default_image

6 years ago

April 3, 2019

विश्वकपको लागि न्युजिल्यान्डको टोली घोषणा

133 views

0 Bookmark

एजेन्सी – इंग्ल्यान्ड र वेल्सले आगामी मे ३० देखी जुलाई १४ सम्म संयुक्त रुपममा आयोजना गर्ने वान डे विश्वकपको लागि न्युजिल्यान्डले आफ्नो टोली घोषणा गरेको छ ।

न्युजिल्यान्डले बुधबार केन विलियम्सनको कप्तानीमा अन्तिम १५ सदस्यीय टोली घोषणा गरेको हो । सन् २०१५ विश्वकपको उपविजेता समेत रहेको न्युजिल्यान्डले ओडीआई डेब्यु नै नगरेका विकेटकिपर टम ब्लन्डेललाई पनि टोलीमा समावेश गरेको छ । न्युजिल्यान्डले विश्वकपमा जुन १ मा श्रीलंकासँग खेल्दै सुरुवात गर्ने छ ।

न्युजिल्यान्डको १५ सदस्य टोली :
१. केन विलियम्सन (कप्तान)
२. रोश टेलर
३. टम लेथम(विकेटकीपर)
४. टम ब्लन्डेल(विकेटकीपर)
५. मिचेल सेन्टनर
६. कोलिन डी ग्रान्डहोम
७. लोकी फ्रर्गुसन
८. टिम साउदी
९. ट्रेन्ट बोल्ट
१०. कोलिन मुनरो
११. ईश सोधी
१२. हेनरी निकोल्स
१३. मार्टिन गप्टिल
१४. म्याट हेनरी
१५. जेमी निशम

April 1, 2025

पञ्जाबको लगातार दोस्रो जित

एजेन्सी – पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ मा लगातार दोस्रो जित हासिल गरेको छ । मंगलवार भएको खेलमा लगातार दोस्रो जित हात पार्ने क्रममा पञ्जाबले लखनउ सुपर जायन्ट्सलाई ८ विकेटले पराजित गर्यो । लखनउले दिएको १ सय ७२ रनको लक्ष्य पञ्जाबले १६.२ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । पञ्जाबको जितमा ओपनर ओपनर […]

April 1, 2025

पञ्जाबविरुद्ध लखनउको मध्यम लक्ष्य

एजेन्सी – लखनउ सुपर जायन्ट्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा पञ्जाब किंग्सलाई मध्यम लक्ष्य दिएको छ । लखनउमा जारी खेलमा घरेलु टोलीले पञ्जाबविरुद्ध १ सय ७२ रनको लक्ष्य तयार गरेको हो । लखनउस्थित एकाना अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको लखनउले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७१ रनको योगफल तयार […]

April 1, 2025

पञ्जाबले टस जित्यो

एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) मा पञ्जाब किंग्सले लखनउ सुपर जायन्ट्सविरुद्ध टस जितेको छ । लखनउको घरेलु मैदान ऐकना अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम टस जितेर पञ्जाबका कप्तान श्रेयस अय्यरले बलिङ रोजेका हुन् ।  पञ्जाब लगातार दोस्रो जितको खोजीमा रहेको छ । पञ्जाबले पहिलो खेलमा गुजरात टाइटन्सलाई उसकै मैदान अहमदाबादमा पराजित गरेको थियो । पञ्जाब २ अंकका […]

Success

Thank you for your time.