पराजित भएको छ ।

यता अनुभवी खेलाडीले भरिएको चेन्नईले बेंगलोरलाई ७ विकेटले हराउँदा दोस्रो खेलमा दिल्लीलाई ६ विकेट र राजस्थान रोयल्सलाई ८ रनले पराजित गर्दै अपराजित रह्यो । जारी प्रतियोगितामा धोनी र शेन वाट्शन राम्रो लयमा देखिएका छन् । धोनीले राजस्थानविरुद्धको खेलमा ७५ रनमा अविजित पाली खेलेका थिए ।

त्यस्तै इमरान ताहिर, ड्वेन ब्राभो, दिपक चाहार, सुरेश रैना र रविन्द्र जडेजाको प्रर्दशन उत्कृष्ट देखिन्छ । मुम्बईले भने सुरुवाती खेलमा खराव प्रर्दशन गरेको छ । एकमात्र बेंगलोरसँगको जित पनि विवादीत थियो । मुम्बईका हार्दिक पान्ड्या, जसप्रित बुमराह, क्विन्टन डी ककको लय राम्रो हुँदा अन्य खेलाडीले अपेक्षा गरे अनुसार प्रर्दशन गर्न सकेका छैनन् ।

April 1, 2025

पञ्जाबको लगातार दोस्रो जित

एजेन्सी – पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ मा लगातार दोस्रो जित हासिल गरेको छ । मंगलवार भएको खेलमा लगातार दोस्रो जित हात पार्ने क्रममा पञ्जाबले लखनउ सुपर जायन्ट्सलाई ८ विकेटले पराजित गर्यो । लखनउले दिएको १ सय ७२ रनको लक्ष्य पञ्जाबले १६.२ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । पञ्जाबको जितमा ओपनर ओपनर […]

April 1, 2025

पञ्जाबविरुद्ध लखनउको मध्यम लक्ष्य

एजेन्सी – लखनउ सुपर जायन्ट्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा पञ्जाब किंग्सलाई मध्यम लक्ष्य दिएको छ । लखनउमा जारी खेलमा घरेलु टोलीले पञ्जाबविरुद्ध १ सय ७२ रनको लक्ष्य तयार गरेको हो । लखनउस्थित एकाना अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको लखनउले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७१ रनको योगफल तयार […]

April 1, 2025

पञ्जाबले टस जित्यो

एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) मा पञ्जाब किंग्सले लखनउ सुपर जायन्ट्सविरुद्ध टस जितेको छ । लखनउको घरेलु मैदान ऐकना अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम टस जितेर पञ्जाबका कप्तान श्रेयस अय्यरले बलिङ रोजेका हुन् ।  पञ्जाब लगातार दोस्रो जितको खोजीमा रहेको छ । पञ्जाबले पहिलो खेलमा गुजरात टाइटन्सलाई उसकै मैदान अहमदाबादमा पराजित गरेको थियो । पञ्जाब २ अंकका […]

Success

Thank you for your time.